सहमतिबाट संविधान बनोस् ः एमाओवादी अध्यक्ष

अन‌ि यो पनि

जनकपुरधाम । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको अभिन्न अङ्ग संविधान भएकाले सहमतिबाट संविधान बनोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ ।
सिरहा जाने क्रममा बिहीबार जनकपुर आइपुग्नु भएका अध्यक्ष दाहालले जनकपुर विमानस्थलमा रासससँग कुरा गर्दै संविधान बनाउन आवश्यक वातावरण बनाउन जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘सम्पन्न संविधानसभा निर्वाचनलाई विश्वसनीय बनाउने हो भने आयोग गठन गरी शङ्का उठाइएका ठाउँहरुको छानबिन गराइनुपर्छ ।’ एक अर्को प्रश्नमा उहाँले भन्नुभयो, ‘असहज र अस्वाभाविक खालको निर्वाचन परिणामको छानबिन गर्न एउटा आयोग बनोस् भन्नेबारे दलहरुबीच कुरा भइरहेको छ ।’ उहाँले राष्ट्रपति फेर्नेबारे आफूहरुले विषय प्रवेश नगरेको स्पष्ट पार्नुभयो ।
उहाँले राज्यको उपेक्षाको शिकारले जनकपुर पछाडि परेको बताउँदै  सरकारले एकीकृत योजना ल्याएर पशुपतिनाथ, लुम्बिनी र जनकपुरलाई जोड्न सके नेपालको आर्थिक विकास चाँडो हुनेछ भन्नुभयो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया