चलचित्र निर्देशक रेग्मीको निधन

अन‌ि यो पनि

नारायणगढ । वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको सोमबार निधन भएको छ । दुवै मिर्गाैलाले काम नगरेको अवस्थामा बल्खुको बयोधा अस्पतालमा उपचार गराइरहनु भएका रेग्मीको बिहान ५ बजेतिर निधन भएको हो ।
बिहान ९ बजेसम्म अस्पताल परिसरमै राखेपछि शवलाई रेग्मीको गृहनगर चितवन ल्याइएको थियो । बिहान अस्पताल परिसरमा रेग्मीलाई श्रद्धाञ्जलि दिन चलचित्रकर्मीको बाक्लो भीड लागेको थियो । रेग्मीको सोमबारै साँझ देवघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पार्थिव शरीरलाई चितवनका कलाकार, आफन्त, शुभचिन्तकहरुलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
विसं २०२१ मा चितवन नारायणगढमा जन्मेका निर्देशक रेग्मीले ‘प्रेम पूजा’बाट लेखनयात्रा थाल्नुभएको थियो । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘आफन्त’ हो । जुन चलचित्र असाध्यै हिट भएको थियो ।
उनका प्रायः सबै चलचित्र नारीवादी रहेका छन् । उनको कलम नारीको दुःख, पीडा र समस्यामा बढी चलेको थियो । नेपाली फिल्म जगतले एउटा सफल हस्ती गुमाएको महसुस गरेको छ ।
वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्रका माध्यमबाट सामाजिक परिवर्तनका लागि क्रियाशील रेग्मीले नयाँ कथा एवम् विषयवस्तुको प्रयोग गरी चलचित्र क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको बताउनुभयो । उहाँले चितवनमा धेरै कलाकारहरु जन्माउनुभएको थियो । नेपाली फिल्म जगतमा रेग्मी सफल निर्देशक मानिन्छन् । उनले बनाएका अधिकांश फिल्म हिट भएका छन् ।
नेपाली चलचित्र उद्योगलाई रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रोलगायतका दजनौं चलचित्र दिनुभएको छ ।
यसैबीच चलचित्र पत्रकार संघ चितवन शाखाले रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । शाखाले चितवनले मात्र नभई नेपालकै फिल्म जगतले यस उद्योगकै खम्बा गुमेको महसुस गरेको छ ।
रेग्मीद्वारा निर्देशित चलचित्रहरू पराई र मनले मनलाई छुन्छ नामक दुई चलचित्र प्रदर्शनको क्रममा छन् । स्व. रेग्मीका श्रीमती, एक छोरा र दुई छोरी छन् । काठमाडाँैबाट मध्यान्ह चितवन ल्याएर नारायणी कला मन्दिर र उहाँको निवास भरतपुर–४ बाह्रघरेमा अन्तिम श्रद्धाञ्जलि दिएपछि उहाँका देवघाटमा दाहसंस्कार गरिएको हो । अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको निवासमा सिनेकर्मीको उल्लेख्य सहभागिता थियो ।
नारायणी कला मन्दिरबाट औपचारिकरुपमा कला क्षेत्रमा प्रवेश गर्नुभएका रेग्मी नारायणी कला मन्दिरको पूर्व उपाध्यक्ष र आजीवन सदस्य हुनुहुन्थ्यो । रेग्मीले २० वटा फिल्ममा निर्देशन र त्यति नै सङ्ख्याका फिल्मको कथा लेखन गर्नुभएको नारायणी कला मन्दिरका नाटक निर्देशक पुष्प आचार्यले बताउनुभयो ।  अभिनेता बन्नका लागि चितवनबाट राजधानी पसेका रेग्मीले सुरुमा एउटा भिडियो चलचित्रमा नायकका रुपमा काम गनुभएको थियो । त्यसपछि उहाँले चलचित्र लेखकका रुपमा यात्रा बढाउनुभयो । निर्देशक रेग्मीका श्रीमतीसहित दुई छोरी र एक छोरा रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया