ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दरबन्दीमध्ये १४ प्रतिशत स्वास्थ्यकर्मीको पद रिक्त

by चितवन पोष्ट
२०७० मंसिर २८, शुक्रबार ०२:५० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपालमा स्वास्थ्य क्षेत्रमा कुल दरबन्दीको १४ प्रतिशत पद रिक्त रहेको एक अध्ययनले देखाएको छ ।
सोलिड नेपाल र मर्लिन नेपालले गरेको संयुक्त अध्ययनमा रिक्त पदपूर्ति हुन नसक्दा सेवाग्राहीले भरपर्दाे स्वास्थ्य सेवा पाउन सकेका छैनन् । पदपूर्ति भएको दरबन्दीमा समेत आधाभन्दा बढी स्वास्थ्यकर्मी आफ्नो कार्यक्षेत्रमा नजाने गरेको अध्ययनकर्ता राजु प्रजापतीले जानकारी दिनुभयो ।
जसका कारण दुर्गम तथा ग्रामीण क्षेत्रका विपन्न, महिला बालबालिका आधारभूत स्वास्थ्यसेवाबाट समेत वञ्चित हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । प्रायः स्वास्थ्यकर्मी सहर तथा सुविधायुक्त क्षेत्रमा केन्द्रित हुने ग्रामीण भेगमा अझ बढी स्वास्थ्यसेवाको अभाव देखिएको प्रजापतिले बताउनुभयो ।
निजी संस्थाहरूबाट चिकित्सा विषय अध्यापन गराउने संस्था नेपालमा ९० प्रतिशत रहेको र त्यसमा पनि सहर केन्द्रित ९६ प्रतिशत रहेको समेत प्रतिवेदनमा उल्लेख छ । सरकारी तबरबाट भने स्वास्थ्यकर्मी उत्पादन गर्ने संस्था जम्मा १० प्रतिशतमात्रै रहेका प्रतिवेदनले देखाएको छ ।
स्वास्थ्यसम्बन्धी सहस्राब्दी लक्ष्य प्राप्त गर्नप्रति १० हजार जनसङ्ख्या बराबर २३ स्वास्थ्यकर्मी आवश्यक हुन्छ । तर नेपालमा अझै प्रति १० हजार जनसङ्ख्यामा १६ जनामात्रै स्वास्थ्यकर्मी उपलब्ध छन् । स्वास्थ्य मन्त्रालयका लागि मानव संसाधन रणनीतिले सरकारी स्वास्थ्य सेवामा प्रति १० हजार जनसङ्ख्यामा २.९ स्वास्थ्यकर्मी रहेको देखिएको छ ।
जनसङ्ख्या ४५ प्रतिशतले वृद्धि भएको अवस्थामा स्वास्थ्यकर्मीको दरबन्दीमा ३.४ प्रतिशतले मात्रै बढेकाले समस्या आएको अर्का अध्ययनकर्ता भुवन बरालले बताउनुभयो । त्रिचालीस प्रतिशत अस्पताल र १८ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै स्वास्थ्यकर्मीको समिश्रण पाइएको बरालले बताउनुभयो । जसका कारण स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन स्वास्थ्यका लागि मानव संसाधनको क्षेत्रका समस्यालाई यथाशक्य सम्बोधन गर्नुपर्ने अध्ययनकर्ताको सुझाव छ । रासस

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In