अमरापुरी । अमरापुरी गाविसले आइतबार आव २०७१ र ०७२ को लागि वडा स्तरीय योजना छनौट गर्नको लागि योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
वडा नागरिक मञ्चका संयोजक, राजनैतिक दलका प्रमुखहरु, गाविसका पदाधिकारीहरुको भेलाले वडाका योजनाहरु छनौट गरी गाउँ परिषद बैठकमा समावेश गरी सम्पन्न गर्ने निर्णय गरेको छ ।
सामाजिक सुरक्षाभत्ता लगत संकलन नवीकरण कार्य गर्ने, दलित बालबालिका, ज्येष्ठ नागरिक, एकल महिलाको लगत संकलन गरी कसैलाई नछुटाई विवरण पठाउने गाविस सचिव एवम् अध्यक्ष बेदप्रसाद गौडेलले बताउनुभयो ।
अमरापुरी गाविसले खुल्ला दिसामुक्त, पुर्णखोप गाविस, पुर्ण साक्षर गाविस, घोषणा तथा पुर्ण स्वस्थ गाउँ कार्यक्रमसमेत भइरहेकोमा यसलाई निरन्तरता दिई कार्य गर्ने पनि उक्त गोष्ठीमा सबैको प्रतिबद्धता रहेको पनि गौडेलले बताउनुभयो ।
Discussion about this post