ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तनहुँमा नेपालकै ठूलो भैँसी फर्म

by चितवन पोष्ट
२०७० मंसिर २७, बिहीबार ०३:०४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

तनहुँ । पछिल्ला वर्षमा भैँसीको सङ्ख्या घट्दै गएकोमा तनहुँको ढोरफिर्दीमा भने नेपालमा नै ठूलो भैँसी फर्म सञ्चालनमा आएको छ ।
शुद्ध भैँसीको दूध उत्पादन गर्ने उद्देश्यले तनहुँको ढोरफिर्दी–७ सुन्दरेमा भैँसी फर्म सञ्चालन गरिएको हो । ढोरतालबेसी एग्रिकल्चर प्रालि नामको संस्था दर्ता गरेर फर्म सञ्चालनमा ल्याइएको हो । फर्ममा अहिले करिब ६२ वटा भैँसी रहेका छन् ।
फर्मबाट अहिले करिब दैनिक १५० लिटर दूध उत्पादन हुने गरेको फर्मका सञ्चालकमध्येका एक विशाल केसीले बताउनुभयो । चार जना युवाको लगानीमा फर्म सञ्चालन गरिएको जानकारी केसीले दिनुभयो ।
उक्त फर्मबाट उत्पादित दूध पोखराको रामबजारमा गाउँले डेरी स्थापना गरेर बिक्री गर्ने गरेको केसीले बताउनुभयो । उत्पादकदेखि उपभोक्तासम्म किसानकै सहभागितामा गुणस्तरीय दूध पु¥याउने उद्देश्यले आफैँले डेरी स्थापना गरेर दूध बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो ।
केही वर्ष अघिसम्म व्यावसायिक गाईपालन गर्नुभएको केसीले गाईको भन्दा भैँसीको दूधको माग उच्च रहेकाले भैँसी फर्म सञ्चालनमा ल्याएको बताउनुभयो ।
सो फर्मबाट उत्पादित दूध पोखरामा प्रतिलिटर रु ९० मा बिक्री गर्ने गरेको केसीले बताउनुभयो । उहाँले भैँसी फर्मको अलवा करिब १०० भन्दा बढी जग्गामा भैँसीका लागि घाँसखेती समेत गरेको बताउनुभयो ।
भैँसीलाई तराईबाट आयात गरेको पराल र दानाभन्दा घाँस खुवाएर दूधको उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने देखाउनका लागि पनि आफूहरूले खेतीयोग्य जमिनमा घाँस खेती गरेको उहाँले बताउनुभयो । केसीले सञ्चालनमा ल्याएको फर्म नेपालमा नै ठूलो भएको पशुसेवा कार्यालय तनहुँका पशु चिकित्सक बाबुराम जम्मरकट्टेलले बताउनुभयो । नेपालमा गाईको ठूलाठूला फर्महरू भए पनि भैँसीको यति ठूलो फर्म नभएको उहाँको दाबी छ । रासस

Related Posts

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Discussion about this post

अन‌ि यो पनि

विश्व

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

नयाँदिल्ली, ३ माघ (रासस/एएनआई) । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप...

Read more
सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

बालसमयका विविध अनुभूति (ती दिनहरु)

बालसमयका विविध अनुभूति (ती दिनहरु)

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In