ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

फुर्सदका कुरा : चौबिसेहरुको बोलबाला

by चितवन पोष्ट
२०७० मंसिर २१, शुक्रबार ०३:०७ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

केशव भट्टराई
यो युग विज्ञापनको हो । अहिले विज्ञापनको बढ्दो होडले गर्दा पिठो चामलमा परिणत भइरहेको छ भने चामल पिठोमा घटुवा भएको छ । विश्वबजार नै यस्तै छ । जुन वस्तुको ज्यादा विज्ञापन हुन्छ, त्यो अरु वस्तुको तुलनामा बढी बिक्री हुन्छ । विज्ञापनले गर्दा हाम्रो रूचि, चाहना र ध्यान नै मोडिदिएको छ । एउटै विशेषताको वस्तु पनि हामीलाई उस्तै लाग्न छोडेको छ । तर, याद राख्नुपर्ने कुरो के छ भने युग विज्ञापनकै भए पनि, प्रविधिजति नै आधुनिक भए पनि सुन सुन नै हो, पित्तल पित्तलै हो । नचिन्नेलाई पित्तललाई सुन भनेर बिक्री गरे पनि त्यसको गुणस्तर मापन गर्दा पित्तल पित्तलै हुन्छ, सुन हुन सक्तैन । कसैले मिसावट गरिहालेछ भने पनि कालान्तरमा त्यो सुन बन्दैन । यसरी बिक्री गरिनु सरासर ठगी हो । बेइमानी हो । महापाप हो । त्यसैले सकिन्छ, चौबिस क्यारेटकै सुन बिक्री गरौँ, नत्र चौबिस जोडेर व्यवसाय नगरौँ ।
कुरा पित्तल र सुनको होइन, यो त एउटा उदाहरण मात्र हो । अहिले मिसावट केमा छैन र कहाँ छैन ? ठगी कहाँ छैन र कहाँचाहिँ छैन ? मात्र धेरथोरको कुरा हो । झिनामसिना कुराहरुमा अहिले हाम्रो ध्यान जानै छाडेको छ । तर, गहिरिएर विचार ग¥यो भने जहाँतहीँ ठगी भइरहेको छ । कसैले हाकाहाकी ठग्छन्, कसैले छेउछाउबाट ठग्छन् । ठगीको परिमाण र मात्रामा फरक हो । उही भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो भएजस्तै ठगी पनि घटाउन नसकिएको मात्र हो । यो भ्रष्टाचार भन्ने कुरा, अनियमितताको कुरा सबै ठाउँमा लागू हुन्छ भने हामी सबै भ्रष्टाचारी हौँ । हामी सब ठग हौँ । यो सिद्धान्त लागू आफैँबाट र आफ्नै परिवारबाट सुरू गर्ने हो भने पारदर्शिताको कुरा, नैतिकताको कुरा, अधिकारका कुरा अनि अनियमितताको कुरा अगाडि आउँछ । अनि एउटा न एउटा अपवादबाट कोही पनि अछूतो रहन सक्तैन । पदीय दुरूपयोग, सम्पत्तिको दुरूपयोग, श्रम र समयको दुरूपयोग पनि भ्रष्टाचारभित्रै पर्दछन् । अनि को छूतो को अछूतो ?
अब लागौँ विषयवस्तुतर्फ । आजभोलि आकर्षक विज्ञापनको होडले गर्दा कुनै पनि क्षेत्र अछूतो छैन । सबैलाई वित्त बजार र व्यवसाय चलाउनुछ । त्यो चाहे सेवामुखी होस्, चाहे उपभोगमुखी नै किन नहोस् । मानवीय सेवामा समर्पित भनेर नितान्त व्यापार गर्दै आएका औषधि तथा अस्पताललाई नै लिऊँ । त्यहाँ लेखिएको हुन्छ– २४ सै घन्टा उपचारसेवा । तर, उपचारसेवा त परै जाओस्, औषधि सेवा पनि उपलब्ध हुँदैन । कतिपय निजी तथा सामुदायिक अस्पतालहरुले विनासित्तिका बोर्ड झुन्ड्याएर ‘चौबिसै घन्टा आकस्मिक सेवा’ लेख्न छुटाउँदैनन् । बेलुका सात बजे नै त्यस्ता अस्पतालहरु बन्द भैसकेका हुन्छन् । बिरामीहरु ठूलो आशा लिएर त्यस्ता सेवामुखीकहाँ पुग्छन्, अनि खिन्न बनेर फर्किन्छन् । चितवन जिल्लामा त यो हबिगत छ भने अरु जिल्लामा के हाल होला ? मेडिकल सिटीको नामले चितवन चर्चित छ । यहाँ सय मिटरको फरकमा  एउटा मेडिकल खुल्नमात्र बाँकी होला । तर, आवश्यक परेका बेला बिरामीलाई सदरमुकाम नै पु¥याउनुपर्छ । सर्जरी सेवादेखि सुत्केरी सेवासम्म गराउने हस्पिटलहरु यसरी सम्साँझै बन्द हुँदा सेवाग्राहीलाई कसरी चौबिसै घन्टा सेवा उपलब्ध भयो ? आपत्कालीन अवस्थामा फोन गर्दा कहिल्यै यस्ता अस्पतालहरुका फोन उठ्दैनन् ।
विज्ञापनमा भने ‘ट्रमा सेन्टर’ नै लेखिएको हुन्छ । ट्रमा सेन्टर भनेको जस्तोसुकै सडक तथा अन्य दुर्घटनामा परेका घाइतेहरुलाई इमर्जेन्सी उपचारसेवा तत्काल प्रदान गर्नु हो । त्यसका लागि आवश्यक पर्ने जनशक्ति र साधनस्रोत उपलब्ध हुनु हो । फस्ट एडको काम गर्ने र सामान्य शल्यक्रियाका लागि पनि अन्यन्त्र रिफर गर्ने अस्पतालहरुले ‘२४ घन्टे सेवा’ लेखेर चिकित्सा क्षेत्रकै बद्नाम गरिरहेका छन् । अस्पताल कमाइ गर्ने एकमात्र सुरक्षित व्यवसाय हो । पैसा तिर्नेहरुका लागि मात्र यो व्यवसाय सेवा हो, नत्र मानवीय सेवा गर्ने संस्था भन्न नमिल्ने अवस्था छ । अझ व्यापार व्यवसाय बढाउन कतिपयले वरिष्ठ डाक्टरहरुको नाम भजाइरहेका हुन्छन् । मानौँ स्त्रीरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नसा रोग विशेषज्ञ, बालरोग विशेषज्ञका नामले ठूला–ठूला होर्डिङबोर्डहरु सिंगारिएको हुन्छ । उस्तैपरे टिकटसमेत काटेर बिरामीको ताँती लगाइन्छ र अर्को एबीसी डाक्टरबाट परीक्षण गराइन्छ । किन फलानो डाक्टरसाप आउनुहुन्न ? भनेर सोध्यो भने उहाँ पनि विशेषज्ञ डाक्टर हुनुहुन्छ । उहाँ आउन सक्नुभएन भनेर जवाफ दिने गरिन्छ । कतिपय बिरामीहरु डाक्टरको नामकै लागि महिनौँदेखि टिकट काटेर कुर्छन् । तर, अन्तिममा निराश बनाएर पठाउँदा न्याय हुन्छ कि अन्याय ? सम्बन्धित व्यवसायीहरु नै जानून् ।
अस्ति भर्खरकै कुरा हो, एक जना मित्रले ठूलाबालाई जँचाउन हेटौँडादेखि भरतपुर आएका थिए । एक हप्ताभित्रै टिकट शुल्क बढेको सुनेर उनले सोधिहेरे, अस्ति भर्खर यति शुल्क बुझाएको अहिले यति कसरी ? टिकट काउन्टरकी सिस्टरले कड्किएर भनिन्– तपाईं कहाँबाट आउनुभएको ? बजारमा ४० रूपैयाँको प्याजको मूल्य एक सय बीस पुगिसक्यो । जाँच फिसचाहिँ सधैँ उस्तै हुन्छ ? उनी फिस्स हाँसेर शुल्क बुझाए । भनेपछि आलुप्याज वृद्धि भएपछि जाँच फिस पनि बढ्ने रहेछ । आलुप्याजको मूल्य घट्दाचाहिँ जाँच फिस पनि घट्छ कि घट्दैन होला ? यसको उत्तरचाहिँ ती युवतीले दिइनन् । मुलुकभर महँगी बढेर आकाश छोएका बेला जाँच फिसको कुरा ग¥यो भनेर भन्नुहोला । अहिले सर्वसाधारणलाई सबैभन्दा ठूलो चिन्ता नै जाँच फिसकै छ । पहिलो समस्या जाँच फिसकै हो । अनि, औषधि फिस । त्यो पनि ठाउँअनुसार फरक–फरक हुन्छ । दैनिक उपभोग्य सामग्री त इच्छाअनुसार खाए पनि भो । थोरै खाए पनि भो । औषधि नखाऊँ, पछि खाऊँला भनेर हुँदैन । ५० रूपैयाँ किलो टमाटर छ भने बार्गेनिङ गरेर ४० मा देऊ भन्न सकिन्छ । तर, औषधिमा कसैले बार्गेनिङ गर्दैनन् । गरे पनि घटाएर पाउँदैनन् । बरू, बिरामी औषधि किन्न सके खान्छ, किन्न नसके मर्छ । यही सिद्धान्त नै मानवीय सेवा हुन्छ ।
इमर्जेन्सी सेवाका लागि चौबिसै घन्टा हाजिर हुने भनेर सञ्चालन गरिएका एम्बुलेन्सले रातको समयमा सेवा दिन सकेका छैनन् । एम्बुलेन्सका अफिस तथा अस्तपालका फोन नउठ्ने समस्या त छँदैछ । एउटा नम्बरमा फोन ग¥यो अर्कोको नम्बर दिने, अर्कोमा ग¥यो बाहिर छु भन्ने चलन यथावतै छ । इमर्जेन्सी भनिए पनि कतिपय एम्बुलेन्स धकेल्नु पर्ने अवस्थाका छन् । मेरै छिमेकीले एम्बुलेन्सभन्दा त भाडाको कार नै जाती भनेर बिरामीलाई भाडाकै कारमा लैजाने गरेका