ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस

by चितवन पोष्ट
२०७० मंसिर २५, मंगलवार ०३:१६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ साउन १ देखि २०७० असार मसान्तसम्म सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति यादवसमक्ष आज आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले वार्षिक प्रतिवेदन पेस गर्नुभएको आयोगका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
सो प्रतिवेदनमा आयोगमा परेका कूल ११ हजार २९८ वटा उजुरीमध्ये छ हजार ६७२ वटा उजुरी फछ्र्यौट भएको जनाएको छ । यसैगरी पाँच विकास क्षेत्रस्थित क्षेत्रीय प्रशासन कार्यालयहरुमा परेका भ्रष्टाचार तथा अनुचित कार्यसम्बन्धी ४४८ वटा उजुरीमध्ये १४५ वटा उजुरी फछर्यौट भई ३०३ वटा उजुरी बाँकी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार १४१ वटा उजुरी परेकामा ९०० वटा फछ्र्यौट भई बाँकी रहेका एक हजार २४१ वटा उजुरी हालै स्थापित आयोगका सम्बन्धित क्षेत्रीय कार्यालयमा हस्तान्तरण हुने क्रममा रहेका छन् ।
आयोगवाट असुलउपरका लागि ३४, सचेतताका लागि ४१, सुझाव तथा निर्देशनका लागि १२५, विभागीय कारबाहीका लागि ८० तथा ध्यानाकर्षणको लागि ३८ वटा विषयमा कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाइएको प्रतिवेदनमा उल्लेख गरिएको  छ । आयोगबाट ७७ थान मुद्दा दायर गर्ने निर्णय भई गत आवबाट जिम्मेवारी सरेका १६ थान मुद्दासमेत गरी कूल ९३ थान मुद्दा दायर गरिएको छ ।
आयोगले सो आवमा रु ५३ करोड ७० लाख नौ हजार ३६६ रुपैयाँ ७४ पैसा बिगो माग दाबी गरी मुद्दा दायर भएको छ भने अनुसन्धान पूरा गरी रु चार करोड ९५ लाख ३२ हजार ६३० रुपैयाँ १६ पैसा असूल उपर गरिएको छ । आयोगको निर्णयानुसार रु ११ करोड ५६ लाख ६९ हजार ३८१ रुपैयाँ ७४ पैसा असूल गर्न सम्बद्ध निकायमा लेखी पठाएको छ ।
यसैगरी सो आर्थिक वर्षमा २०० रोपनी १३ आना १ पैसा १ दाम जग्गा नेपाल सरकारको नाममा कायम गर्ने गरी आयोगबाट निर्णय गरिएको छ । त्यसैगरी आयोगले विशेष अदालतमा दायर गरेका मुद्दाहरुमध्ये ९५ थान मुद्दाको पैmसला भएकोमा ७६ थान मुद्दामा आयोग सफल भई ८० प्रतिशत मुद्दामा सफलता प्राप्त गरेको छ ।
आगामी दिनमा आयोगको संस्थागत क्षमता विकास र जनशक्तिको ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी सम्पादित कार्यको प्रभावकारिता अभिवृद्धि गर्नेतर्पm आयोग केन्द्रित हुने विश्वास दिलाइएको छ ।
आधुनिक प्रविधिको प्रयोगमार्पmत अभिलेख व्यवस्थापन, स्वचालित प्रणालीको विकास तथा आयोगको कार्यसम्पादनको विद्युतीय माध्यमबाट सुपरीवेक्षण र अनुगमन गर्ने पद्धतिको विकास गर्नेतर्फ आयोग अग्रसर भइरहेको भन्दै प्रमुख आयुक्त कार्कीले भ्रष्टाचारसम्बन्धी उजुरीहरुको अनुसन्धानलाई तथ्यपरक, वस्तुगत र वैज्ञानिक बनाउन विज्ञहरुको सेवा परिचालनमा समेत जोड दिने प्रतिबद्धता जनाउनुभएको छ ।
आगामी दिनमा कानुनी राज्य, लोकतन्त्र, मानव अधिकार, जनकेन्द्रित, समावेशी र समन्यायिक विकास, सदाचार पद्धतिको विकास तथा सुशासनको प्रवद्र्धन र विकासका लागि आयोगलाई निर्दिष्ट संवैधानिक दायित्व, भ्रष्टाचार बिरुद्धको राष्ट्रिय रणनीति तथा आम नागरिकको अपेक्षाअनुरुप आयोग पूर्ण दृढताका साथ अघि बढ्ने प्रतिबद्धतासमेत आयोगले व्यक्त गरेको छ ।
भ्रष्टाचार नियन्त्रणमा नेपाल सरकारको प्रतिबद्धता, आयोगको सक्रियता, सरोकारवाला पक्षहरु र सर्वसाधारण नागरिकहरुसमेतको साझा प्रयास, प्रयत्न र सहकार्यबाट टा«न्सपरेन्सी इन्टरनेसनलबाट प्रकाशित हुने भ्रष्टाचारको अनुभूति सूचकमा यस वर्ष उल्लेख्य सुधार भएको छ । नेपाल अघिल्लो वर्ष सन् २०१२ मा २७ अङ्क प्राप्त गरी १३९ औं स्थानमा रहेको थियो भने  यस वर्ष सन् २०१३ मा ३१ अङ्कसहित ११६ औं स्थानमा रहन सफल भएको छ । रासस

Related Posts

टिप्पर र बस ठोकिँदा एकको मृत्यु

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर धाइते

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Discussion about this post

अन‌ि यो पनि

टिप्पर र बस ठोकिँदा एकको मृत्यु
समाज

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर धाइते

भरतपुर । पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किँदा दुबै सवारीका चालकहरु गम्भीर घाइते भएका छन् । काठमाडौँबाट पुर्वतर्फ जाँदै...

Read more
दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In