ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पर्यटक भित्र्याउन व्यवसायीहरु जुट्दै

by चितवन पोष्ट
२०७० मंसिर २८, शुक्रबार ०२:५२ गते
in अर्थ
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter
  • चितवन र पोखरामा महोत्सव [divider]

-होमनाथ सापकोटा
सौराहा । अंग्रेजी नयाँ वर्षलाई केन्द्रित गरी चितवन र पोखरामा दुई ठूला महोत्सव हुँदैछन् । नयाँ वर्षमा विशेष गरी विदेशी पाहुनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरुले हरेक वर्ष महोत्सव गर्दै आइरहेका छन् ।
चितवनमा पुष ११ देखि १५ गतेसम्म हात्ती महोत्सव र पोखरामा पुष १३ देखि १७ गतेसम्म पोखरा सडक महोत्सव हुँदैछ । अंगेजी नयाँ वर्षमा प्रायः गरी विदेशी पर्यटकहरु बसाइँ छोट्याएर स्वदेश फर्कने भएकाले उनीहरुको बसाइँ लम्ब्याउन चितवन र पोखरामा व्यवसायीहरुले महोत्सव गर्ने गरेका छन् । नेपाल आउने हरेक पर्यटकहरु चितवनको पर्यटकीय नगरी सौराहा र नेपालकै दोस्रो पर्यटकीय स्थल पोखरा तथा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भइरहेको लुम्बिनीको भ्रमण गरेर फर्कने गरेका छन् । चितवन, पोखरा र लुम्बिनीका व्यवसायीहरुले महोत्सव गरेर पर्यटकको ओहोरदोहोरको लागि त्रिकोणात्मक सम्बन्ध स्थापित गराउने योजनामा समेत रहेका छन् ।
नयाँ वर्षमा पाहुनाको बसाइँ लम्ब्याउन पोखरा आएका पर्यटकलाई चितवन र लुम्बिनी भ्रमण गराउने योजना रहेको पोखरा सडक महोत्सवका सहसंयोजक तथा पोखरा पर्यटन परिषदका अध्यक्ष भीमसेन भुजेलले बताउनुभयो । ‘मुलुकको अर्थतन्त्रको मेरूदण्डको रूपमा स्थापित पर्यटन व्यवसायको व्यवस्थित विकास गर्न व्यवसायीहरुले गर्ने पर्यटकीय महोत्सवमा सहकार्य गरेर पर्यटकको बसाइँ लम्ब्याउन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘त्यसको चितवन आएका पर्यटकलाई पोखरा र लुम्बिनीलगायतका पर्यटकीय स्थलको भ्रमण गराउन जरूरी रहेको छ ।
चितवनमा हात्ती महोत्सव चलिरहेका बेला पोखरामा पुष १३ देखि १५ सम्म पोखरा सडक महोत्सव हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा हुने महोत्सवको मुख्य नारा सडकमै खाऊँ, सडकमै बाँचौं र सडकमै रमाऊँ भन्ने रहेको छ । पोखरा सडक महोत्सवकोे बारेमा बिहीबार चितवनको सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । यस वर्ष पोखरा सडक महोत्सवलाई खाना, संगीत र संस्कृतिलाई जोड दिइएको रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो ।
महोत्सवले स्थानीय स्तरका खानाको प्रर्वद्धनसँगै विभिन्न जातजातिका संस्कृतिलाई समेत समेट्ने भएकाले तिनीहरुको पनि संरक्षणमा टेवा पुग्ने अध्यक्ष भट्टराईले बताउनुभयो ।  अंग्रेजी नयाँ वर्षमा पाहुनालाई आकर्षित गर्न आयोजना गरिएको सो महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकले रूचाउने खानाहरु सडकमै उपलब्ध गराइने १५ औं पोखरा सडक महोत्सव मूल समारोह समितिका संयोजक बलराम पहारीले जानकारी दिनुभयो । पोखराको पर्यटकीय स्थल लेकसाइडमा हुने महोत्सवमा दर्जनौं खानाका स्टल लगायत सडकमै विभिन्न सांस्कृतिक कार्यक्रम, रोचक खेलकुद प्रतियोगिता, पर्यटन उद्योगलाई समेटेर तयार पारिएका साहसिक र मनोरञ्जनात्मक वृत्तचित्र, फोटो प्रदर्शनी महोत्सवको प्रमुख आकर्षण रहेको संयोजक पहारीले जानकारी दिनुभयो ।
त्यतिमात्र होइन महोत्सवमा पत्रकारहरुबीच दौड प्रतियोगिता, साइकल दौड, रेवानका कर्मचारीहरुबीच दौड, डुंगा दौडलगायतका कार्यक्रमहरु समावेश गरिएको संयोजक पहारीले बताउनुभयो । सडकमहोत्सवलाई लक्षित गरी होटल, रेष्टुरेण्ट, यातायात तथा साहासिक उडान प्याराग्लाइडिङ, अल्ट्रालाइट र जिप फ्लायरका विशेष छुटको व्यवस्था गरिएको संयोजक पहारीले जानकारी दिनुभयो ।
सडक महोत्सवमा करिब १० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार हुने र ५ लाख स्वदेशी तथा विदेशी पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकले बताएका छन ।

Related Posts

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

सौराहामा व्यवसाय प्रवर्द्धनसम्बन्धी प्रशिक्षण

भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून

करको दर हैन दायरा बढाउँदै महानगर

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In