भरतपुर । सामाजिक परिवर्तन केन्द्र भरतपुर–७ ले २६ औँ विश्व एचआइभी तथा एड्स दिवसको अवसरमा विद्यालय स्तरीय एचआइभी एड् सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लिटिलस्टार इङ्लिस बोडिङ स्कूल, राष्ट्रिय मावि कृष्णपुर, शरदपुर उमावि, भरतपुर उमावि, कन्या मावि, नारायणगढ, भानुभक्त उमावि र चितवन उमाविका ५१३ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सुविन्द्रा केसी र तुलसी गुरुङले सहजकर्ताको भूमिका निभाउनु भएको थियो । सचेतना अभियानलाई निरन्तरा दिँदै जाने र आगामी दुई वर्षभित्र ९१ वटा माध्यमिक विद्यालयहरुमा एचआइभी एड्स सम्बन्धी सचेतना कार्यक्रम गरिने नेत्र पौडेलले बताउनुभयो ।
यसैबीच, जिल्ला एड्स समन्वय समिति चितवनले शुक्रबार भरतपुरमा एचआईभी सङ्क्रमण न्युनीकरणको लागि युवा पुस्ताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । २६ औँ विश्व एड्स दिवसको अवसरमा एचआईभी संक्रमण भेदभाव र एड्सबाट हुने मृत्युलाई सून्यमा पु¥याऔँ भन्ने मूलनाराका साथ गरिएको कार्यक्रममा भरतपुरका चार कलेजका विद्यार्थीको सहभागिता रहेको थियो ।
कलेज अफ हेल्थ साइन्स, बोस्टन एकेडेमी फर साइन्स कलेज, आशा नर्सिङ कलेज र भरतपुर अस्पतालका विद्यार्थीहरुकोे सहभागिता रहेको थियो । आठ विद्यार्थी सहभागिता रहेको सो कार्यक्रममा स्कूल अफ हेल्थ साइन्सका छात्र प्रकाश पन्थी प्रथम हुनु भएको छ । त्यस्तै दोस्रो, तेस्रो र सान्तवना क्रमशः स्कूल अफ हेल्थ साइन्सकी छात्रा शान्ति आचार्य, बोस्टन एकेडेमी फर साइन्स कलेजकी छात्रा अस्मिता चापागाई र बोस्टन एकेडेमी फर साइन्स कलेजकी छात्रा प्रतिमा क्षेत्री हुनु भएको छ । स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका दुर्गादत्त चापागाई निर्णायक हुनुहुन्थ्यो ।
Discussion about this post