संकटकाल लगाउनु गम्भीर भूलः डा. भट्टराई

अन‌ि यो पनि

भरतपुर । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले एमाओवादीको चुनावी हारका पछि आफू चार निष्कर्षमा पुगेको बताएका छन् । आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै भट्टराईले आफूले थालेको गम्भीर आत्मसमीक्षाको क्रममा यो निष्कर्षमा पुगेको भन्दै चारवटा बुँदामा निष्कर्ष उल्लेख गरेका छन् ।
उनले आफूले व्यक्तिगत रुपमा सही सोच राखेर सही कुरा उठाए पनि त्यसलाई लागू गर्न आफूसँग इच्छाशक्ति र संगठनात्मक तागत नभएको बताएका छन् । ‘२०६९ जेठ १४ गते राति अन्तिम विकल्पको रुपमा मैले कलंकको टीका लगाएर भए पनि संकटकाल घोषणा गर्छु र संविधानसभाको म्याद थप्ने प्रस्ताव लैजान्छु भन्ने सोच बनाएर त्यसलाई उद्घोष गरे पनि उनले थप लेखेका छन्, ‘तर अरु विपक्षीका अतिरिक्त आफ्नै नेता र सहकर्मीहरुको दबाब खेप्न नसकेर पछि हटेँ ।’
आफूले संकटकाल घोषणा गर्न नसक्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती सावित भएको भन्दै विनम्रतापूर्वक गल्तीलाई स्वीकार गर्ने पूर्वप्रधानमन्त्री भट्टराईले स्टाटसमा लेखेका छन् ।
अहिलेको निर्वाचनमा एमाओवादी विद्यमान राजनीतिक शक्ति र नेताहरुभन्दा तात्विक रुपले भिन्न नदेखिँदा हारेको उनको भनाइ छ । उनले जनताहरुले नयाँ शक्तिमाथि जोखिम उठाउनुभन्दा खराब शक्तिहरुसँग चित्त बुझाउनु श्रेयकर भएको ठानेकाले यस्तो परिणाम आएको उनले निष्कर्ष निकालेका छन् ।
एक अर्को प्रसंगमा डा. भट्टराईले आगामी दिनमा राष्ट्रिय स्वाधिनता र समावेसी राष्ट्रियता, समावेसी लोकतन्त्र र समावेसी विकासका लागि आफू सँधै प्रतिबद्ध रहने भन्दै त्यसका लागि आफ्नो पार्टी अतिरिक्त समान सोच भएका अन्य पार्टी र गैरपार्टीका व्यक्ति तथा संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आफ्नो फेसवुक वालमा लेखेका छन् ।
दैनिक फरक प्रसंगमा फेसबुक तथा ट्वीटरमा बहस थाल्ने भट्टराईले यसअघि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा आफ्ना कार्यकर्ता परशुराम पौडेललाई प्रहरी पक्राउ गरेपछि त्यसको विरोध गर्दै आफूलाई पक्राउ गरी कारवाही गर्न चेतावनी दिएका थिए ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया