कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गलमा मंगलबार राति बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।
नेपालगन्जबाट काठमाडौँका लागि छुटेको ना ३ ख ८५३६ नम्बरको बस चोरमारा जङ्गलमा अनियन्त्रित भई सडकबाट १२ मिटर तल खस्दा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
घाइतेमध्ये आठजनालाई उपचारका लागि भरतपुर लगिएको र चार जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको जनाइएको छ अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । रासस
Discussion about this post