ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको निधन

by चितवन पोष्ट
२०७० मंसिर २२, शनिबार ०३:३८ गते
in विश्व
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । बिहीबार राति विश्वले एक राजनेता गुमाएको छ । दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता एवम् रङ्गभेदविरोधी विश्व आन्दोलनका प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको निधनमा विश्व शोकमग्न छ ।
बीसौँ शताब्दीको विश्व राजनीतिका एक शिखर पुरूषको रुपमा चर्चा कमाएका मण्डेला दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति हुन् । दक्षिण अफ्रिकामा अस्वेत जातिका विरूद्धमा व्याप्त रहेको विभेदको अन्त्यका लागि उनले गरेको सङ्घर्षले विश्वका अस्वेत जातिलाई राजनीतिक अधिकारको प्राप्तिका लागि अगाडि बढ्न र स्थापित गर्न निकै प्रोत्साहन गरेको छ ।
उनी विश्वमा रहेका अस्वेत जातिका नागरिकका लागि मात्र नभई प्रजातान्त्रिक आन्दोलनकै अग्रणी
थिए । उनले दक्षिण अफ्रिकामा प्रजातन्त्र र अस्वेत नागरिकको अधिकार स्थापना गर्न लागि आजीवन कारावासको सजाय पाएका थिए । उनी २७ वर्षसम्म जेल जीवन बिताएर रिहा भएको ४ वर्षमा नै दक्षिण अफ्रिकाका राष्ट्रपति भए ।
विश्व शान्तिका लागि नोवेल पुरस्कारसमेत प्राप्त गरेका दक्षिण अफ्रिकाका पहिलो काला जातिका राष्ट्रपति मण्डेलाको निधन भएको दक्षिण अफ्रिकाको राष्ट्रिय टेलिभिजनबाट त्यहाँका राष्ट्रपति ज्याकोब जुमाले गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका
छन् । विगतका केही महिनादेखि फोक्सोको सङ्क्रमणका कारण महिनादिनभन्दा लामो समय अस्पताल र त्यसपछि घरैमा उपचार गराइरहेका मण्डेलाको आफ्नै परिवारसँगै रहेको बेला आफ्नै निवासमा निधन भएको हो । मण्डेलाको निधनबारे जानकारी गराउँदा दक्षिण अफ्रिकी राष्ट्रपति जुमा पनि निकै भावुक देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले बताएका छन् ।
राष्ट्रपति जुमाले भनेका थिए, ‘हामी र हाम्रा सबैजना नागरिकले एक असल पिता गुमाएका छौँ, हाम्रो देशले एकजना सच्चा सपूत गुमाएको छ ।’ उनले आँखामा आँशु पार्दै सो मण्डेलाको मृत्युबारे सरकारी टेलिभिजनमा जानकारी गराएका
थिए । उक्त दृश्य अहिले पनि दक्षिण अफ्रिकी टेलिभिजनहरुले देखाइरहेका छन् । मण्डेलाको निधन भएको समाचार टेलिभिजनमा आउनासाथ त्यहाँका नागरिकहरु मण्डेला निवासमा जम्मा भएका थिए । उनीहरुले रुँदै कराउँदै मण्डेलको निधनप्रति दुःख मनाउ गरिरहेको जनाइएको छ । दक्षिण अफ्रिकी नागरिकहरुले आफ्नै पिताको निधन भएसरहको पीडाको अनुभूति गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मण्डेलाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने दक्षिण अफ्रिकी सरकारले जनाएको छ ।  दक्षिण अफ्रिकामा शुक्रबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ । देशमा राष्ट्रिय विदाको घोषणा गरिएको छ भने उनको अन्त्येष्टिका लागि
राज्य र सरकारले नै आ–आफ्नो हिसाबले पनि व्यापक मात्रामा तयारी गरिरहेका छन् ।
यता मण्डेलाको निधनले विश्व नै शोकमा डुबेको भन्दै उनको निधनप्रति शोक व्यक्त गर्न संयुक्त राज्य अमेरिकामा पनि झण्डा आधा झुकाइने बताइएको छ । उनलाई संसारकै र अमेरिकाका काला जातिका नागरिकका एकजना अभिभावकका रुपमा सो निर्णय गरिएको बताइएको छ । मण्डेलाको करिब तीन महिनादेखि नै आफ्नो घरैमा सघन उपचार कक्ष निर्माण गरी उपचार गरिएको थियो ।
सञ्चारमाध्यमहरुले भनेका छन्– ‘यस्तो अवस्थामा रहेकाले जुनसुकै बेला पनि उनको निधनको समाचारको अपेक्षामा त नागरिक थिए नै तर पनि सो समाचारले दक्षिण अफ्रिकी नागरिकमा सो निधनले
निकै ठूलो चोट पु¥याएको महसुश गरेका छन् ।’ उनको निवास अगाडि जम्मा भएका नागरिकले रुँदै भनिरहेका छन्– ‘अब हामीले यस्ता अभिभावक देशमा पाउने छैनौँ, उनको जस्तो योगदान बोकेर देशमा सायदै कुनै नेताले जन्म लेला ।’
दक्षिण अफ्रिकाका सबै रेडियो तथा टेलिभिजनहरुमा शोकधुन बजाइएका छन्, नागरिकले दुःखका गीत गाइरहेका छन् । कतिपय नागरिकले शोक धुन बजाउँदै मण्डेलाको योगदानका कविताहरु बाचन गरिरहेका छन् । मण्डेला निवास अघि रुँदै बसिरहेका एकजना युवाले भने– ‘आज सूर्य उदाइरेको छ र भोलि पनि उदाउला, तर पनि हिजोजस्तो सूर्य अब कहिल्यै उदाउने छैन, त्यस्तो पारिलो घामले अब हामीलाई कहिल्यै छुने छैन ।’
पटकपटक फोक्सोमा सङ्क्रमणका कारण उनलाई एक वर्ष यतामात्र पनि तीनपटक अस्पताल भर्ना गरिएको थियो । तीन महिनादेखि आफ्नै घरमा अचेत अवस्थामा जीवन र मृत्युको दोसाँधमा सङ्घर्षरत रहनुभएका उनले अन्ततः सधैँका लागि आँखा चिम्लिए ।
रङ्गभेद विरोधी आन्दोलनका अग्रणी मण्डेलाको स्वास्थ्य अवस्था सोमबारदेखि थप गम्भीर बन्दै गएपछि उनको निवासमा सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेतालगायत सर्वसाधारण नागरिकको ठूलो भीड लाग्ने गर्दथ्यो । उनी दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिभन्दा बढी राष्ट्रपिताका रुपमा सम्मानित छन्  । उनको स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति जुमाले केही महिना यतादेखि नै आफ्ना विदेश भ्रमणका कार्यक्रम रद्द गरेका थिए । अमेरिकी राष्ट्रपति बाराक ओबामा केही दिनअघि दक्षिण अफ्रिकाको भ्रमणमा रहँदा मण्डेला संसारकै प्रेरणाको स्रोत हुनुभएको उल्लेख गरेका थिए । शुक्रबार उनले सामाजिक सञ्जालमा मण्डेलालाई आफ्ना प्रेरणाका स्रोत भनी उल्लेख गरी श्रद्धासुमन व्यक्त गरेका छन् ।
मण्डेलाको निधनप्रति शोक सन्देशमा नेपालका राष्ट्रपति रामवरण यादवले श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै,मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दक्षिण अफ्रिकाका जनताहरुमा समवेदना प्रकट गरेका छन् ।  सत्ताइस वर्षसम्म काराबासको कठिन जीवन बिताई, राजनीतिमा सक्रिय भई, पाँच वर्षसम्म दक्षिण अफ्रिकाको राष्ट्रपति पदमा रही, अत्यन्त लोकप्रिय हुनुभएका त्यागी नेता मण्डेलाले ६७ वर्षसम्म देशसेवा गरेका थिए ।
रङगभेद नीतिविरुद्ध लामो युद्ध लडेर सफलता हासिल गरेको र दक्षिण अफ्रिकामा स्थायी शान्ति कायम गर्न अतुलनीय योगदान पु¥याएको भन्ने अभिव्यक्तिका साथ संयुक्त राष्ट्र सङ्घले उनको सम्मानमा १८ जुलाईलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको छ । काराबास मुक्त भएको तीन वर्षपछि मण्डेलालाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । विखण्डनतर्फ मुख हुन लागेको मुलुकलाई विस्तारै दृढताका साथ उनले सम्हाले । राष्ट्रको एकीकरणमार्फत् बलिष्ठ र नयाँ दक्षिण अफ्रिकाको सिर्जना गर्न उनको अतुलनीय भूमिका रहेको छ ।
सन् १९१८ जूलाई १८ का दिन पूर्वीय केपटाको मामेलोदी नामक एउटा सानो गाउँमा जन्मिएका मण्डेलाले कानुनमा स्नातक तहको शिक्षा हासिल गरेका थिए । केही वर्षसम्म वकालतको पेसा अपनाई, २६ वर्षको उमेरमा राजनीतिमा होमिई उनले सन् १९४४ मा अफ्रिकन नेसनल काङ्ग्रेस स्थापना गरेका थिए ।
सन् १९५६ मा उनीमाथि राष्ट्रविरूद्ध षडयन्त्र गरेको र राष्ट्रघात गरेकोजस्ता आरोप लगाइएको थियो । सन् १९६२ मा उनलाई गिरफ्तार गरी राष्ट्रिय सम्पत्ति ध्वंश गरेको र राष्ट्रलाई हानी पु¥याएको अभियोगमा पाँच वर्षको काराबास सजाय दिइयो । सन् १९६४ मा पुनः सङ्गीन आरोप लगाई आजीवन काराबासको सजाय सुनाइयो । दक्षिण अफ्रिकी शासकहरुले उनलाई सन् १९९० मा जेलमुक्त गरेका थिए । जनआन्दोलन चर्कँदै गई थेग्नै नसक्ने अवस्थामा पुगेकाले उनलाई मुक्त गरिएको
थियो । सन् १९९४ मा भएको पहिलो प्रजातान्त्रिक आमनिर्वाचनमा मण्डेलाले अत्यधिक बहुमत हासिल गरे र पहिलो दक्षिण अफ्रिकी अश्वेत राष्ट्रपति बने ।
एक कार्यकालपछि उनले त्यसपश्चात् भएको सन् १९९९ को आमनिर्वाचनमा उमेदवार भएनन् । अफ्रिकन नेशनल काङ्ग्रेसबाट अरुलाई नै अघि बढ्ने मौका दिए । आपूm संरक्षक नेताको हैसियतमा मात्र रहे ।
छयासी वर्षको उमेरमा सन् २००४ मा उनले सार्वजनिक जीवन र सक्रियताबाट सन्यास लिए । एचआईभी एड्सजन्य रोग लागेर सन् २००५ मा उनका एक छोराको मृत्यु भएपछि मण्डेलाले अफ्रिकी नागरिकहरुलाई खुलेर एड्सका बारेमा बोल्न प्रेरणा दिएका थिए । त्यसबखत अफ्रिकामा एड्स एउटा भयानक संक्रमणको रुपमा फैलिएको थियो । जीवनको अन्तिम समयमा विभिन्न पारिवारिक चिन्ता, पीडा, आरोहअवरोह बेहोर्न पर्दा उनी जीवनभर पारिवारिक सुखबाट विमुख भए । उनले आफ्नो जीवनकालमा तीन÷चारजना सन्तानको मृत्यको शोक खेप्नु परेको थियो ।

Related Posts

कोभिड–१९ बाट भारतमा १ लाख ५४ हजार बढीको मृत्यु

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

Discussion about this post

अन‌ि यो पनि

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार
प्रमुख समाचार

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

रत्ननगर । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका छ वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै हात्ती उपचार...

Read more
थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

सिडिओ भट्टराईको चितवन बसाइँ : ‘कहिले निर्मम त कहिले समन्वयकारी’

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In