बरामद काठ हस्तान्तरण

अन‌ि यो पनि

शक्तिखोर । पूर्वीचितवनको शक्तिखोरमा रहेको शमसेर दल गणले बरामद गरेको सालको काठ र साइकल इच्छा कामना सामुदायिक वनलाई हस्तान्तरण गरेको छ ।
आइतबार रातिको समयमा साइकलमा सालको काठ चोरी तस्करी गरी लैजाँदै गरेको अवस्थामा बरामद गरी सामुदायिक वनलाई हस्तान्तरण गरेको वन समूहका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । शमसेर दल गणबाट खटिएका नेपाली सेनाको टोलीले ३ थान सालको गोलिया र ४ वटा साइकल आइतबार राति बरामद गरेको थियो ।
सो काठ र साइकल शमसेर दल गणका सहसेनानी बाबुलाल जिसीले वन समूहलाई जिम्मा लगाउनु भएको थियो । फरार रहेका तस्करीको खोजी कार्य भइरहेको वन समूहका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया