ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

औद्योगिक व्यवसाय ऐन ल्याउने सरकारको तयारी

by चितवन पोष्ट
२०७० मंसिर २९, शनिबार ०२:५६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

हेटौँडा । अर्थ तथा उद्योग मन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा नयाँ औद्योगिक क्षेत्रको विस्तार एवम् स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीलाई थप सुविधा प्रदान गर्न सरकारले तत्कालै औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको बताउनुभएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रको स्वर्ण महोत्सव एवम् स्वर्णस्तम्भको आज यहाँ उद्घाटन गर्दै उहाँले समयानुकूल स्वदेशी उद्योगलाई उत्पादनमूखी वातावरण तयार गरी आर्थिक स्थिति सवल तुल्याउन उद्यमीहरुले कुशल भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
मन्त्री कोइरालाले हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगमा नगरपालिकाले लिँदै आएको कर अनियमित भएकाले सम्बन्धित मन्त्रालयलाई उक्त कर लिन रोक लगाउन उद्योग मन्त्रालयले तत्कालै पत्राचार गर्ने जानकारी दिनुभयो ।
उहाँले भैरहवा, सिमरा, सुर्खेत, पोखरालगायतका अन्य स्थानहरुमा लगानीमैत्री वातावरण तयार पार्न नयाँ कार्यदल गठन गरी काम सुरु गरी सकेको र ती जिल्लाहरुमा छिट्टै बहुराष्ट्रिय कम्पनीहरु स्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले नयाँ उद्यमीहरुले औद्योगिक मापदण्ड पूरा गरेर औद्योगिक क्षेत्र स्थापना गर्न सहज तुल्याएको उल्लेख गर्दै उद्योगीहरुले पनि मजदूरसँग समन्वय र समझदारी गरेर पूर्वाधार विकास गरिनुपर्नेतर्फ जोड दिनुभयो । उहाँले औद्योगिक क्षेत्रको भौतिक सम्पत्तिको संरक्षण तथा पूर्वाधार विकास गर्न नेपाल औद्योगिक विकास निगमले जिम्मेवारी वहन गर्नुपर्ने औँल्याउनुभयो ।
औद्योगिक व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष डेगेन्द्र शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, औद्योगिक क्षेत्र व्यवस्थापनका निमित्त महाप्रबन्धक राजेन्द्र थापा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल, उद्योग संघ हेटौँडाका अध्यक्ष ऋषिराम घिमिरे र औद्योगिक क्षेत्र कर्मचारी संगठनका केन्द्रीय महासचिव कृष्ण पुनले उद्योग क्षेत्रको स्थापनामा सरकारले समयानुकूल सुधार गर्दै उद्योगलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन नयाँ नीति, योजना तथा कार्यक्रम ल्याउनुपर्नेतर्फ जोड दिनुभयो ।
सो अवसरमा मन्त्री कोइराला र सचिव ज्ञवालीले हेटौँडा क्षेत्रका प्रबन्धक राजकुमार मण्डल, प्रशासकीय अधिकृत किशोरकुमार पाण्डे, कम्प्युटर अपरेटर वीरेन्द्र मानन्धरलगायतका अन्य कर्मचारीलाई प्रशंशापत्र प्रदान गर्नुभएको थियो । रासस

Related Posts

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Chitwan Post

राप्रपाका अगुवा कार्यकर्ता भेला नवलपुरमा

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

पूर्वी चितवनका दुई सय युवा समाजवादी पार्टीमा प्रवेश

Discussion about this post

अन‌ि यो पनि

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !
अर्थ

सौराहामा व्यवसाय प्रवर्द्धनसम्बन्धी प्रशिक्षण

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसाय प्रवर्द्धन र नेतृत्व विकासका विषयमा शनिबार उद्योगी तथा व्यवसायीहरुलाई प्रशिक्षण दिइएको छ ।...

Read more
कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

पुरस्कारको राशि आदर्श गृहलाई सहयोग

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In