ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विद्यार्थीमाथि यातना रोक

by चितवन पोष्ट
२०७० मंसिर २४, सोमबार ०५:४७ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न शान्त, पारिवारिक र वैज्ञानिक ढंगले पठनपाठन गराइने विद्यालय भनेर चर्को विज्ञापन गर्ने चलन व्यापक छ । तर, तिनै अधिकांश विद्यालयका विद्यार्थीहरु भने शारीरिक तथा मानसिक रुपमा पीडित बन्ने गरेका छन् । कडा अनुशासन पालना गराउने नाममा मानसिक तथा शारीरिक यातना दिने कार्य अझैसम्म हट्न सकेको छैन् । हरेक दिनजसो विद्यार्थीमाथि दण्ड सजाय र अधिकार हननका घटना वृद्धि भइरहेका छन् । भर्खरैमात्र गोरखाको द वल्र्ड क्यापिटल उच्च माविमा पढ्ने एक विद्यार्थी शिक्षकको निर्घात कुटाइबाट बेहोस भएर अस्पताल भर्ना भए । केही दिन अघि राजधानीको एक विद्यालयमा शिक्षकले मानसिक यातना दिँदा एक विद्यार्थीले आत्महत्या गरेको खबर सार्वजनिक भएको थियो । त्यसो त कडा अनुशासन पालना गराउने नाममा राम्रा भनिएका विद्यालयमा विद्यार्थीलाई निर्घात कुट्ने क्रम जारी नै छ । विद्यार्थीलाई यातना दिने र दुव्र्यवहार गर्ने प्रवृत्ति हट्न नसक्नु विडम्बनाको विषय हो ।
विद्यालयमा अध्यापन गराउने शिक्षकलाई गुरु÷गुरुआमा त्यसै भनिएको होइन् । विद्यार्थीलाई आफ्नै सन्तान ठानेर अध्यापन गराउने गुरुप्रति श्रद्धा गरिन्छ र आफ्नै आमाबाबुसरह मानिन्छ । गुरुले नै अमानवीय ढंगले पशुवत व्यवहार देखाउँदा गुरुप्रतिको श्रद्धा घटेर गोरुतुल्य हुन पुग्दछ । विद्यार्थीलाई राम्रोसँग सम्झाएर मायालु व्यवहारबाटै अनुशासन सिकाउन सकिन्छ ।
तर, मरणासन्न हुने गरी कुटपिट गर्ने, सार्वजनिक रुपमा यातना दिने, मानसिक तनाव हुने गरी दुव्र्यवहार गर्नेजस्ता क्रियाकलापले शिक्षकहरुलाई आलोचितमात्र बनाउँछ । कलिला बालबालिकाहरुलाई शिक्षकहरुले घण्टौँसम्म बेञ्चमाथि उभ्याउने, पशु÷पक्षी बनाएर सजाय दिने, संवेदनशील अंगहरुमा कुट्ने घटनाहरु दिनहुँ विद्यार्थीहरुले भोग्नुपरेको छ । शिक्षकहरुको दुव्र्यवहार तथा यातनाकै कारण अधिकांश बालबालिकाहरु विद्यालय जान नमान्ने, अर्को विद्यालयमा स्थान्तरण हुनेजस्ता समस्याहरु विद्यमान छन् ।
विद्यालयमा शिक्षकहरुबाट अनुशासनका नाममा हुने कुनै पनि हिंसा अमानवीय हो । कतिपय शिक्षकहरुबाट छात्रामाथि यौन दुव्र्यवहार भइरहेका हुन्छन् । त्यस्ता घटना विद्यार्थीकोे डर र संकोचका कारण ओझेलमा पर्ने गर्दछन् । अन्यायमा परेका विद्यार्थीले असह्य भएपछि मात्र त्यस्ता घटना सार्वजनिक गर्ने गरेको पाइएको छ । विद्यालयलाई शान्ति क्षेत्र बनाउन माग गर्ने शिक्षकहरुबाट विद्यार्थीमाथि अन्याय गरेर अशान्त क्रियाकलाप प्रस्तुत गर्नु दुःखद् घटना हो । कतिपय विद्यालयमा प्राचार्यबाटै कुटपिट र यातना दिने कार्य भइरहेका हुन्छन् । कलिला बालबालिकालाई ह्रिंसक व्यवहार देखाउँदा त्यस्ता शिक्षकबाट विद्यार्थीले के सिक्छन् र कस्तो आदर–सम्मान देखाउलान् ? यसतर्फ हरेक शिक्षक सचेत हुनु अनिवार्य छ । सार्वजनिक विद्यालयको भन्दा निजी विद्यालयहरुमा यस्ता यातनाका श्रृंखलाहरु बढी हुने गरेको छ । विद्यार्थीलाई अनुशासनको पाठ सिकाउने शिक्षकले पहिले आफैले मानवअधिकार तथा शिक्षक आचारसंहिताका विषयमा अध्ययन गर्नु जरुरी देखिएको छ ।

Related Posts

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Discussion about this post

अन‌ि यो पनि

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)
प्रमुख समाचार

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)

भरतपुर । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार भरतपुर कारागारमा पुगी आफ्ना दाई वीरजंगसँग भेटघाट गरेका छन् । छोरा प्रकाशसँगै...

Read more
ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

कोभिड–१९ बाट भारतमा १ लाख ५४ हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन

सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In