बालश्रम न्यूनीकरण गर्न छलफल

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकामा सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत बालश्रम न्यूनीकरणका लागि गर्न सकिने प्रयासहरुको विषयमा छलफल भएको छ ।  आइतबार रत्ननगरमा सरोकारवालाहरुसँग  भएको छलफलमा विभिन्न प्रतिबद्धताहरु गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र रत्ननगरको संयोजनमा भएको कार्यक्रममा सरोकारवालाहरुले बालश्रम न्यूनीकरणका लागि सामुहिक प्रतिबद्धता आवश्यक रहेको बताएका थिए । अभिभावकको बेवास्ताका कारणले बालश्रमिकको संख्या बढ्दै गइरहेको भन्दै उनीहरुले यसको न्यूनीकरणका लागि श्रमिक बालबालिकाका अभिभावकलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बालश्रम न्यूनीकरणका कार्यक्रमहरु होटल र सभाहलमा मात्रै केन्द्रित रहेको भन्दै यसको व्यवहारिक कार्यान्वयनमा लैजानसके बालश्रम न्यूनीकरणमा सहयोग हुने बताउनुभयो । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम सापकोटा प्रमुख अतिथि रहनु भएकोे कार्यक्रममा नारी जागरण केन्द्रकी अध्यक्ष बिमला दुवाडी, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराम गौतम, सामुदायिक सेवा केन्द्रका रामचन्द्र पौडेल, टोल विकास संस्थाका पूर्ण पुरीलगायतले बोल्नु भएको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष भुपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यक्रमका स्रोत व्यक्ति तोरणराज पौडेलले सहजीकरण गर्नुभएको थियो ।

शैक्षिक सामग्री सहयोग

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया