कल्पना भट्टराई
नवलपरासी । विद्यालय जान नमान्ने बालबालिकाहरु अहिले विद्यालय जान भनेपछि रमाइलो मान्छन् ।
बाबा बर्दगोरिया रामनगर ६ केरवानीका बालबालिकाहरु अहिले विद्यालय जान एक दिन पनि छुट्टाउँदैनन् । रमाइलो वातवरणमा पढाइ हुने भएपछि बालबालिका विद्यालय जान रमाइलो मानेका हुन् । विद्यालयमा पठन तथा लेखनसीपमा विकास कार्यक्रममा कक्षा संचालन हुन लागेपछि बालबालिकाहरु विद्यालयमा रमाएर पढ्न थालेको विद्यालयकी शिक्षक सुमित्रा पाण्डेले बताइन् ।
बालबालिकालाई हँसाएर र नचाएर रमाइलो कक्षा बनाएर पढाइन्छ । यस प्रकारको शिक्षणबाट बालबालिकाले कक्षा कोठाको व्यवस्थापन गर्न सक्षम हुन्छन् र समूह कार्य गर्ने बानीको विकास हुन्छ । पढाइ र लेखाइ सीपलाई सँगसँगै लैजाँदा बालबालिकाको भाषिक सीप र लेखनशैलीको विकास हुने शिक्षिका पाण्डेयको भनाइ छ । उत्तरपुस्तिका अर्थपूर्ण अनुच्छेदमा आधारित हुने भएकाले बालबालिकाहरु पढ्न र लेख्न उत्साहित भएको शिक्षिका पाण्डेय बताउँछिन् । सिर्जनात्मक कृयाकलापमा पनि भाग लिन उत्सुक हुने र विद्यालय आउन खोज्ने उनले बताइन् ।
नेपाली भाषालाई मह¤व दिएर विद्यालयमा पठन तथा लेखनसीप विकास कार्यक्रमको सुरू गरिएको हो । विजय विकास स्रोत केन्द्रले गंैडाकोटले नवलपरासीका ४० सामुदायिक विद्यालयमा पठन तथा लेखन सीप विकास कार्यक्रम सुरू गरेको छ ।
भाषाका पा“च त¤वहरु ध्वनि सचेतीकरण, अक्षर ज्ञान, शब्दभण्डार वृद्धि, पठन वेग, पठनबोधमा रहेर कक्षामा शिक्षण गरिन्छ । अक्षर सिकाउँदा ध्वनि सचेतीकरण गर्ने त्यससँग सम्बन्धित अक्षरलाई उच्चारण गरिन्छ । ध्वनि र सङ्केतसम्बन्ध गाँसेर अक्षर चिनाउने गरिन्छ ।
सानै कक्षाबाट नेपाली भाषा शुद्ध लेख्न र बोल्न सिकून भन्ने उद्देश्यले पठन तथा लेखनसीपको अवधारण विकास भएको हो । यस्तो शिक्षणबाट बालबालिकाले वर्ण र मात्रा छिटो सिक्ने र पढेको कुरा बोध गर्न सक्ने क्षमताको विकास हुने पठन तथा लेखन शिक्षण कार्यक्रममा वरिष्ठ सहजकर्ता हरि आर्चायले बताए । उनका अनुसार यस प्रकारको शिक्षणले बालबालिकालाई मात्र नभई शिक्षकको भाषामा समेत सुधार आउँछ ।
नेपाली भाषका विषयगत शिक्षकलाई तालिम दिएर यस प्रकारको शिक्षण गर्न दिइन्छ । कार्यक्रम लागू भएको विद्यालयमा एकदेखि तीन कक्षासम्मका बालबालिकालाई लक्षित गरी यस कार्यक्रम सुरू गरेको संस्थाका कार्यक्रम संयोजक बद्रि लम्सालले बताए ।
Discussion about this post