भरतपुर । सरकारले कृषि सामग्री केन्द्रबाट दिने रासायनिक मल नपाउँदा कृषकहरु मारमा परेका छन् । कृषिका लागि सरकारले अनुदानमा दिँदै आएको रासायनिक मल कृषकसमक्ष नपुगेको कृषकहरुले गुनासो गरेका छन् ।
बिहीबार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले वताएका हुन् । कृषि सामग्री केन्द्रबाट जिल्लाका सहकारीहरुमार्फत कृषकका लागि भनेर पठाइएको रासायनिक मल कृषकसँग भन्दा पनि व्यापारीको हातमा पर्दा चर्को मूल्य तिरेर किन्नु परेको उनीहरुले गुनासो गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालय चितवनको आयोजनामा भएको अनुदानवापत्को रासायनिक मल बिक्री गर्ने सहकारीहरुको जिल्लास्तरीय अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । साना किसानलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम सीमित व्यक्ति र व्यापारी माझमात्र पुग्ने गरेको छ ।
सहकारी संस्थामार्फत प्रत्यक्ष रूपमा किसानहरुले अनुदानित मल पाउनुपर्नेमा सहकारी संस्थाले व्यवसायीलाई मल पु¥याएको कृषि सामग्री केन्द्रको आरोप छ । कृषि सामग्री केन्द्रले सहकारीहरुको अनुगमन गर्न नसक्दा यस्तो भएकोले नियमित अनुगमन गर्न कृषकहरुले केन्द्रलाई आग्रह गरेका छन् । सरकारले दिएको अनुदानभन्दा अनुचित मूल्यमा मल बिक्री वितरण नहोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
बुधबारदेखि सुरू भएको गोष्ठीमा चितवनमा रहेका अनुदानित मल बिक्री गर्ने सहकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारी, योजना अधिकृत सन्तोषराज पौडेल, बाली संरक्षण अधिकृत राजन ढकाल, साल्टटे«डिङ कोरपोरेसनका प्रमुख बुद्धिविनोद दाहाललगायतले बोल्नु भएको थियो । चितवनमा अहिले ८८ वटा सहकारी संस्थाले अनुदानको मल बिक्री वितरण गर्ने गरेका छन् ।
Discussion about this post