ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राजनीतिक दलहरुमा आश्रित लोकतन्त्र

by चितवन पोष्ट
२०७० मंसिर २७, बिहीबार ०३:५० गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

      महादेव बराल                   
लोकतन्त्र भनेको जनताको शासन हो, देशका आमनागरिकले एकैपटक राज्य सञ्चालन गर्न असम्भव हुने हुनाले नै उनीहरुले आप्mना प्रतिनिधिमार्पmत राज्य सञ्चालन गर्ने हुन् । तर, के हाम्रो देशमा यसरी जनप्रतिनिधिहरुले जनताको हितका लागि राज्य सञ्चालन गरेका छन् ? लोकतन्त्रको विगत २३ वर्षलाई फर्केर हेर्ने हो भने यहाँ जनप्रतिनिधिले नभई राजनीतिक दलहरुले राज्य सञ्चालन गरेका छन् । जनताबाट निर्वाचित भएपछि जनप्रतिनिधिहरु राजनीतिक दलको नियन्त्रण र निर्देशनमा रहने संवैधानिक व्यवस्थाले गर्दा लोकतान्त्रिक मूल्य र मान्यतामा ठूलो ह्रास आएको छ । जनताका प्रतिनिधिहरु आप्mना ठालुले औँल्याएको कागजमा ल्याप्चे ठोक्न विवश छन् । हामी यस्तो राज्य व्यवस्थालाई उत्कृष्ट मान्दै आएका छौँ ।
पहिलो संविधानसभाले संविधान बनाउन सकेन, यसको दोष एउटा राजनीतिक दलले अर्को राजनीतिक दलको थाप्लोमा हालेर उम्कने काम भयो । संविधान किन बन्न सकेन, कसको लापरबाही र कमजोरीको कारणले संविधान नबनेको हो ? त्यसको जिम्मेवारी वहन गर्ने ६०१ मा कोही भेटिएन, न त कुनै राजनीतिक दलले नै यसको जिम्मेवारी लिए । तर पनि उनै राजनीतिक दलहरु शानवानका साथ पुनः दोस्रो संविधानसभामा निर्वाचित भएर आएका छन् र आपूmलाई जनताको ठूलो समर्थन रहेको बताउँदै छन् ।
पहिलो संविधानसभाको बनावट हेर्दा एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको पूर्ण रुपमा संविधानसभामा दुईतिहाई बहुमत थियो । यदि उनीहरुमा देश र जनताप्रति अलिकति पनि उत्तरदायित्व रहेको भए संविधानले तोकेको दुई वर्षभित्रै संविधान बन्थ्यो । तर, ती राजनीतिक दलहरु जनताप्रति जवाफदेही भएनन् र राज्यको ठूलो लगानी हुँदाहुँदै पनि चार–चार वर्ष व्यर्थ बित्यो । अचम्म लाग्दो कुरा त के छ भने जनताप्रति कत्ति पनि जवाफदेही र उत्तरदायित्व नभएका यिनै राजनीतिक दलहरुको दोस्रो संविधानसभामा पुनः दुईतिहाई मत आउनु भनेको आश्चर्य लाग्दो र विचारणीय कुरा छ । फरक यति मात्र हो, पहिलो संविधानसभामा ठूलो भएको दल आज तेस्रो भएको छ । जसले जसरी व्याख्या र विश्लेषण गरे पनि यिनै असफल राजनीतिक दलहरुले पुनः मत पाउनुको अर्थ जनतामा राजनीतिक चेतनाको कमी र परम्परागत राजनीतिमा उनीहरुको आस्था रहनाले नै हो ।
पहिलो संविधानसभाले संविधान बनाउन नसक्नुको प्रमुख कारण भनेको राष्ट्रिय सहमतिको नाउँमा राजनीतिक दलहरुले भागबन्डा गरी आलोपालो राज्यसत्ता भोग गर्नाले हो । अर्को कारण भनेको राजनीतिक दलहरुले संविधान र प्रचलित कानुनबमोजिम आपूmलाई हिँडाउनु पर्नेमा त्यसो नगरी आप्mनो इच्छाबमोजिम संविधान र कानुनलाई परिवर्तन गर्नाले हो । संवैधानिक प्रावधानबमोजिम संविधान निर्माण गरेको भए दुई वर्षमै संविधान आउने प्रायः निश्चित थियो, तर राजनीतिक दलहरुले संविधान र कानुनी राज्यको उपहास गरी आपूmलाई परिवर्तनका संवाहकको नाउँमा संविधानभन्दा माथि राख्ने काम गरे र संविधानलाई कुल्चने काम गरे, जसको परिणामस्वरुप अहिलेको यो अवस्था सिर्जना हुन पुग्यो ।
अहिले पनि राजनीतिक दलहरुले आप्mनो बानी–व्यहोरामा परिवर्तन ल्याउन सकेको देखिँदैन । असफल भएको पहिलो संविधानसभापछि अहिले दोस्रो संविधानसभाको निर्वाचन भई ताजा जनादेश आएको छ । संविधान निर्माण गर्ने, सरकार बनाउने र राज्यका तमाम समस्याहरु संविधानसभामा नै राखेर हल गर्नुको साटो उच्चस्तरीय राजनीतिक संयन्त्रको हवाला दिँदै त्यसबाट समस्याको समाधान गर्ने चेष्टा गरिँदै छ । को हुन् त सुशील कोइराला, को हुन् झलनाथ खनाल र पुष्पकमल दाहाल ? जनताको नजरबाट हेर्दा उनीहरु कुनै एक निर्वाचन क्षेत्रका प्रतिनिधि पात्र मात्र हुन् । संविधानसभामा प्रतिनिधित्व गर्ने कुनै सभासद्भन्दा उनीहरुको हैसियत ठूलो हुँदैन, तर पनि हामीले यस्तो राजनीतिक संयन्त्रलाई किन मह¤व दिइरहेका छौँ त ? किनभने, हामी जनता मात्र परम्परागत राजनीतिमा आस्था राख्ने हैन कि निर्वाचित भएका प्रतिनिधिहरु समेत आप्mनो राजनीतिक नेतृत्वप्रति अन्धभक्त र  आस्थावान् छन् ।
यदि प्रमुख भनिएका राजनीतिक दलका उच्चस्तरीय नेताहरुले कुनै पनि विषयमा निर्णय गर्ने हो भने राज्यको यत्रो लगानी गरी संविधानसभाको निर्वाचन नै किन गर्नुपथ्र्यो ? संविधानबमोजिम  संविधानसभा र राजनीतिक दलका कामकारबाही फरक छन् । संविधानसभा, जसले संविधान निर्माण गर्नुको साथै संसद्को काम पनि गर्छ, यसको अर्थ सरकार निर्माण गर्ने, बदल्ने, कानुन बनाउने आदि जस्ता नीति–नियमका कामकारबाही संसद्ले गर्ने हो । यहाँनेर बुभ्mनुपर्ने कुरा के हो भने राजनीतिक दलका रुपमा उम्मेदवार भई कुनै निर्वाचन क्षेत्रबाट विजय भएर संसद्मा प्रतिनिधित्व गर्ने व्यक्ति कोप्रति उत्तरदायी हुने ? राजनीतिक दलको नेतृत्वप्रति कि जनताप्रति ? हुनुपर्ने जनताप्रति हो, किनकि ऊ जनताद्वारा निर्वाचित जनप्रतिनिधि हो । पार्टीका कार्यकर्ताले मात्र भोट हालेर उसलाई जिताएको नभई जनताको मतद्वारा विजय भएको र राज्यबाट सेवासुविधा प्राप्त गर्ने हुनाले ऊ जनताप्रति पूर्ण रुपमा जवाफदेही र उत्तरदायी हुनुपर्ने हो । तर, जनताबाट यसरी निर्वाचित जनप्रतिनिधिलाई दलीय बन्धनमा बाँध्ने हो भने यसलाई कसरी र कुन अर्थमा हामीले लोकतन्त्र मान्ने ? यो त पार्टीतन्त्र या ठालुतन्त्र जस्तो भो ।
अबको निकास कसरी हुन्छ त ? नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका सभासद्हरु सुशील कोइरालाको पछाडि, एमालेबाट विजयी भएका झलनाथ खनाल र एनेकपा माओवादीबाट विजयीहरु पुष्पकमल दाहालको पछाडि कुद्ने हो भने देशले निकास पाउनेवाला छैन । निकासको लागि संविधानसभामा प्रतिनिधित्व गर्ने सबै सभासद्हरुले आप्mनो दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्ने हिक्मत नगरेसम्म वर्तमान अवस्थामा कुनै निकासका सम्भावना देखिँदैन ।
संविधान निर्माण गर्न दुईतिहाईको प्रावधान राखिएको छ, तर कुनै पनि राजनीतिक दलको यो मत देखिँदैन । राजनीतिक दलहरु पनि कोही उत्तर फर्केका छन् भने कोही दक्षिण । यस्तो अवस्थामा एक ठाउँमा आएर मिल्ने सम्भावना पनि न्यून छ । यहाँ सहज रुपमा संविधान त निर्माण हुन गाह्रो छ भने एमालेले भनेजस्तो न त राष्ट्रपति र उपराष्ट्रपति फेरिन सक्छ, न त कांग्रेसले नै सहज रुपमा सरकार गठन गर्न सक्छ । राजनीतिक दलहरुको विगतको इतिहासलाई हेर्ने हो भने उनीहरु आप्mनो दलगत स्वार्थभन्दा एक इन्च पनि तल–माथि हुन सक्दैनन् । हामीले बारम्बार आएको आप्mनो मताधिकारलाई सही सदुपयोग गर्न सकेको भए पनि आज हामीले यो अवस्था देख्नुपर्ने थिएन । अब हाम्रो हातबाट राजनीतिक दलको हातमा गएको यो अवस्थालाई टुलुटुलु हेरेर बस्नुबाहेक अर्को विकल्प देखिँदैन । यो देशलाई कस्तो बनाउने हो र जनताका आधारभूत आवश्यकता कसरी पूर्ति हुने हुन्, यो सबै राजनीतिक दलमा निर्भर छ ।

Related Posts

रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

राजनीतिका कुरा र हामी

समस्या र स्वार्थ आआफ्नै

Discussion about this post

अन‌ि यो पनि

रसमय जीवनको रहस्य (ती दिनहरु)
विचार

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

समय धेरै बलवान् छ । समयको गर्तमा पग्लेर नबिलाउने वस्तु यस दुनियाँमा कहीँ केही छैन । हाम्रा स्मृतिहरु पनि समयको...

Read more
रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In