कांग्रेससँग प्रतिस्पर्धा र सहकार्यः अध्यक्ष खनाल

अन‌ि यो पनि

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेससँग आफ्नो पार्टीको प्रतिस्पर्धा र सहकार्य एकै साथ हुने बताउनु भएको छ ।
नेकाका विभिन्न कार्यकर्ताको पार्टी प्रवेशका लागि केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले संविधानसभा निर्वाचनको जनादेश अनुसार आफूहरूले कांगेस सँग मुख्य प्रतिस्पर्धा र सहकार्य गर्दै लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्ने बताउनुभएको हो ।
अघिल्लो संविधानसभामा उग्रवाम पन्थले हस्तक्षेप गरेका कारण संविधान बनाउन नसकिएको भन्दैै विगतमा भएका उपलब्धिको रक्षा गरी नयाँ संविधान निर्माण गरिने बताउनुभयो ।
अध्यक्ष खनालले भन्नुभयो, ‘काँग्रेससँग नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै हाम्रो प्रतिस्पर्धा रहँदै आएको छ, उहाँहरू समाजवादको नारामा औपचारिक लोकतन्त्रको कुरा गर्नुहुन्छ, हामीहरू साम्यवादको लक्ष्यका साथ आमूल परिवर्तनको पक्षमा छौं ।’
उहाँले कांग्रेसकै कारण नेपालका विभिन्न समयमा अधिनायकवाद निरङ्कुशता जन्मेको भन्दै उहाँले निर्वाचनका आखिरी दिनमा आर्थिक चलखेल र वितरणका कारण एमाले पहिलो पार्टी बन्न नसकेको बताउनुभयो । आगामी दिनमा गरिब र श्रमजीवीले पनि निर्वाचन लड्न सक्ने प्रणालीको पक्षमा आफूहरूले पहल गर्ने विश्वास पनि उहाँले दिलाउनुभयो ।
एमालेका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला कमिटीका इन्चार्ज जीवनराम श्रेष्ठले एमालेको अग्रगमनको एजेन्डालाई स्वीकार गरेर पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिइने बताउनुभयो । कार्यक्रममा काँग्रेसका युवा कार्यकर्ता अरुणप्रकाश श्रेष्ठसहित ४० जनालाई अध्यक्ष खनालले पार्टी प्रवेश गराउनुभयो ।
नवप्रवेशी श्रेष्ठ विसं २०४२ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै पब्लिक युथ क्याम्पसको पूर्व स्ववियु सभापति पनि बनिसक्नुभएका काँग्रेसका सक्रिय कार्यकर्ता हुनुहुन्छ ।
उहाँले काँगे्रसमा प्रजातन्त्रको कुरा मात्रै भएको तर त्यसअनुसार काम नभएकाले एमालेमा प्रवेश गरेको जनाउनुभयो ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया