भरतपुर । स्मलहेभन स्कुल कल्याणपुरमा चांैथो संस्करणको अन्तरविद्यालय एथलेटिक्स प्रतियोगिता बिहीबारबाट सुरू भएको छ ।
चितवन जिल्ला निजी विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् । छात्र १५ सय मिटर दौडमा ज्ञानदर्शन बोर्डिग स्कुलका सुमन न्यौपाने प्रथम, जनप्रिय ई. स्कुल शारदानगरका हरि जिसी द्वितीय र ग्रिनल्याण्ड पब्लिक स्कुल भरतपुरका सविन ढकाल तृतीय भएका छन् ।
यस्तै, छात्रा ४ सय मिटरमा सेन्ट्रल बोर्डिङ स्कुल बेलचोकका प्रतिभा कँडेल प्रथम, श्रृष्टि अधिकारी वाल्मीकि शिक्षा सदन द्वितीय र स्मल हेभन मोडल स्कुल आँपटारीका ओजस्वी शर्मा तृतीय भए, यस्तै छात्रतर्फ स्मल हेभन स्कुल कल्याणपुरका प्रवेश श्रेष्ठ प्रथम, वाल्मीकि शिक्षा सदनका असिम खरेल द्वितीय र स्मलहेभन स्कुल आँपटारीका किरण रानाभाट तृतीय भएका छन् । यस्तै, लङजम छात्रतर्फ स्मलहेभन स्कुल कल्याणपुरका आशिष मानन्धर पहिलो, मनशिक्षा स्कुल बसेनीका फिजन शाही दोस्रो र होलिभिजन स्कुलका ऋषि महतो तेस्रो भएका छन् ।
त्यस्तै, प्रतियोगितामा १ सय मिटर, २ सय, ८ सय मिटरका दौडका प्रारम्भिक चरणका खेलहरु भएका छन् । ३ दिनसम्म चल्ने प्रतियोगितामा ४ सय मिटरको रिले दौड, सटपुट, लड्डजम्प, छात्राहरुको कपर्दी, छात्रा छात्रा दुबैको टग अफ वार, छात्रहरुका ट्रिपल जम्पलगायतका खेलहरु पनि हुनेछन् । यसअघि प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुड्डको प्रमुख आतिथ्यता एवं विद्यालयका प्रार्चाय शान्तिराम तिमिल्सिनाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा खेलकुद प्रशिक्षक कान्ति महतो, अभिभावक संघका अध्यक्ष भक्ति तिमिल्सीनालगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post