इन्सेकद्वारा सरकारलाई ज्ञापन

अन‌ि यो पनि

भरतपुर । मानवअधिकार रक्षक दिवसका अवसरमा इन्सेक चितवनले मानवअधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष समाधिक्षकलाई नेपाल भ्रमणमा आमन्त्रण गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन–पत्र बुझाएको छ ।
इन्सेक चितवनका कार्यक्रम संयोजक मुकुन्दराज दहालद्वारा हस्ताक्षरित विज्ञप्ति प्रमुख जिल्ला अधिकारीमार्फत् सोमबार ज्ञापनपत्र बुझाइएको हो ।  संसारभरका मानवअधिकार रक्षकहरुको अधिकार र सुरक्षाका लागि मानवअधिकारका विश्वव्यापी घोषणापत्र १९४८ जारी भएको ५० वर्षपछि संयुक्त राष्ट्रसंघले सन् १९९८ डिसेम्बर ९ मा उक्त घोषणापत्र जारी गरेको थियो । नेपाल पनि संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले घोषणापत्रमा उल्लेख गरिएका व्यवस्थाको परिपालना गराउनु सरकारको कर्तव्य हो, दाहालले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
नेपालमा मानवअधिकार रक्षकका रूपमा कार्यरत पत्रकारहरु जोखिममा पर्ने गरेको र सन् २०१२ मा २७६ जना मानवअधिकार रक्षकमध्ये ८३ जना पत्रकारमाथि दुव्र्यवहार भएका घटना सार्वजनिक भएको ज्ञापनपत्रमा जनाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया