ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

ओस्कार जित्ने चलचित्र बनाउने सपना अधुरै

by चितवन पोष्ट
२०७० मंसिर २६, बुधबार ०१:४९ गते
in कला
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको राम्रो र सफल चलचित्र बनाउने सपना अधुरै बनेको छ ।
‘म राम्रो र अझै परिस्कृत नेपालीपनको चलचित्र बनाउँछु भन्नुहुन्थ्यो’ उहाँका गुरु ऋद्धिचरण श्रेष्ठले केही महिनाअघि भएको कुराकानी सम्झँदै भन्नुभयो, ‘विडम्बना अब उहाँको सपना सपनामै सीमित भएको छ ।’
पछिल्लो समयमा घरमा बिरामीपछि आराम गरिरहेका बेलामा समेत निर्देशक रेग्मीले सञ्चारकर्मीसँग ओस्कार अवार्ड प्राप्त गर्ने चलचित्र निर्माण गर्नेसमेत बताउनुभएको थियो । तर उहाँका ती सपना सबै अधुरै बनेको छ ।
‘उहाँका चलचित्रमा तल्लो वर्गका नेपालीका कथा र व्यथा हुन्थ्यो, अत्यन्त मृदुभाषी र काममा लागिरहने गर्नुहुन्थ्यो’ उहाँका उत्तराधिकारी रहेका पुष्प आचार्यले भन्नुभयो ।
चितवनको नारायणी कला मन्दिरमा नाटक निर्देशक बनेर छोडेपछि उहाँको ठाउँमा अहिलेसम्म पुष्प नै रहनुभएको छ । ‘म ठीक भएर आउँछु, अनि राम्रो चलचित्र बनाउँछु’ उहाँले भन्नुभएको छ, ‘कसैलाई नबिझाउने मान्छे कसो ठीक नहुनु होला, केही दिन अघिमात्रै उहाँकी पत्नी ज्ञानु रेग्मीले भनेको कुरा ताजै छ ।
मिर्गौला रोगका कारण करिब १० महिनादेखि उहाँ थलिनुभएको थियो । मिर्गौला प्रत्यारोपण गरिने तयारी गरिए पनि अन्य सङ्क्रमणका कारण सफल हुन नपाउँदै उहाँको निधन भएको हो । उहाँका शिक्षक तथा चलचित्रकर्मी ऋद्धिचरण श्रेष्ठ उहाँको निधनले चलचित्र क्षेत्रले एक हस्ती गुमाएको बताउनुभयो ।
चलचित्र निर्देशक विमल पौडेलले उहाँले नेपाली चलचित्रमा नयाँ मोड ल्याइदिएको सम्झिनुभयो । यस्तै नायिका मौसमी मल्लले नेपाली चलचित्र क्षेत्रमै अपुरणाीय क्षति पुगेको बताउनुभयो ।
उहाँका तीन छोरी र एक छोरा छन् । परिवारका १० सन्तानमध्येका माहिला सन्तान रेग्मी दाजुभाइका जेठा हुनुहुन्थ्यो । अहिलेसम्म २० वटा चलचित्रमा निर्देशन गर्नुभएका रेग्मी ठूलो पर्दामा २०५७ सालदेखि लाग्नुभएको थियो ।
औपचारिक रूपमा २०४८ सालमा चितवनको नारायणी कला मन्दिरबाट उहाँले कलाकर्मको यात्रा थाल्नुभएको शुभचिन्तक पुष्प आचार्यले बताउनुभयो । उहाँको लेखन रहेको पहिलो चलचित्र ‘प्रेमपूजा’ हो भने निर्देशित पहिलो चलचित्र ‘आफन्त’ हो ।
उहाँका ‘आफ्नो मान्छे’, ‘सुखदुःख’, ‘ए मेरो हजुर’, ‘पाहुना’, ‘हामी तीन भाइ’, ‘कहाँ भेटिएला’ सफल चलचित्र हुन् । उहाँकै निर्देशनमा छोरी भावना नायिका भएको चलचित्र ‘सो सिम्पल’ हो । हाल उहाँले निर्देशन गरेको चलचित्र ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ चलचित्र प्रदर्शनको तयारीमा छन् ।

Related Posts

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

अमेरिकाबाट आयो कमलको ‘रूमाल’

अमेरिकाबाट आयो कमलको ‘रूमाल’

गैँडाकोटमा एकदिने ‘प्राङ्गारिक खाना महोत्सव’

गैँडाकोटमा एकदिने ‘प्राङ्गारिक खाना महोत्सव’

Discussion about this post

अन‌ि यो पनि

हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन
समाज

हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन

हेटौँडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो उत्पादनलाई वृद्धि गरी दैनिक एक करोड ७१ लाख ५० हजार लिटर पु¥याएको छ...

Read more
चिकित्सालयलाई चितवन समाज जर्मनको सहयोग

चिकित्सालयलाई चितवन समाज जर्मनको सहयोग

मावनअधिकार उल्लंघनका दोषीलाई आममाफी नहुने

द्वन्द्व प्रभावित परिवार निराश

Chitwan Post

बाल सङ्गठन चितवनमा पौडेलको नेतृत्व

Chitwan Post

वन पैदावार उद्योग व्यवसायी सङ्घमा श्रेष्ठ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In