ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अव्यवस्थित संरचना र सवारीको चापले कुरुप बन्दैछ राजधानी

by चितवन पोष्ट
२०७० मंसिर २३, आईतवार ०४:०३ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सरस्वती ढकाल
दूर–दराजमा बस्ने मानिस देशको राजधानी काठमाडौँ भन्ने वित्तिकै सुन्दर र लोभलाग्दो सहरको कल्पना गर्छन् । कसैका लागि काठमाडौँ सपनाको सहर हुनसक्ला । तर, दिन प्रतिदिन बढ्दै गएको जनघनत्व, सवारीको चाप, अव्यवस्थित बसोबास, सडकको दुरावस्थालगायतका कारण उपत्यका बाहिरबाट परिकल्पना गरिएजस्तो छैन् । काठमाडौँ शहरको अवस्था । पछिल्ला ४÷५ वर्ष यता चक्रपथ बाहिर अपार्टमेन्ट निर्माण  भएसँगै अव्यवस्थित बसोबास नियन्त्रणमा केही सहजता आए पनि त्यति प्रभावकारी हुन सकेको छैन् । बर्षौँ पुराना तथा भग्नावशेष घर–टहरा विस्थापितमा सरकारको ध्यान नजाँदा कतिपय स्थानबाट यात्रा गर्दा पनि असुरक्षित हुनुपर्ने अवस्था छ । अव्यवस्थित बसोबासकै कारण राजधानीभित्रका ठमेल, न्यूरोड, असन, नयाँबसपार्कलगायत व्यापारिक क्षेत्रका घरमा आगलागी भयो भने त्यो सबैतिर फैलने खतरा छ । अव्यवस्थित बसोबासका कारण पुरातात्विक सम्पदाको महत्व र प्रभाव घट्दै गएको छ । व्यापारिक क्षेत्रमा ठूलाठूला महल बने पनि पार्किङ अभावका कारण आमसर्वसाधारण बिकराल समस्या झेल्न बाध्य छन् । देशको कूल जनसंख्याको झण्डै १५ प्रतिशत सर्वसाधारण राजधानी सहर काठमाडौँमा बसोबास गर्छन् । विसं २०६८ को जनगणनाअनुसार २ करोड ६४ लाख ९ हजार ५ सय ४ जनसंख्यामध्ये काठमाडौँमा मात्रै १७ लाख ४४ हजार २ सय ४० सर्वसाधारण बसोबास गर्छन् । ४ लाख ३६ हजार ३ सय ४४ घरधुरी छ । त्यसमध्ये २ लाख ७३ हजार ७ सय ३३ घरधुरी काठमाडौँभित्रका नगरपालिकामा पर्छन् ।
वातावरण संरक्षणको अभावमा राजधानीभित्र पैदल हिँड्न कष्टपूर्ण छ । राजधानी भएर पनि शान्तिसुरक्षाको अवस्था उत्तिकै कमजोर छ । सरकारले २०६३ सालमा उपत्यकाका तीनजिल्लाको शान्तिसुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित महानगरीय प्रहरीको अवधारणा लागू गरे पनि त्यसअनुसार साधन÷स्रोत र अधिकार नहुँदा त्यसअनुसार कार्यसम्पादन गर्न प्रहरी सफल हुन सकेको छैन । चोरी, लुटपाट, हत्या, अपहरणलगायतका आपराधिक गतिविधि शहरबासीका लागि सामान्य जस्तै भइसकेको छ । खेतीयोग्य जमीनमा बस्ती बस्ने क्रम जारी छ । सडक व्यवस्थापनका नाममा रुखविरुवा काटिँदा सडक आसपासको अवस्था उजाड बनेको छ । संरक्षणको अभावमा ऐतिहासिक महत्व बोकेका नदीनाला, पाटीपौवा, पानीका मुहानलगायत प्राकृतिक सम्पदाको अस्तित्व संकटमा छ । ३० लाखको हाराहारीमा सर्वसाधारण बस्ने राजधानी उपत्यकामा दैनिक ८ लाख जति सवारी ओहोर–दोहोर गर्छन् । विसं १९५८ मा राणा प्रधानमन्त्री वीर शमशेरले नेपालमा पहिलोपल्ट ‘हेटौँडा–भीमफेदी’ बाटो हँुदै काठमाडौँमा कार भित्र्याउँदा अहिलेको जस्तो विकराल अवस्थाको कल्पना गरिएको थिएन होला । तर, अहिले सडकले नै थाम्न नसक्ने सवारी साधन गुड्छन् । एक जना ट्राफिक प्रहरीले १४ सय मिटर सडकसम्म सवारी व्यवस्थापन गर्नुपर्छ । यस्तै ५ सय ८९ सवारी साधन तथा ३ हजार ५ सय २४ सर्वसाधारण एकजना ट्राफिक प्रहरीको भागमा पर्छन् । तिनलाई धान्ने पूर्वाधार निर्माण गर्न सरकारले सकेको छैन् । सडक मिचेर बनाइएका घर–टहरा भत्काउन सरकारले २०३३÷०३४ सालमै अधिग्रहण प्रयास थाले पनि २ वर्ष अघिबाटमात्रै यसले गति लिएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा अघि बढेको सडक विस्तार योजना सार्थक निष्कर्षमा अझै पुगेको छैन् । देशभर करिव १२ लाख सवारीसाधनमध्ये काठमाडौँ उपत्यकामा मात्रै ६ लाखको हाराहारीमा सानाठूला सवारी दर्ता छन् । अहिलेको पूर्वाधार क्षमता यी सवारीको चाप धान्ने सक्ने अवस्थामा छैन् । ती सवारी साधन गुडाउने क्षमताका न त सडक नै छन्, न त व्यवस्थापनका लागि पर्याप्त ट्राफिक जनशक्ति नै । सरकारी तथ्यांकअनुसार नै भित्री–बाहिरी गरी राजधानीको कूल १ हजार किलोमिटर सडक लम्बाइमध्ये ८ सय किमि सडकको अवस्था जीर्ण बनिसकेको छ ।
