रमाकान्त शर्मा
हरेक क्षेत्रको विकास मानवीय चेतना, सोचाइ, क्षमता र दक्षतामा भर पर्दछ । समुदायका व्यक्तिहरुको चेतनाको विकास नभएसम्म न त आधारभूत आवश्यकताको परिपूर्ति गर्न सकिन्छ, न त वातावरण संरक्षण र दिगो विकास नै सम्भव छ । मानवीय चेतनाको विकास गर्न शिक्षाको आवश्यकता पर्दछ । शिक्षाको सुरूवात साक्षरताबाट हुन्छ ।
विकसित समाजहरुले जहिलेदेखि अध्ययन, चिन्तन, मनन्, शिक्षादीक्षालाई मह¤व दियो, त्यतिबेलैदेखि अन्य क्षेत्रको विकास सुरूवात भयो । चाहे १४औँ शताब्दीतिर युरोपमा भएको पुनर्जागरण अभियान होस्, चाहे अमेरिका, जापान र चीनको विकास होस्, सबै शिक्षामा भएको जागरण र सुधारबाट नै सम्भव भएका थिए । हाम्रा विकासका प्रयासहरु सफल नहुनुमा हामो शिक्षा पनि जिम्मेवार छ । जिल्लाहरुलाई खुला दिसामुक्त क्षेत्र घोषणाका लागि निकै स्रोत र साधन खर्च गरिएको छ । कतिपय जिल्ला खुला दिसामुक्त घोषणा पनि गरिएको छ, तर घोषणा गरिएका जिल्लाहरुमा पनि हतारमा भयो, सफल हुन सकेन भन्ने गरिन्छ । शौचालय नहुनु एउटा कुरा हो, भएका शौचालय प्रयोग नहुनु चेतनाको कमीको कारण हो । पक्कै हाम्रा विकास निर्माणका कुराहरु, वातावरण संरक्षणका कार्यहरु सफल नहुनु, भएका पनि संरक्षण नहुनु, दिगो नहुनु, लगानी खेर जानु सबै समुदायमा चेतनाको अभावको कारणले नै हो । शौचालयमा दिसापिसाब गर्नुपर्छ भन्ने चेतनाको विकासबिना खुला दिसामुक्त समाज सफल हुन सक्दैन । शिक्षाको माध्ययबाट समुदायको चेतनामा विकास गर्न सकेमा खुला दिसामुक्त समाज मात्र होइन, पूर्ण सरसफाइयुक्त समाज निर्माण गर्न पनि सजिलै सकिन्छ ।
वि.सं. २००७ सालतिर २ प्रतिशत साक्षर भएको नेपालको साक्षरता दर २०६८ को जनगणना मा ६५.९ पुगेको देखिएको छ । यो त सफलता नै मान्नुपर्दछ । तर, तत्कालीन समयमा त्यति नै प्रतिशत साक्षर भएका अन्य मुलुकहरुले अहिले आएर ९० प्रतिशतको हाराहारीमा साक्षरता दर सफल भएको तुलनामा हाम्रो देशको साक्षरता दर निकै कम हो । यस क्षेत्रमा राष्ट्रले गरेको लगानीको तुलनामा साक्षरता दरमा भएको सफलता निकै कम हो ।
२०६८ को जनगणनाले चितवन जिल्लाको साक्षरता दर ७७ प्रतिशत देखाएको छ । अन्य जिल्लाको तुलनामा चितवन जिल्लाको साक्षरता दर राम्रो देखिए पनि एक्काइसौँ शताब्दीमा चितवनजस्तो जिल्लामा पनि २२ प्रतिशत जनसंख्या निरक्षर छन् भन्नु सुखद कुरा होइन । नेपाल सरकारले सन २०१५ सम्म सबै नागरिकलाई साक्षर बनाउने लक्ष्यका साथ गत आवदेखि साक्षर नेपाल अभियान सञ्चालनमा ल्याएको छ । त्यसै अभियानअन्तरगत चितवनमा गत वर्ष १५ हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यका साथ साक्षर चितवन अभियानको थालनी गरिएको थियो । गत वर्ष गरिएको प्रयास झन्डै १३ हजार ५०० जना निरक्षरलाई साक्षर बनाउन सफल भयो । ५ गाविस र नगरका २ वडालाई साक्षर गाविस र वडा घोषणा गर्न सकियो । गत आवमा बजेट र कार्यक्रम ढिला आएको कारण कार्यक्रमको तयारी कम भयो, अभियानका रुपमा लैजान गर्नुपर्ने धेरै कार्यहरु गर्न सकिएन । सबै पक्षको जति सहभागिता र सहयोग हुनुपर्ने हो, त्यो हुन सकेन । त्यति हुँदाहुँदै पनि गत वर्ष साक्षर चितवन अभियानको अवधारणा–पत्र र कार्ययोजना पारित भए । सबै दलहरुले साक्षर चितवन अभियानमा प्रतिबद्धता जनाए । शिक्षकका पेसागत संघसंगठनहरुले साक्षर चितवन अभियानमा समर्थन गर्दै सफल पार्न सहयोग गर्ने निर्णय गरे । गत वर्षमा केही कमीकमजोरी भए पनि केही सिकाइ पनि प्राप्त भए । अनौपचारिक शिक्षा केन्द्रले साक्षर अभियान सफल पार्ने तीन जिल्लालाई गरेको सम्मानमा चितवन पहिलोमा प¥यो । यसको अर्थ हामीले गरेका कार्यहरु अन्य जिल्लाको तुलनामा सफल ठहरिए ।
हामीसँग अझै ४४ हजार जनसंख्या निरक्षर छन् । यो जनसंख्यालई यस वर्ष साक्षर बनाउने चुनौती हाम्रो सामु खडा भएको छ । यस वर्ष समयमा नै अनौपचारिक शिक्षा केन्द्रबाट साक्षर चितवन सफल पार्ने दुई करोड ३२ लाख रकम विनियोजन गरियो । उक्त रकमबाट हामीले १७ सय २९ साक्षरताका कक्षाहरु सञ्चालन गर्नुपर्ने छ । ती कक्षा सञ्चालन गर्ने सहजकर्ताहरुको पारिश्रमिकका रुपमा प्रतिसहजकर्ता छ हजारका दरले रकम खर्च हुनेछ । सबै निरक्षरलाई एक–एक नयाँ गोरेटो नामक पुस्तक वितरण गर्नुपर्ने छ । उक्त पुस्तकको लागत प्रतिगोटा रू. ५४ रूपैयाँभन्दा बढी खर्च गर्न पाइनेछैन । प्रतिनिरक्षर ७५ रूपयाँका दरले कापी–कलम, चक–डास्टरका लागि लाग्ने रकम र अनुगमनकर्ताको पारिश्रमिक पनि कार्यक्रम सञ्चालन गर्ने गाविस, नगरपालिकाको वडा, सामुदायिक अध्ययन केन्द्र तथा कार्यक्रम सञ्चालन गर्ने र अनुगमन गर्ने संस्थाको बैंक खातामा निकासा गरिने छ । उक्त जिल्लालाई प्राप्त भएको रकमलाई जिल्ला शिक्षा कार्यालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक पनि गरिसकेको छ । रकम सार्वजनिक गर्ने मात्र होइन, केन्द्रबाट प्राप्त रकमलाई सही सदुपयोगको लागि सल्लाह, सुझाव, खबरदारीका लागि सबै सचेत समुदायसँग अनुरोधसमेत गरेको छ । स्थानीय विकास अधिकारी तिलक पौडेलज्यूको अध्यक्षतामा बसेको जिल्ला अनौपचारिक शिक्षा समितिको बैठकले विभिन्न निर्णयहरु गर्दै, सबैमा साक्षर चितवन अभियान सफल पार्न आ–आप्mनो ठाउँबाट सहयोग र सहभागिताका लागि अनुरोधसमेत गरेको छ ।
