भरतपुर । हप्ते तथा फिरौती उठाएको आरोपमा महानगरीय प्रहरी प्रभाग हनुमानढोकाले नारायणगढका सुवोध श्रेष्ठलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई चितवनका एक प्रतिष्ठित डाक्टरसँग ५० लाख फिरौती माग गरेपछि उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । यसअघि पनि श्रेष्ठले डाक्टरलाई धम्काइ ५ लाख रूपैयाँ फिरौती मागेको प्रहरी स्रोतले जनाएको छ ।
Discussion about this post