ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चार महिनामा एकसय चार हराए

by चितवन पोष्ट
२०७० मंसिर २९, शनिबार ०३:०१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । पैसठ्ठी वर्षीया बिक्रमीदेवी महत्तो विगत एक वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । पश्चिम चितवन गुञ्जानगर गाविस वडा नं. ९ निवासी बिक्रमी परिवारको सम्पर्कमा नभएको श्रीमान् शिखाराम महत्तोले बताए ।
‘एक वर्षदेखि श्रीमती घरमा छैनन्’, श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै भरतपुरमा भेटिएका शिखारामले भने, ‘जहाँ तहीँ खोजँे कतै भेटिँदैन ।’ आफन्त तथा चिनजान भएका सबै परिवारमा आफूले खोजी गरिसकेको उनले बताए ।
शिखाराम सामान्य कृषक हुन् । परिवार धानेर बसेकी श्रीमती हराएपछि उनी धेरै चिन्तित बनेका छन् । ‘कोही कसैले खोजी दिए आभारी हुने थिएँ’, उनले चितवनपोष्टसँग भने ।
पछिल्लो समय चितवनमा मानिस हराउने क्रम बढेको छ । जुन सुकै उमेरका मानिस पनि हराउने क्रम बढेको पाइन्छ । हराएकामध्ये धेरै जसो महिला तथा बालिका छन् । प्रहरीको महिला सेलमा रहेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको चार महिनामा चितवनमा १०४ जना हराएका छन् । हराएकामध्ये आधा भन्दा बढी महिला छन् । यो चार महिनामा मात्रै ६८ जना महिला हराएका छन् । यो अवधिमा हराउनेको  सख्या  १४ जना पुरुष, १७ जना बालिका र ५ जना बालक रहेको पनि प्रहरीको तथ्याङ्क छ ।
गएको आर्थिक वर्ष २०६९ ÷७० मा चितवनबाट ३१३ जना हराएकामध्ये १८७ जना महिला, १७ जना पुरुष, ६३ जना बालिका र ४६ जना बालक रहेका छन् । आर्थिक वर्ष २०६८ ÷६९ मा भने हराउनेको संख्या २११ मात्रै छ । यो वर्ष ९७ जना महिला, ३६ जना पुरुष, ४१ बालिका र ३७ जना बालक हराएको प्रहरीको तथ्याङ्क छ ।
यसरी हराउनेमा महिला र बालिका धेरै छन् । चितवनका प्रहरी नायव उपरीक्षक सञ्जय राउत चितवनमा महिला र बालिका हराउनेको संख्या चिन्ताजनक रुपमा बढेको बताउँछन् । ‘महिला र बालिका हराउने क्रम बढेको छ’, उनले भने, ‘हराउने क्रम बढी रहनुका कारण अध्ययन हुन जरुरी छ ।’
हराउनेसँगै फेला पर्नेको संख्या भने नगण्य छ । प्रहरीकै तथ्याङ्कलाई हेर्ने हो भने पनि चालु आर्थिक वर्षको चार महिनामा हराएकामध्ये ३२ जनामात्रै फेला परेका छन् । यसरी फेला पर्नेमा ४ बालिका, २४ महिला र ४ बालक रहेका छन् । आर्थिक वर्ष २०६९ ÷७० मा ७२ जना र आर्थिक वर्ष २०६८ ÷६९ मा ४८ जना हराएका  मानिसमात्रै फेला परेको तथ्याङ्क प्रहरीसँग छ ।
मानिस के कारणले हराउँछ त्यो अध्ययनको विषय हो । तर, उमेर पुगेका महिलाहरु धेरैजसो आफूखुसी विवाह गरेर जाने तर परिवारका अन्य सदस्यहरुले हराएको उजुरी दिने गरेकाले पनि हराउनेको संख्या बढी हुने गरेको पाइन्छ । कतिपय बढी उमेर भएका महिला तथा पुरुषहरु परिवारबाट टाढा रहन चाहेकाले पनि घर छाड्ने गरेको पाइन्छ ।
‘बढी उमेर भएकाहरु कतिपय घर परिवारमा सामान्य विवाद भए पनि घर छाडेर अन्यत्र गइ बस्ने गरेका पनि पाइन्छन्’ महिला अधिकारकर्मी अधिवक्ता फूलमाया रानाभाट भन्छिन्, ‘हराउने कतिपय केटीहरुलाई विभिन्न प्रलोभनमा पारेर विदेशी नाका कटाएर बेचबिखनमा गरेको पनि हुनसक्छ ।’

Related Posts

टिप्पर र बस ठोकिँदा एकको मृत्यु

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर धाइते

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Discussion about this post

अन‌ि यो पनि

टिप्पर र बस ठोकिँदा एकको मृत्यु
समाज

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर धाइते

भरतपुर । पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किँदा दुबै सवारीका चालकहरु गम्भीर घाइते भएका छन् । काठमाडौँबाट पुर्वतर्फ जाँदै...

Read more
दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In