चिसिएको चितवनलाई ततायो नेपथ्यले

अन‌ि यो पनि

चितवन, २२ मंसिर । नेपालको लोकप्रिय सांगीतिक समूह नेपथ्य व्याण्डका हरेक गीतहरु श्रोतामाझ लोकप्रिय छन् । सो व्याण्डका प्रमुख गायक अमृत गुरुङले प्रत्यक्ष गाएका गीतहरु सुन्न अहिले पनि श्रोता उत्तिकै इच्छुक हुन्छन् । आपूmले गाएको गीत सुन्न आतुर चितवनका श्रोतालाई गायक गुरुङले शुक्रबार रत्ननगरमा आयोजना गरिएको कार्यक्रममा सर्वाधिक रुचाइएका गीत मात्र सुनाएनन् दशकलाई नाच्न बाध्य पारे । उनका गीतमा दर्शकहरु झुलेका थिए ।
गुरुङले गीत गाउँदा दर्शकले उनीसँगै गीत गाएर नाच्दा नारायणी चलचित्र मन्दिरको माहोल संगीतमय बनेको थियो । गायक गुरुङले स्टेजमा गीतसँगै विद्यालयलाई बन्दमुक्त बनाउन र देशमा शान्ति स्थापनाको लागि सामुहिक संकल्प गर्न आग्रहसमेत गरेका थिए ।  नेपथ्य व्याण्डले अत्याधुनिक साउण्ड सिस्टमका साथ गीत गाउने भएकाले गीत तथा संगीतले पनि दर्शकलाई लोभ्याउने गरेको छ ।
‘शान्तिका लागि शिक्षा’ भन्ने नाराका साथ देशका ११ वटा प्रमुख सहरहरुमा सांगीतिक कार्यक्रम तय गरेको नेपथ्यले पहिलो श्रृंखला रत्ननगरबाट सुरु गरेको हो । दर्शकहरुले नेपथ्यको गीत सुन्ने धेरै दिन पछिको इच्छा पूरा भएको प्रतिक्रिया दिएका छन् । नेपथ्य व्याण्डका गीतहरु टेलिभिजनका हेरेको थिएँ, रत्ननगरकी गंगा महतले भनिन् प्रत्यक्ष हेर्ने धेरै दिनपछिको धोको आज आफ्नै आँगनमा पूरा भयो ।
उनले गायक अमृत गुरुङले गाएको गीत धीत मरुन्जेल सुनेको प्रतिक्रिया दिइन । सो व्याण्डका प्रमुख गायक अमृत गुरुङलाई सुरज थापालगायत शान्ति रायमाझीले मादल, निरज गुरुङले गिटार, सुविन शाक्यले बेस गिटार, धु्रव लामाले ड्रम बजाएर साथ दिएका थिए ।
अमृत गुरुङलगायतका कलाकारले छेक्यो छेक्यो देउराली डाँडा, रेशम…, भेडाको ऊनजस्तो, तालको पानी, गाउँ गाउँबाट उठलगायतका दुई दर्जन भन्दा बढी कर्णप्रिय गीत प्रस्तुत गरेका थिए । नेपथ्यको सांगीतिक कार्यक्रम हेर्न चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पञ्चकन्या उच्च माविको विज्ञान प्रयोगशाला निर्माण गर्नका लागि सो कार्यक्रम गरिएको कार्यक्रम संयोजक डा. विजयराज न्यौपानेले बताउनुभयो । ६ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको सो कार्यक्रमको स्थानीय आयोजकमा रोटरी क्लब अफ रत्ननगर, रोट्रयाक्ट क्लव अफ रत्ननगर, रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिका रहेका थिए । १ हजार, ५ सय र ३ सयका ६ सयवटा टिकट बिक्रीबाट ४ लाख १० हजार संकलन गरिएको र खर्च कटाएर बाँकी रहेको दुई लाख भन्दा बढी रकम विद्यालयलाई हस्तान्तरण गरिने रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष बुद्धराम जोशीले बताउनुभयो ।
नेपथ्यको कार्यक्रम सवै बर्गले हेर्नुपर्छ भन्ने मान्यताका साथ असहाय, अपाङ्ग, दलित पिछडिएका तथा आदिवासीलगायतका २६ जना सरकारी विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क हेर्ने व्यवस्था मिलाइएको थियो । कार्यक्रम संयोजक रोटरी क्लव अफ रत्ननगरका पूर्वअध्यक्ष तथा डा. विजयराज न्यौपानेको अध्यक्षतामा भएको उद््घाटन कार्यक्रममा गायक अमृत गुरुङले द्वन्द्वका बेला पढनबाट बचित भएका झण्डै ४० हजार बालबालिकालाई उनीहरुको पढन पाउने अधिकार दिलाउन नेपथ्यका संगीत यात्रा केन्द्रित रहेको बताउनुभयो ।
चार महिनाअघि लन्डनको बेम्बली एरिनामा कन्सर्ट दिएर एउटा उपलब्धि बनाउन सफल सांगीतिक ब्याण्ड नेपथ्यले रत्ननगरपछि छुट्टाछुट्टै मितिमा   मोरङ, झापा, सर्लाही, कपिलवस्तु, बर्दिया, दाङ, तनहुँ, म्याग्दी, कास्की र काठमाडौँमा सांस्कृतिक कार्यक्रम गर्दैछ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया