भरतपुर । बालश्रमिकका परिवारलाई आयआर्जनका लागि विभिन्न संस्थाहरुले शुक्रबार सहयोग गरेका छन् । भरतपुर नगरपालिकाको सहयोगमा दियालो परिवारद्वारा सञ्चालित कार्यक्रमअन्र्तगत १७ जना बालश्रमिकका परिवारलाई सहयोग गरिएको हो ।
कार्यक्रममा बालश्रमिकका परिवारलाई उनीहरुको ईच्छाअनुसार फलफूल व्यवसाय, चटपट व्यवसाय, पशुपालन, चिया पसललगायतका व्यवसाय सञ्चालनका लागि आवश्यक सामानहरु उपलब्ध गराइएको थियो । कार्यक्रममा बालश्रमिक बालबालिकामध्ये ५ जनालाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको थियो ।
भरतपुर नगरस्तरीय बालमैत्री समितिकी सदस्य भगवती पौडेल र पत्रकार बसन्त पराजुलीले सयुक्त रुपमा उक्त सामग्री वितरण गर्नुभएको हो । आयआर्जनका लागि १५ हजार रुपैयाँ बराबरको सहयोग र शैक्षिक सहयोगअन्र्तगत तीन हजार पाँच सय रुपैयाँ बराबरका पाठ्य पुस्तकका सामान उपलब्ध गराइएको थियो । कार्यक्रम दियालो परिवारका कार्यक्रम निर्देशक राजगोविन्द शिल्पकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post