नेपाली साहित्यका सुप्रसिद्ध आख्यानकार रमेश विकललाई यो हप्ता विशेषगरी सम्झना गरि“दैछ । पुस २ गते परेको उनको स्मृति दिवसका कारण उनको स्मरणमा विभिन्न संघसस्थाहरूले कार्यक्रमहरू आयोजन गर्ने भएका छन् । ८० वर्षको उमेरमा निधन भएका रमेश विकल नेपाली साहित्यमा अझ खासगरी आख्यान साहित्यमा शिखर व्यक्तित्वका रूपमा चिरपरिचित छन् । उनलाई नेपाली कथाकारितास“गस“गै नेपाली उपन्यासमा पनि नया“ आयाम दिने लेखकका रूपमा गणना गरिएको पाइन्छ ।
विकलको जन्म १९८५ कात्तिक २९ गते भाइटीकाका दिन काठमाडौ“को आरुबारीमा भएको थियो । उनको वास्तविक नाम रामेश्वरप्रसाद चालिसे भए पनि उनी पछि नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध हुन पुगे । आख्यान साहित्यमा उनले पु¥याएको योगदानलाई सदैव स्मरण गर्ने गरिए पनि नाटक, गीत, बालसाहित्यमा समेत रहेको उनको अमूल्य योगदानलाई कम आ“क्नु उनीप्रति अन्याय गरेको ठहर्ने छ । रमेश विकलले आफ्नो लेखनको आरम्भ वि.सं. २००६ सालमा शारदा पत्रिकामा प्रकाशित भएको ‘गरिब’ शीर्षकको कथाबाट गरे । उनको पहिलो कृति भने २०१५ सालमा बाहिर आएको ‘बिरानो देशमा’ कथासङ्ग्रह नै हो । विकल चित्रकला तथा गायनमा पनि पोख्त रहेको कुरा विभिन्न समीक्षकहरूले ठाउ“ठाउ“मा उल्लेख गरेका छन् ।
विकलका असाध्यै चर्चित तथा लोकप्रिय कृतिहरूमा ‘नया“ सडकको गीत’ ‘अविरल बग्दछ इन्द्रावती’, ‘सागर उर्लन्छ सगरमाथ छुन’, ‘सुनौली’, ‘बिरानो देशमा’ ‘सात सूर्य एक फन्को’, ‘नीलगिरिको छाया“मा’ ‘मेरो अविरल जीवनगीत’, ‘उर्मिला भाउजू’ आदि असङ्ख्य रहेका छन् । वि.सं. २०१८ सालमा बाहिर आएको ‘नया“ सडकको गीत’ ले मदन पुरस्कारजस्तो प्रतिष्ठित पुरस्कार प्राप्त गरेपछि विकल त्यतिबेला नै अत्यधिक चर्चामा आएका थिए । मूलधारको साहित्यबाहेकमा पनि उनको उल्लेख्य योगदान रहेको देखिन्छ, जसको उदाहरणका रूपमा ‘विक्रम र नौलो ग्रह’, ‘सात थु“गा’, ‘तेह्र रमाइला कथा’ जस्ता बहुचर्चित बालसाहित्यका पुस्तकहरूलाई लिन सकिन्छ ।
प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य पनि रहेका विकल प्रगतिशील लेखक संघका अध्यक्ष पनि भए । मदन पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कारलगायत अरू पनि प्रतिष्ठित पुरस्कार तथा सम्मानबाट विभूषित उनले नेपाली साहित्यका लागि आफ्नो नाममा ‘रमेश विकल साहित्य प्रतिष्ठान’ को स्थापना पनि गरेको कुरा इतिहास साक्षी छ । अरू पनि धेरै संघसंस्थामा आबद्ध रहे पनि विकललाई मूलतः देश–विदेशले एउटा महान् स्रष्टाकै रूपमा लिएको पाइन्छ । नेपाली साहित्यका यस्ता जिउ“दो व्यक्तित्व रमेश विकललाई उनको पुण्यतिथिका अवसरमा मात्र होइन, सदैव स्मरण गर्नुपर्ने खा“चो छ ।
Discussion about this post