ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खानेपानीको पाइप फुटेपछि उपभोक्ता प्रभावित

by चितवन पोष्ट
२०७० मंसिर २२, शनिबार ०३:२५ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । भरतपुर–२ क्षेत्रपुरस्थित त्रिमार्ग नजिकै फुटेको खानेपानीको पाइप महिनौँ हुँदा पनि बन्न सकेको छैन् । ‘झण्डै एक वर्ष भयो भयो पानीको पाइप फुटेको । पटक–पटक भनिँयो तर टेरपुच्छर लगाउँदैनन्’, स्थानीय गौतम जोशीले भन्नुभयो, ‘पानी जमेर समस्या छ । सुनुवाइ नहुँदा दुःख लागेको छ ।’
पछिल्लो समय भरतपुर खानेपानी बोर्डअन्र्तगत वितरित खानेपानीका पाइप यसरी नै फुट्दा पनि यसको मर्मतसुधार हुन सकेको पाइँदैन । अहिले दर्जनौँ स्थानमा पानीका पाइप फुटेका भए पनि त्यसको मर्मत हुन नसकेको गुनासो सर्वसाधारणले गर्न थालेका छन् ।
बोर्डअन्र्तगत अहिले ४२५ किलो मिटर खानेपानीको पाइप लाइन छ । जसमध्ये पोलिथिनका पाइप ३०० मिटर पर्छ । पोलिथिनको पाइप सजिलै फुट्ने भएकोले पनि समस्या भएको हो । ‘जाडो महिना लागेसँगै पाइप खुम्चने सम्भावना हुँदा बढी फुट्न जान्छ’, बोर्डका प्राविधिक रामप्रसाद दवाडीले समस्या बढेको स्वीकार्दै भने, ‘कर्मचारी थोरै हुँदा पनि कार्यालयलाई मर्मतका लागि समस्या भएको छ ।’ तर, वषौँदेखि मर्मत हुन नसकेको भन्ने कुराचाहिँ गलत भएको उनको भनाइ छ ।
‘साउन यतामात्रै भरतपुर नगरपालिकाका ३६२ स्थानमा मुख्य पाइप र ५९२ ग्राहकको पाइप फुटे’, दवाडीले थपे, ‘उजुरी दिएकामध्ये धेरैजसो मर्मत भइसक्यो । अव त्यस्तै २५ स्थान जतिमा मर्मत हुन बाँकी होला ।’
यसरी पाइप फुटेर लामो समयसम्म मर्मत नगरिँदा त्यसले मानवीय स्वास्थ्यमासमेत प्रभाव पार्न थालेको छ । ‘पाइप फुटेको स्थानबाट बाहिरी फोहोरको संक्रमण पानीमा जान्छ र त्यो पानी सोझै मानिसले खाँदा त्यसले विभिन्न महामारीका रोगहरु लाग्न सक्छ’, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक ईश्वरीप्रसाद अधिकारीले भने, ‘पानी जमेको स्थानमा लामखुट्टे बढ्ने हँुदा लामखुट्टेका कारण हुने रोगहरु पनि संक्रमणका रुपमा हुन सक्छ ।’
भरतपुर–२ क्षेत्रपुरका गौतम जोशीलाई यही वर्ष डेंगु लाग्यो । उनी भन्छन्, ‘मलाई डेंगु लागेको पनि यही जमेको पानीका कारण हुन सक्छ । मलाई त डेंगु भयो, अव अरुलाई नहोस् भन्नका लागि पनि यो फुटेको पाइप मर्मत हुनुपर्छ ।’
यसरी फुटेका पाइप अधिकांश एशीयाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित शहरी विकास तथा वातावरणीय सुधार परियोजनाअन्र्तगत निर्माण भएका पाइप हुन् ।
‘परियोजनाले अधिकांश पोलिथिन पाइप जोड्यो अनि बढी फुटिरहेको छ’, एक प्राविधिकले भने । पोलिथिनको पाइप जाडोमा खुम्चने र गर्मीमा तन्कने समस्या हुन्छ । जुनबेला पाइप फुटेर पानी चुहिने समस्या हुन्छ । अझै कमजोर पाइप रहेका बेला पानीको चाप बढी परेपछि त झनै पाइप फुट्ने सम्भावना बढेको बताइन्छ ।
भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेल पाइप फुट्ने समस्या भए पनि लामो समयसम्म जम्ने गरी पाइप मर्मत नभएको भन्ने मान्न तयार छैनन् । ‘डेंगु हुने गरी पानी जमाएर पाइप मर्मत गरिएन भन्ने कुरा गलत हो’, उनले भने, ‘उजुरी आएका सबै क्षेत्रको मर्मत भइरहेको छ ।’ क्षेत्रपुरकै फुटेको पाइप पनि असारमा पछिल्लोपटक मर्मत गरिएको जनाउनुुहँुदै उहाँले त्यसपछि त्यो पाइप फुटेको भन्ने कार्यालयमा जानकारी नै नआएको उनको भनाइ थियो ।
‘पानीको लागि पाइप विस्तार बढ्दो छ । तर, मर्मतका लागि कर्मचारीको संख्या ज्यादै न्यून छ’, उनले चितवनपोष्टसँग भने, ‘अव बोडले प्राविधिक कर्मचारीको संख्या बढाउने योजना ल्याइरहेको छ । जहाँ पाइप फुट्छ खबर आउने वित्तिकै मर्मत गर्ने गरी हामी तयारीमा हुन्छाँै ।’

Related Posts

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In