ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खेलाडीको उचित सम्मान

by चितवन पोष्ट
२०७० मंसिर २८, शुक्रबार ०२:५४ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सरकारले खेलकुदमा कीर्तिमान कायम गरेका खेलाडीलाई खेलकुद इतिहासमै व्यक्तिगत रुपमा ठूलो राशिको पुरस्कार दिने निर्णय गरेको छ । यस मह¤वपूर्ण निर्णयले सम्पूर्ण खेलाडीको मनोबल बढाउन सहयोग पु¥याएको छ । मन्त्रिपरिषद्को बैठकले तेक्वान्दोका दीपक विष्ट र एथलेटिक्सका भेट्रान बैकुण्ठ मानन्धरलाई जनही २५ लाख रूपैयाँ दिने निर्णय गरेर खेलकुदमा सकारात्मक सन्देश दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले दक्षिण एसियाली खेलकुदमा तीन वा सोभन्दा बढी स्वर्णपदक जित्ने खेलाडीलाई आवास सुविधास्वरुप २५ लाख रूपैयाँ उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारलाई सिफारिस गरेको थियो । तेक्वान्दोतर्फ विष्टले दक्षिण एसियाली खेलकुदमा चार स्वर्णपदक जितेर कीर्तिमान कायम गरेका थिए । उनले सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ साफ, सन् २००४ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न नवौँ साफ, सन् २००६ मा भएको श्रीलंकाको दसौँ साग र सन् २०१० मा बंगलादेशमा सम्पन्न एघारौँ सागमा लगातार स्वर्णपदक जितेर कीर्तिमान बनाएका थिए ।
म्याराथनतर्फ तीन स्वर्ण जितेका मानन्धरको २ घन्टा १५ मिनेटको कीर्तिमान दक्षिण एसियामा कसैले तोड्न सकेको छैन । उनले पनि काठमाडौँमा सन् १९८३ मा सम्पन्न पहिलो साफ, १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो साफ तथा १९८७ मा भारतको कोलकातामा सम्पन्न तेस्रो साफमा लगातार तीन स्वर्ण जितेका थिए । सरकारको यो निर्णयले खेलाडीको साँच्चै कदर गरेको छ । यस्ता सम्मानको अर्थ राष्ट्रको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीको मनोबल उच्च हुनुका साथै भावीपुस्तालाई खेलकुदमा लाग्न प्रेरित गर्नु पनि हो । राष्ट्रिय खेलकुद परिषद्ले आवास सुविधाको लागि सरकारलाई गरेको सकारात्मक प्रस्ताव प्रशंसायोग्य छ । उक्त निर्णयबाट खेलकुदमा समर्पित हुने खेलाडीलाई उत्साह प्रदान गरेको छ । केही वर्षयता नेपालले खेलकुदको क्षेत्रमा अविश्वसनीय उपलब्धि हासिल गरेको छ । राष्ट्रको शान र नाम उँचो राख्नका लागि खेल्ने खेलाडीलाई सरकारले उचित सम्मान गर्न थालेको आभास पनि मिलेको छ ।
भर्खरै मात्र क्रिकेट विश्वकप छनोटका लागि यूएईमा भएको टी–२० च्याम्पियनसिपमा नेपालले तेस्रो स्थानसहित विश्वकप खेल्ने सपना साकार बनाएको थियो । क्यानको सिफारिसमा खेलकुद मन्त्रालयमार्फत सरकारले नेपाली क्रिकेटरलाई जनही १० लाखसहित सम्मान गरेर क्रिकेटप्रेमी खेलाडीलाई हौसला प्रदान गरेको थियो । जीवनभर खेलमा समर्पित हुनेलाई सरकारले जीवनवृत्तिका लागि विशेष कोषको व्यवस्था गरेर खेलाडीको मनोबल उच्च राख्न सहयोग गर्नुपर्छ । खेलाडी राष्ट्रका अमूल्य सम्पत्ति र सम्पदा हुन् भन्ने तथ्य बुझेर उनीहरुलाई अवसरसँगै राज्यले उचित राहत प्रदान गर्नुपर्छ । राष्ट्रका लागि समर्पित भएर खेल्ने कतिपय होनहार खेलाडीहरुलाई विगतमा राज्यले सहयोग नगर्दा खेल क्षेत्रबाटै पलायन भएका छन् । हरेक खेलाडीलाई अवसरका साथै उचित सम्मान गर्न सके अपेक्षाअनुरुपको सफलता हासिल गर्न सकिन्छ । सरकारले खेलकुद क्षेत्रमा गरेको लगानीले राष्ट्रकै गौरव र गरिमा बढाउँछ । सरकारले खेलाडीलाई खेलकुदमा लाग्न प्रेरित गर्दै यस्ता सम्मान निरन्तर रुपमा अघि बढाउनु पर्ने देखिन्छ ।

Related Posts

Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Chitwan Post

सिसी क्यामेराको ‘औचित्य’

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Discussion about this post

अन‌ि यो पनि

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)
राजनीति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई सिङ भाँचिएका तिल्के गोरु भन्दै धेरै धाक...

Read more
दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In