भरतपुर । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सुनचाँदी सम्बन्धी निर्देशिका जारी गर्न माग गरेको छ ।
सुनचाँदी संघ र उपभोक्ता अधिकार संरक्षण मञ्चबीच बिहीबार भएको छलफलमा बोल्नेहरुले निर्देशिका जारी नभएर कारोबार गर्न कठिनाई भएको बताए । सो छलफलले ग्राहकले देख्ने गरी व्यवसायी संघद्वारा जारी गरिएको मापदण्ड तथा निर्देशिका अनिवार्य टाँस गर्ने निर्णय गरेको छ ।
बजारमा सुनको सहज आपूर्ति गर्न पनि माग गरिएको छ । छलफलमा मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, उपाध्यक्ष विष्णुप्रसाद भुषाल, सचिव महेन्द्र वाग्लेलगायतको उपस्थिति थियो ।
Discussion about this post