ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अझै भएन कारवाही काल्पनिक विद्यालयलाई

by चितवन पोष्ट
२०७० मंसिर २९, शनिबार ०३:०८ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

विधुर ढकाल
[divider]भरतपुर । विद्यालयका नाममा खोलिएका अमुक संस्थाहरुले विद्यार्थी तथा अभिभावकहरुलाई ठगिरहेका छन् । तर, तिनलाई कारवाही गर्नतर्फ सरोकारवाला निकाय भने तातेको देखिँदैन । शिक्षाका नाममा अवैध धन्दा गरेर व्यापार गर्नेहरु कारबाहीको दायरामा आउन सकेका छैनन् । यस्ता संस्था तथा व्यक्तिहरु खुलेआम विद्यालयको बोर्ड झुण्ड्याएर अभिभावक तथा विद्यार्थीहरु ठग्ने काम गरिरहेका छन् । तर, जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत कारबाही

गर्नभन्दा पनि सार्वजनिक सूचना प्रकाशित गर्दै झारा टार्ने काममा मात्र लागेको देखिन्छ ।
जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा विद्यालयको नाममा नक्कली संस्था चलाएर विद्यार्थीहरुलाई ठगी गर्नेहरु अघिल्ला वर्षदेखि नै सक्रिय रहे पनि अहिलेसम्म कारबाही हुन नसक्दा निर्वाध रुपमा उनीहरुले विद्यार्थी र अभिभावकहरुलाई ठग्दै आएका छन् । यसरी जिल्लामा हाल चारवटा संस्थाहरु विना दर्ता विद्यालयको नाममा चलिरहेका छन् । उनीहरुले पटकपटक जिल्ला शिक्षा कार्यालयका सूचनालाई बेवास्ता गर्दासमेत कारवाही गर्नतर्फ कार्यालय लागेको देखिँदैन ।

यसरी अनुमति विना नै विद्यालयका नाममा पूर्वी चितवनको चैनपुरमा दुईवटा संस्थाहरु सञ्चालनमा छन् । चैनपुरमा स्थानीय विष्णुप्रसाद सिलवालले आदर्श ई. बोर्डिङ स्कुल र ढलक लामाले बुद्धशान्ति ई. स्कुलका नाममा अवैध संस्था सञ्चालन गरेका छन्  । त्यस्तै, सोमप्रसाद पाण्डेले पिप्लेमा दीपज्योति ई. स्कुलको नाममा र बमबहादुर थापामगरले दाहाखानी गर्दासमा चतुर्मुखी ई. स्कुलको नाममा अवैध विद्यालय सञ्चालनमा छन् ।

अघिल्लो वर्षसमेत जिल्ला शिक्षा कार्यालयलाई यी विद्यालयहरु अवैध रुपमा चलेको जानकारी थियो । यसपटक पनि कारबाही गर्न कार्यालय असफल देखिएको छ । चालु शैक्षिकसत्रको नै उत्तरार्धमा आइपुग्दासमेत विद्यालयका नाममा अवैध धन्दा गर्नेलाई न त जिल्ला शिक्षा कार्यालयले नै कारबाहीको दायरामा ल्याउन सकेको छ, न त प्रशासनले नै कारबाहीमा अग्रसरता देखाएको छ ।

गत शैक्षिकसत्रको माघ तेस्रो साता जिल्ला शिक्षा कार्यालय चितवनले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यालयका नाममा सञ्चालन भइरहेका संस्थाहरुलाई कारबाही गर्न आग्रह गरेको थियो । जिल्ला शिक्षा समितिको गत माग १९ गते बसेको जिल्ला शिक्षा समितिको बैठकले जिल्ला प्रशासनलाई कारबाही गर्न आग्रह गर्दै पत्र लेखेको थियो । त्यसपछि २०६९ साल चैत्र २९ र २०७० साल माद्र २८ गते कार्यालयले दुई पटक सार्वजनिक सूचना जारी गरी काल्पनिक विद्यालय बन्द गर्न ताकेता गरेको थियो ।

उक्त सूचनाको पनि ती नाममात्रका विद्यालयले बेवास्ता गर्दै कक्षालाई निरन्तरता दिए । अहिले फेरि कार्यालयले शैक्षिकसत्र सकिन तीन महिना बाँकी छँदा फेरि सार्वजनिक सूचना जारी गरेको छ । सूचनामा विद्यार्थी तथा अभिभावकलाई विना दर्ता चलेका काल्पनिक विद्यालयमा विद्यार्थी भर्ना गरेको भए नजिकको विद्यालयमा भर्ना गराउन आग्रह गरेको छ । शैक्षिकसत्र सकिने बेलामा कुनै पनि विद्यालयमा त्यसरी भर्ना लिन मुस्किल पर्ने अवस्थामा विद्यार्थी तथा अभिभावकलाई मर्कामा पारेर विद्यार्थी सार भन्ने कार्यालयले अमुक विद्यालय तथा तिनका सञ्चालकलाई कारबाही गर्न नसक्नु विडम्बना हो ।

अघिल्लो वर्ष पनि जिल्ला प्रशासनलाई कारबाही गर्न आग्रह गरिएकामध्ये चार विद्यालय यिनै हुन् । त्यस्तै, कारबाहीको डरले गर्दासको त्रियक ई. बोर्डिङ स्कुल, चैनपुरको हिमालय एकेडेमी र पिप्लेको सांग्रिला ई. बोर्डिङ भने यो शैक्षिक सत्रमा बन्द भएका छन् ।

शिक्षा नियमावलीमा विद्यालयमा दर्ता नै नभएका विद्यालयहरुलाई कारबाही गर्ने प्रावधान नभएकोले यिनलाई कारबाहीको दायरामा ल्याउन कठिन भएको प्रतिक्रिया गत वर्ष जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले दिँदै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउनु परेको जानकारी दिएका थिए । गत वर्ष शिक्षा कार्यालयले पत्र पठाउने बेलासमेत चितवनमा नै रहनुभएका गेलालले यदि त्यस्तो भए जिल्ला शिक्षा कार्यालयले नै कारबाही गर्नुपर्ने र सुरक्षा आफूहरुले दिने बताए पनि अहिले सम्म ती विद्यालयलाई कारवाही गर्न सकेको छैन् ।

गत भदौमा चितवन पोष्टलाई जिल्ला शिक्षा अधिकारी शर्माले सञ्चालकहरुलाई पत्र काटेर त्यस्ता नाममा चलेका विद्यालय बन्द गर्न भनिएको र बन्द नगरिए कार्यालय आफँैले बन्द गराउने बताएका थिए । तर, अहिलेसम्म कारवाही हुन सकेको छैन । कार्यालयले फेरि पनि तीन महिना अगाडिको जस्तै व्यहोरा उल्लेख भएको सूचना शुक्रबार जारी गरेको छ ।

जिल्ला शिक्षा कार्यालयले पटकपटक सूचना जारी गर्ने तर कारवाही नगर्ने तथा अवैधरुमा काल्पनिक विद्यालय सञ्चालन गर्नेहरु भने खुलेआम विद्यार्थी तथा अभिभावक ठग्दै जानुले प्रशासनिक असक्षमता प्रदर्शन गरेको छ ।
सार्वजनिक सूचना

Related Posts

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

माडीका युवाहरु पशुपालन व्यवसायमा अग्रसर

Discussion about this post

अन‌ि यो पनि

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा
राजनीति

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा

रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिको अध्यक्षमा विष्णु थापा चयन भएका...

Read more
गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In