यातायात व्यवस्था विभाग, सडक विभाग, विद्युत प्राधिकरण, महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका, जिविस, गाविस, ट्राफिक प्रहरी, वातावरण मन्त्रालयलगायत ‘स्टेक होल्डर’ बीच अधिकार प्रत्यायोजन गर्ने विषयमा विवाद छ । यी निकायबीच समन्वय नहँुदा ट्राफिक नियम उल्लंघन गरेर सडकमै निर्माण सामग्री थुपार्ने तथा सवारी गुड्ने, सडक सर्वे नै नगरी बिजुली तथा टेलिफोनका खम्बा स्थापना र बिजुलीका तार÷जाली वितरण गर्ने क्रम जारी छ । सडकको भारबहन क्षमताभन्दा बढी तौलका सवारी साधन चलाउनु, जीर्ण बनेका सडकको मर्मत अभाव, अव्यवस्थित पार्किङ तथा जथाभावी चालक अनुमति–पत्र वितरण गर्नु ट्राफिक व्यवस्थापन तथा सफा र स्वच्छ  शहर निर्माणमा अवरोध निम्तिएको छ । जसका कारण गुडिरहेका सवारीसाधन बाटैमा बिग्रने, सवारी दुर्घटनाबाट भौतिक र मानवीय क्षतिका साथै सर्वसाधारणले अनावश्यक हैरानी खेप्नुपर्ने ट्राफिक प्रहरीको गुनासो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) केशवप्रसाद अधिकारी सुन्दर र व्यवस्थित सहर बनाउन सबैको साझा दायित्व रहनुपर्ने बताउँछन् । अधिकारी भन्छन्, “राजधानी काठमाडौँलाई सुन्दर र सफा सहर बनाउने जिम्मा सबै ‘स्टेक होल्डर’को हो, तर सबैले ईमान्दार भएर आ–आफ्नो जिम्मेवारी निर्वाह गरेको अवस्था छैन् ।” राजधानी हुन लायकको सहरमा पूर्वाधार विकासदेखि अन्य आर्थिक–सामाजिक संरचनाको अवस्था पनि मजबुद र प्रभावकारी हुनुपर्ने हो । तर, ‘सवारी जाम’ राजधानीवासीका लागि दैनिकी जस्तै बनेको छ । सडक सुरक्षार्थ बनाइएका बत्ती र डिभाईडर व्यवस्थित छैनन् । परम्परागत शैलीमा सवारी रुट ईजाजत र चालक अनुमति–पत्र वितरण गर्दासमेत राजधानीको सवारी व्यवस्थापन कठिन बन्न पुगेको छ । सवारीसाधन गुड्ने स्थानमा राखिएका विद्युतका खम्वा दुर्घटनाको कारण हुन पुगेका छन् । काठमाडौँ महानगरपालिकाका वरिष्ठ ईन्जिनियर उत्तरकुमार रेग्मी भूउपयोग नक्साको आधारमा भवन निर्माण नहुँदा राजधानी अव्यवस्थित हुँदै गएको बताउँछन् । २०५८ सालमा काठमाडौँमा भएको सार्क शिखर सम्मेलन यता उपत्यकाका सडकको पुनर्संरचना भएको छैन् । विश्वका राजधानीको हैसियत त के, एशियाली सडकको मापदण्डअनुसार पनि छैन् काठमाडौं सहर । राजधानीका मुख्य सडकको अवस्था एशियाली राजमार्ग हुनका लागि कालोपत्रे सडकको चौडाई नै कम्तीमा ७ मिटर हुनुपर्छ । काठमाडौँ उपत्यकाको सडक मर्मतका लागिमात्रै कम्तीमा १० अर्ब रुपैयाँ आवश्यक रहने विज्ञहरु बताउँछन् । तर, सरकारले वार्षिक मुस्किलले ३ अर्बको हाराहारीमा रकम विनियोजन गर्दै आएको छ ।

Related Posts

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

Discussion about this post

अन‌ि यो पनि

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
राजनीति

अनेमसंघ रत्ननगर नगर कमिटी गठन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न प्रथम विस्तारित भेलाले विरञ्जना घिमिरे...

Read more
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In