महरा जाँदै, थिङ आउँदै

अन‌ि यो पनि

विधुर ढकाल
नारायणगढ । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक मदनजीत महरा सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले नेपाल सरकार गृहमन्त्रालय प्रहरी किताव खानालाई लेखेको चलानी नं. ६९७ नं.को पत्रअनुसार महराको सरुवा जाजरकोटको इलाका प्रहरी कार्यालय रिम्नामा भएको छ ।
प्रहरी निरीक्षक महरा ईलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद यादवको स्थानमा त्यहाँ जान लागेका हुन् । उनको स्थानमा वडा प्रहरी कार्यालयको नयाँ इञ्चार्जको रुपमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट प्रहरी निरीक्षक राजकुमार थिङ आँउदै छन् ।
प्रहरी प्रधान कार्यालयको मंसिर २१ गतेको पत्रअनुसार नेपाल प्रहरीका ३९ जना प्रहरी निरीक्षकको सरुवा÷बढुवा गरेको हो । उनीहरु नयाँ कार्यालयमा जाँदैछन् । सरुवा भएका प्रहरी निरीक्षकहरु पौष १ गतेदेखि सम्बन्धित स्थानको तलब भत्ता खाने गरी उक्त स्थानमा खटिने बताइएको छ ।
यता वडा प्रहरी कार्यालयबाट विदाई हुँदै गरेका प्रहरी निरीक्षक महराले आफ्नो नारायणगढ बसाइ सुखद भएको बताएका छन् । चितवन पोष्टसँगको कुराकानीका क्रममा उनले नारायणगढको बसाइ सफल भएको बताए ।
‘सबैभन्दा पहिले त आफू राम्रो हुनुप¥यो, त्यसपछि अरुलाई राम्रो बनाउनु प¥यो’, उनले भने, ‘वडा प्रहरी कार्यालय नारायणगढमा रहँदा यहाँको समाजबाट राम्रो सहयोग पाएँ ।’ पश्चिम क्षेत्रीय तालिम केन्द्रबाट १६ महिना अगाडि नारायणगढ सरुवा भइ आएका महराले यस अवधिमा चितवनका सञ्चारमाध्यमले पूर्ण सहयोग गरेको बताए ।
‘मेरो नारायणगढ बसाइको क्रममा यहाँका सञ्चारमाध्यम तथा पत्रकारहरुबाट राम्रो सहयोग पाएँ’, उनले भने, ‘पत्रकार तथा सञ्चार माध्यमको सहयोगले आफूलाई थप सहयोग ग¥यो ।’
गैँडाकोटका प्रमुखको पनि सरुवा
यसैबीच इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक नारायणप्रसाद अधिकारी पनि सरुवा भएका छन् । उनको स्थानमा प्रहरी प्रधान कार्यालय विशेष व्युरोबाट विनोदविक्रम शाह आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट सरुवा भइ आएका प्रहरी निरीक्षक अधिकारी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग राजनीतिक अन्वेषण शाखामा प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद श्रेष्ठको स्थानमा  सरुवा भएका हुन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया