‘विभागबाटै माग गरेर पु¥याउछौँ’ [divider]
बसन्त पराजुली
भरतपुर । सरकारले चितवनमा अनुमान गरेको भन्दा धेरै किटनाशक झूल वितरण गर्नुपर्ने अवस्था देखिएको छ । ग्रामीण विकास कोषले गरेको नमुना सर्वेक्षणमा सरकारले तोकेको भन्दा घरधुरी र परिवारको संख्या बढी पाइएपछि भूmल बढी वितरण गर्नुपर्ने अवस्था आएको हो ।
ग्लोबल फन्टको सहयोगमा स्वास्थ्य सेवा विभाग ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत पपुलेसन सर्विसेज इन्टरनेशनल नेपालले सञ्चालन गरेको मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत विगत केही वर्ष यता हरेक वर्ष कीटनाशक झूल निःशुल्क वितरण हुँदै आएको छ । तर यो वर्ष सो झूल जनसंख्याका आधारमा कमी सिफारिस भएपछि सबैलाई नपुग्ने अवस्था आएको हो ।
‘हाम्रो नमुना सर्वेक्षणमा सिफारिस भई आएभन्दा धेरै घरधुरी र परिवारको संख्या देखियो’, कोषका फिल्ड अफिसर लुलाराज तमाङले भने, ‘अहिले दुई गाविसको सर्वेक्षणमै सिफारिस भएको संख्याको तुलनामा बढी परिवार संख्या पाइएको छ ।’
दिव्यनगर र पार्वतीपुरमा गाविसमा सो अध्ययन गरिएको थियो । दिव्यनगरमा २ हजार २८० घर परिवारमा १० हजार ५०७ जनसंख्या रहेको अध्ययनमा पाइएको छ । जसका लागि ५ हजार ५०० झूल वितरण गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ, तर स्वास्थ्य सेवा विभागले गरेको सिफारिसमा सो गाविसमा ४ हजार ८०८ मात्रै झूल वितरण गर्नुपर्ने देखिन्छ ।
यस्तै, पार्वतीपुरमा एक हजार ८४८ घरधुरीमा ९ हजार ३३१ परिवार रहेका र तिनका लागि चार हजार चार ४३१ झूल वितरण गर्नुपर्ने सर्वेक्षणमा पाइएको छ, तर स्वास्थ्य सेवा विभागबाट सिफारिस भएकामा यो गाविसका लागि ३ हजार ५९७ झूलमात्रै वितरण गर्नुपर्ने देखिन्छ । परियोजनाले चितवनका अन्य दुई गाविस फूलबारी र जगतपुरको पनि अध्ययन गरिरहेको छ ।
मलेरिया अर्थात् औलो नियन्त्रण कार्यक्रमअन्तर्गत यो वर्ष चितवनका नौ गाविसलाइ झूल वितरण गरिने कार्यक्रम रहेको छ । फिल्ड अफिसर तमाङका अनुसार यसवर्ष चितवनमा ५८ हजार २२० झूल वितरण गर्न विभागबाट सिफारिस भएको छ । जसअन्तर्गत परियोजनाले निःशुल्क वितरण गर्ने ५६ हजार ४७४ हो भने २ दुई हजार ४४६ सोही क्षेत्रका गर्भवती महिलाका लागि स्वास्थ्य केन्द्रमार्फत वितरण गरिने हो ।
‘अपवादबाहेक दुई जनालाई एउटा झूल दिने नियम छ’, तमाङले भने, ‘एकै ठाउँमा सुत्न नमिल्ने नातागोताका मानिस परिवारमा छन् भने पनि उनीहरुका लागि छुट्टै झूल दिनुपर्ने व्यवस्था छ । यसले झूल सिफारिस भएकाले पुग्दैन । थप माग गर्नुपर्ने हुन्छ ।’
मलेरिया ‘एनुफेलिस’ नामको लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । जसबाट मानिसमा उच्च ज्वरो आउँछ । गत वर्ष भरतपुरका अस्पतालहरुमा २७ जना मलेरियाका रोगीको उपचार गराइएकोमा २२ जना चितवनका थिए भने यस वर्ष साउन यतामात्रै १९ जना मलेरियाका रोगीले भरतपुरका अस्पतालहरुमा उपचार गराएकोमा १२ जना चितवनका छन् ।
मलेरियाको रोगीहरु बढेसँगै चितवनलाई ग्लोबल फन्टले समेत मलेरियाको उच्च जोखिमको क्षेत्रमा राखेको छ । यसअघि परियोजनाअन्तर्गत चितवनमा सन् २०११ मा १२ वटा गाविसमा ८६ हजार ५००, सन् २०१२ मा ४ वटा गाविसमा ३१ हजार ९०० थान झूल वितरण गरिएको थियो । यही क्षेत्रमा दुई वर्षमा गर्भवती भएका महिलाहरुलाई ३ हजार ९५३ झूल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क छ ।
चितवनमा ११ गाविस र दुई नगरपालिकामा झूल वितरण गर्न बाँकी छ । चितवनका जनस्वास्थ्य प्रशासक केयरसिंह गोदारले बाँकी क्षेत्रमा पनि आगामी वर्षमा झूल वितरण गर्ने कार्यक्रम रहेको बताउँछन् ।
‘हामी अहिले नपुग्नेलाई पनि विभागबाटै माग गरेर पु¥याउने छौँ’, उनले भने, ‘बाँकी रहेका क्षेत्रमा पनि आगामी वर्ष वितरण गर्ने कार्ययोजनामा पारेका छौँ ।’
Discussion about this post