एक हजार ६०० मेगावाट विद्युत्

अन‌ि यो पनि

उत्पादनका लागि अनुमतिपत्र माग [divider]
काठमाडौँ । जलविद्युत् उत्पादनको अनुमतिपत्र लिए पनि लामो समयसम्म निर्माणको काम सुरु नगरेको भन्दै चर्को आलोचना खेपिरहेका निजी क्षेत्रका प्रवद्र्धकले उत्पादन अनुमतिपत्र लिन भने पछिल्लो दिनमा उल्लेखनीय चासो देखाएका छन् ।
यस वर्ष मात्रै निजी क्षेत्रका प्रवद्र्धकले सरकारबाट कुल ३८ वटा आयोजनाको उत्पादन अनुमतिपत्र मागेपछि सो कुराको पुष्टि भएको हो । मुलुकले चरम ऊर्जा सङ्कट व्यहोरिरहेको बेला चालु वर्षको सात महिनामा मात्रै करिब एक हजार ६०० मेगावाट क्षमता बराबरको उत्पादन अनुमतिपत्र पाऊँ भनी निजी क्षेत्रका प्रवद्र्धकले निवेदन दिएका छन् । विभागका अनुसार सर्वेक्षणको काम पूरा गरेर उत्पादन अनुमतिपत्र पाऊँ भनी निवेदन दिएका आयोजनाहरू अझै धेरै बढ्ने देखिएको छ ।
सर्वेक्षणको काम सम्पन्न गरेका जलविद्युत्् आयोजनाका प्रवद्र्धकहरूले सरकारसँग उत्पादनको अनुमति माग्ने क्रमलाई पछिल्ला दिनमा तदारुकता देखाएका कारण उल्लेखनीय सङ्ख्या देखिएको हो । सरकारले उत्पादन अनुमति मात्रै दिएका आयोजना निर्माण सुरु हुने हो भने मात्रै पनि आगामी चार वर्षभित्र मुलुकलाई विद्युत् भार कटौतीमुक्त मुलुकका रूपमा चिनाउन सकिन्छ ।
विद्युत् विकास विभागका अनुसार चालु वर्षको सात महिनासम्म मनाङमस्र्याङ्दी जलविद्युत् कम्पनीले २८२ मेगावाट क्षमताको राहुघाटको उत्पादन अनुमतिपत्र मागेको छ । पछिल्लोपटक अनुमतिपत्र माग गरेको आयोजनामध्ये यो सबैभन्दा ठूलो आयोजना हो ।
यसैगरी नौलो नेपाल हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको २६० मेगावाटको बूढीगण्डकी ‘ख’ र सोही कम्पनीले निर्माण गर्न लागेको १३० मेगावाटको बूढीगण्डकी ‘क’ले पनि अनुमतिपत्र मागेका छन् ।
विद्युत् विकास विभागका अनुसार यसै वर्ष उत्पादन अनुमति माग गर्नेे अर्को आयोजना हो माथिल्लो राहुघाट । तुदी पावरले निर्माण गर्न लागेको सो आयोजनाको कुल क्षमता ४८.५ मेगावाट रहेको छ । त्यस्तै श्वेतगङ्गा जलविद्युत् एन्ड पावर कम्पनीले निर्माण गर्न लागेको तल्लो लिखु पनि यसै वर्ष अनुमतिपत्र माग गर्ने अर्को आयोजना हो । सो आयोजनाको क्षमता २८ मेगावाट रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका ऊर्जा विभाग प्रमुख एवम् व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले निर्माण गर्न लाग्नुभएको माथिल्लो खुदीले पनि यसै वर्ष अनुमतिपत्र पाउने प्रतीक्षामा रहेको छ । सो आयोजनाको क्षमता २६ मेगावाट रहेको छ ।
विभागमा उत्पादन अनुमतिपत्र माग गर्ने अर्को आयोजना हो माथिल्लो मस्र्याङ्दी । अपर मस्र्याङ्दी हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजनाको क्षमता १३८ मेगावाट रहेको छ । यसैगरी धादिङ जिल्लाको गल्छीनजिक सिद्धकाली पावरले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजनाले पनि यसै वर्ष उत्पादन अनुमति पाऊँ भनी निवेदन दिएको छ ।
दिव्यज्योति जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको कुल ५० मेगावाट क्षमताको मस्र्याङ्दीबेसी जलविद्युत् आयोजनाले पनि यसै वर्ष विभागमा अनुमतिका लागि निवेदन दिएको छ । विभागका अनुसार पिपल्स हाइड्रोपावरले निर्माण गर्न लागेको सुपर दोर्दी ४९.६ मेगावाट, निलगिरि खोला जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको निलगिरि ३८ मेगावाटले पनि यसै वर्ष अनुमतिपत्र माग गरेका छन् ।
यस्तै तुदी पावरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी पनि यसै वर्ष अनुमतिपत्र पाउने अपेक्षामा रहेका छन् । विभागका सूचना अधिकृत गोकर्णराज पन्तका अनुसार विभागमा उत्पादन अनुमतिपत्र पाऊँ भनी कुल ८२ वटा आयोजनाले अनुमतिपत्र मागेका छन् ।
अनमुतिपत्र मागेका सबै आयोजनाको सूक्ष्म अध्ययन गरेर उत्पादन अनुमतिपत्र दिइन्छ । हालसम्म विभागले कुल ७६ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र दिइसकेको छ । ती आयोजनाको कुल क्षमता दुई हजार ३३ मेगावाट रहेको छ । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया