ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अस्पतालजन्य फोहोरमैला व्यवस्थापन गर्ने निर्देशन

by चितवन पोष्ट
२०७० मंसिर २७, बिहीबार ०३:०३ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन  नहुँदा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको व्यापक जनगुनासो आएपछि त्यसलाई सम्बोधन गर्ने क्रममा आयोगले आज त्यस्तो निर्देशन दिएको हो ।
आयोगले बुधबार स्वास्थ्य, सहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, काठमाडौंँ उपत्यकाभित्रका महानगरपालिका, उपनगरपालिका, नगरपालिका, फोहोरमैला व्यवस्थापन प्राविधिक सहायता केन्द्र, वीर, कान्ति अस्पताल, प्रसूतिगृहका पदाधिकारीहरूसँग छलफल गरी अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताउनुभयो ।
आयोगले फोहोरमैलाको प्रभावकारी र उचित व्यवस्थापन गर्न आवश्यक पर्ने नीतिगत सुधार गरी विभिन्न सरोकारवाला निकायबीच समन्वयात्मक रुपमा अनुगमन तथा कार्यान्वयनका लागि आवश्यक प्रयास गर्न मुख्य सचिवलाई लेखी पठाउने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो ।
त्यसैगरी, आयोगले सहरी विकास मन्त्रालयको नेतृत्वमा सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी सम्मिलित एक उच्चस्तरीय अनुगमन कार्यदल यथाशीघ्र गठन गरी अस्पतालजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धमा ऐन, नियमको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न र आयोगलाई  जानकारी गराउन पनि सोही मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको जनाएको छ ।
यसैबीच, आयोगले शिक्षण अस्पतालहरूको सम्बन्धन र सिट सङ्ख्या जस्ता विषयमा परेका उजुरीबारे छानबिन तथा अनुसन्धान गर्न विराटनगरस्थित नोबेल मेडिकल कलेज र भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजको आजदेखि स्थलगत निरीक्षण सुरु गरेको छ ।
आयोगको दुई बेग्लाबेग्लै टोलीले ती शिक्षण अस्पतालको निरीक्षण थालेको जानकारी पनि सहायक प्रवक्ता  घिमिरेले जानकारी दिनुभयो । रासस

Related Posts

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

Discussion about this post

अन‌ि यो पनि

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)
राजनीति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई सिङ भाँचिएका तिल्के गोरु भन्दै धेरै धाक...

Read more
दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In