ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हिंसा हुने क्रम रोकिएन

by चितवन पोष्ट
२०७० मंसिर २५, मंगलवार ०३:२० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कल्पना भट्टराई
नवलपरासी । नवलपरासीकी कुञ्जा थारु (नाम परिवर्तन)ले १९ वर्षकै कलिलो उमेरमा गाउँकै युवकसँग प्रेम विवाह गरिन् ।
दुवैको मन मिलेपछि प्रेम विवाह गरेकाले कुञ्जालाई श्रीमानले राम्रै व्यवहार गर्थे, तर घरपरिवारलाई उनी बुहारी भएर भित्रिएको स्वीकार्य थिएन । विवाहकै कारण घरमा दिनदिनै झैझगडा र कलह भइरहन्थ्यो । परिवारको यस्तो व्यवहारबाट छुटकारा दिलाउनका लागि श्रीमानले घरबाट टाढा राखे । छोरासँग आफू पनि पढ्न थालिन । केही समय उनको जीवन हा“सी खुसीमै बित्यो ।
आफूलाई माया गर्ने श्रीमान्को बिरामी भएर मृत्यु भयो । श्रीमान्को मृत्यु भएपछि एक्लिएकी उनी दुई छोरासँग माइतमै बस्न थालिन् । केही समय पछि घरका लिन आएपछि घरमै फर्किन् ।
घरमा गएपछि उनको दुःखको दिन सुरू भयो । सासूससुराले उनलाई खान लाउन नदिई गाली गलोज गर्न थाले । उनले भनिन्, ‘अलिअलि हिंसा गर्दा त सहेकी थिएँ । सहनै नसकेपछि  परिवार विरूद्ध उजुरी गरेकी हुँ । महिला सेवा केन्द्रमा भेटिएकी उनले घरपरिवारले नै दुव्र्यवहार गरेपनि आºनो जाने ठाउँ कतै नभएको बताइन् ।
त्यस्तै सदरमुकाम परासीकै सीता कोहरको (नाम परिवर्तन) समस्या पनि कुञ्जाको भन्दा फरक छैन् । भारतको माहाराजगंजमा माइत भएकी सीताको श्रीमान् वैदेशिक रोजगारका लागि ४ वर्षदेखि विदेशमा छन् । श्रीमान घर नभएपछि घरपरिवारले हिंसा गर्ने गरेको उनले बताइन् । एक छोराकी आमा रहेकी उनलाई घरकाले खान लगाउन नदिई नदिई गालीगलोज गर्ने गरेका छन् । घरकाले खान नदिएपछि टिठ मानेर कति दिन त छिमेकीले खान दिएको उनले बताइन् ।
घरकै काम गर्दा पनि घरमा बस्न नदिई घर निकाला गरिदिएपछि बिचल्ली परेको उनी बताउँछिन् । ‘छिमेकीको सहयोगले महिला सेवा केन्द्रको शरणमा आइपुगेको छु’ कोहरले भनिन्  ।
यी दुई घटना त उदाहारणमात्र हुन् । महिला हिंसाविरूद्ध १६ दिने अभियान चलिरहँदा दिनप्रतिदिन महिला हिंसासम्वन्धी घटना बढ्दै गएका छन् । महिला माथि हुने हिंसा अन्त्य गर्नका लागि वर्षौदेखि हिंसा विरूद्धका कार्यक्रम भएपनि जिल्लामा प्रभावहीन देखिएको छ । महिला सेवा केन्द्रको तथ्याङ्कले महिला हिंसाका घटना बढ्दै गएको देखाएको छ ।
तथ्यांकमा चार महिना यता ९० हिंसाका घटना दर्ता भएका छन् । साउन महिलामा मात्रै ३२ वटा महिला हिंसाको घटना दर्ता भएको छ भने कार्तिकमा १९ वटा घटना दर्ता भएको महिला सेवा केन्द्रकी प्रमुख निशा चौधरीले बताइन् ।
दर्ता भएका उजुरीमध्ये कुटपिटका ३१ ,गाली बेजेती १५, घरनिकाला १४ रहेका छन् । उनका अनुसार ९ वटा मुद्दा अदातलत गएको छ । जबरजस्ती करणीको ६ मुद्दामध्ये एक जनाले कानुनी प्रकृयाअनुसार सजाय पाइसकेको छ । हिंसा सहनु हँुदैन्, प्रतिवाद गर्नुपर्छ भन्ने सचेतना जागेकाले हिंसा उजुरी बढी परेको सेवा केन्द्रकी प्रमुख चौधरी बताउँछिन् ।
जिल्लामा महिला हिंसाको अवस्था विकराल छ, जिल्ला प्रहरी कार्यालय नवलपरासीकी महिला सेल प्रमुख उषा ढुङ्गाना भन्छिन्, ‘दैनिकजसो उजुरीका खात हुन्छन् । अन्तरजातीय विवाह, वैदेशिक रोजगार पनि महिला हिंसाका प्रमुख कारण रहेको उनले बताइन् । प्रहरी कार्यालयमा पर्ने अधिकांश उजुरी मध्ये श्रीमानले जाँड रक्सी खाएर कुटपिट गर्ने रहेको उनको भनाइ छ ।
यता महिला क्षेत्रमा काम गर्दै आएको सरकारी संस्था महिला तथा बालबालिका कार्यालय भने महिला हिंसा विरूद्धको उजुरी बढ्नुलाई महिला हिंसा रोकिएको संकेत भएको जनाएको छ । कार्यालयकी प्रमुख मिना पौडेल भन्छिन्, ‘महिला हिंसाविरूद्ध फैलिएको चेतनाका कारणले हिंसा सहन चहाँदैनन् र उजुरी गर्छन् । त्यसैले हिंसा बढेको तथ्याङ्क देखिएको हो’ उनले भनिन् ।

Related Posts

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

चितवनमा झन्डै ३३ हजारको कोरोना परीक्षण

नवलपुरका विद्यालय पूर्णरुपमा सञ्चालनमा आए

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
राजनीति

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका...

Read more
काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In