रहेछन् । कुरा बुझ्दा त एम्बुलेन्सले भन्दा पनि सस्तो मूल्यमा कारले अस्पताल लगिदिने गरेको रहेछ । आरामले जान पनि पाइने, सफामा सफा पनि, भाडा पनि सय रूपैयाँ सस्तो । यस्तो सुविधा पाएपछि एम्बुलेन्सको टन्टा किन लिनुप¥यो ? एम्बुलेन्समा अक्सिजन राखिने चलनै हराइसक्यो । भाडामा छ्यासछ्र्यास्ती निजी कार प्रयोग हुन थालेपछि एम्बुलेन्सको विकल्प त यस्ता साधनले पो दिन थालेछन् । बरू, निजी वा भाडाका कारमा यस्तो पनि लेख्ने हो कि ‘चौबिसै घन्टा हाजिर हुने निजी एम्बुलेन्स सेवा ।’
प्रविधिको चमत्कारलाई कसैले नकार्न सक्दैन । तर, काम पर्दा त्यही प्रविधिको भर पनि पर्न नहुने रहेछ । विज्ञापनको र प्रतिस्पर्धाको होडले चितवनमा बैंकहरुको उपस्थिति यथेष्ट छ । यहाँमात्रै होइन, बैंकको जहाँ पनि उस्तै प्रतिनिधित्व छ । र, बैंकसँगै चौबीसै घन्टा सेवा दिने एटीएम मेसिनहरुको ताँती पनि घरघरमा देख्न पाइन्छ । तर दुर्भाग्य, चौबिसै घन्टा सेवा दिने यस्ता एटीएम काउन्टरहरु बजारभन्दा चाँडै नै निदाउँछ । कहीँ, कतै जाग्राम भइहालेछ भने पनि ‘नो सर्भिस’, ‘नेटवर्क बिजी’ जस्ता रेडिमेड म्यासेजहरु स्क्रिनमा देख्न पाइन्छ । एटीएम कार्ड देखाउन बनाइएको हुँदैन । पर्समा राख्न रहर लागेर मात्र पनि लिइएको हुँदैन । आवश्यक पर्दा, इमर्जेन्सी पर्दा काम लागोस् नै भनेर बोक्ने हो । तर, संकट पर्दा कहिल्यै यसले काम गर्दैन । कतिपय ठाउँमा त सम्साँझै बन्द हुन्छ । कतै खुलिहाले पनि ‘एनी टाइम मनी’ यसले दिँदैन । भन्नलाई चाहिँ भनिएको हुन्छ, २४ घन्टा एटीएम सेवा । अटोमेटिक ट्रेलर मेसिनको भर पर्दा कति ठाउँमा झन्डै रूवाबासी गराएन । अब त यो चौबिस भन्ने शब्ददेखि नै एलर्जी हुन थालेको छ । अनि सेवाको नाम बेचेर नितान्त व्यापार गर्नेहरुलाई भन्न मन लाग्छ– व्यापार गरेर जति लुटे पनि लुट, तर सेवा भन्ने शब्दको चाहिँ अवमूल्यन नगर ।
सेवासहित कहिल्यै पनि व्यापार गरिँदैन । सर्तसहितको मायाप्रेम नभएजस्तै २४ घन्टा झुन्ड्याएर आमजनता नठगियोस् । २४ क्यारेट सुन भनेर पित्तल नमिसाइयोस् । अस्पताल तथा औषधि पसलमा समेत २४ सै घन्टा सेवामा भनेर नझुक्याइयोस् । अब हप्तामा सातैदिन भनेर पनि कसैले पत्याउनेवाला छैन । अन्य व्यवसायमा जस्तो शनिबारसमेत औषधि पसल बन्द हुनु भनेको यो व्यवसाय पनि अन्यसरह नै हो, अर्थात् पैसा देऊ, सामान लेऊ । चौबिसेहरुको अहिले बोलबाला छ । हिजो छत्तिसेहरुको थियो, आज चौबिसेहरुको छ । भोलि छब्बिसेहरुको हुनेछ । जनताको केही हुनेवाला छैन । सेवा नजोड्नेहरुको व्यापारको पनि भर छैन । कि कसो हो, पाठक महोदय ?

Related Posts

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

Discussion about this post

अन‌ि यो पनि

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल
समाज

आर्थिक अभावमा रक्त क्यान्सरका बिरामी, सहयोग गरिदिन परिवारको अपिल

भरतपुर । भरतपुर महानगरपालिका वडा नं १० स्थित कोठाभाडामा बस्दै आएका ५४ वर्षका गुणराज पौडेल अहिले क्यान्सर रोगसँग लडिरहेका छन्...

Read more
अनुशासनका लागि भन्दै विद्यार्थीको कपाल मुण्डन

अनुशासनका लागि भन्दै विद्यार्थीको कपाल मुण्डन

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

पूर्वप्रहरी संगठन चितवनको साधारण सभा

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In