यस वर्ष साक्षर चितवन अभियान सफल पार्न शिक्षा कार्यालयसँगको सहकार्यमा लायन्स क्लब नारायणगढले साक्षर चितवन अभियानको प्रचारप्रसारको जिम्मा लिइसकेको छ । यस कार्यमा केही संस्थागत विद्यालयहरुले पनि सहभागिता जनाइसकेका छन् । प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माज्यूको अध्यक्षतामा बसेको चितवन जिल्लामा अवस्थित कार्यालयका प्रमुखको बैठकले सरकारी सुविधा लिएका सबै व्यक्तिहरुले आप्mना परिवारमा भएका निरक्षर सदस्यहरुलाई अनिवार्य साक्षर बनाउने, साक्षर चितवन सफल पार्न सबै सरकारी कार्यालय, संघसंस्थाले सहयोग गर्ने निर्णय गरिसकेको छ । जिल्लाका मावि, उमाविहरुका प्रअहरुको जिल्ला बैठकले साक्षर चितवन सफल पार्न विद्यालय, शिक्षक र विद्यार्थीहरुले विद्यालयको सेवा क्षेत्रका निरक्षर अभिभावकहरुलाई साक्षर बनाउन प्रयास गर्ने भन्ने निर्णय गरेको छ । जिल्लामा रहेका सामुदायिक अध्ययन केन्द्रहरुका अध्यक्ष र पदाधिकारीहरुको बैठकले साक्षर चितवन सफल पार्न विभिन्न निर्णयहरु गरेको छ । यस वर्ष संविधानसभाको निर्वाचनको कारणले साक्षर चितवन अभियान केही छायामा परेको महसुस भए पनि अभियानका कार्यहरु भैरहेका छन् । साक्षरता अभियानमा सबै पक्षहरुको सहभागिता वृद्धि हुँदैछ ।
यदाकदा साक्षर चितवन अभियानलाई पनि अनावश्यक हो भन्ने गरेको सुनिने गरेको छ । त्यस्तो भनाइ राख्नेहरुले सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न सकेमा स्वतः केही वर्षपछि समाज साक्षर र शिक्षित बन्दछ । साक्षरताका लागि भएको लगानी बालुवामा पानी खनाएसरह हो । बूढाबूढीहरुलाई पढाउनुभन्दा बालबालिकालाई राम्रो पढाउन प्रयास गर्नुपर्दछ भन्ने गरेको पनि सुनिन्छ । एक किसिमबाट यो भनाइ सुन्दा ठीक हो कि जस्तो पनि देखिन्छ । तर, यस मतले निरक्षर व्यक्तिहरुलाई निरक्षरताको कारणले परेको समस्यालाई ख्याल राख्दैन । केही वर्षमा निरक्षर प्रौढको मृत्यु हुने र समाज साक्षर हुने भन्ने धारणा मानवअधिकारको दृष्टिले गलत हो । निरक्षर प्रौढ पनि बाँकी जीवन साक्षर भएर सहज तरिकाले बिताउन चाहन्छन् । वृद्धहरु पनि जीवनका अन्तिम अवस्थामा पनि साक्षर बन्न पाएमा जीवन सफल भएको महसुस हुने, आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सजिलो हुने कुरा एकातर्फ छ भने अर्कोतर्फ घरमा भएका हजुरबा र हजुरआमा, बाबुआमाले पुस्तक पढेको देखेमा बालबालिकाहरुमा पुस्तकप्रतिको मोह बढ्ने, पढ्न मन लाग्ने, पुस्तक पठन संस्कृतिको विकास हुने, बालबालिकाहरुमा पनि पढ्न प्रेरणा मिल्ने र समाजमा ज्ञानको प्रचारप्रसार हुने कुरा अझै मह¤वपूर्ण छ ।
साक्षरताको अभियानले ज्यादा प्रचारप्रसार, छलफल, अन्तरक्रिया र सक्रियता खोज्दोरहेछ । सबै पक्षको सहयोग खोज्दोरहेछ । पढ्नुपर्ने निरक्षरहरुलाई पढ्न उत्प्रेरित गर्नुपर्ने, पढ्न–लेख्न सिक्नका लागि उमेरले नछेक्ने, प्रयास गरेमा सबैले पढ्न, लेख्न र सिक्न सक्नेजस्ता कुराहरुमा उत्प्रेरणा जगाउनु पर्ने रहेछ भने परिवारमा भएका लेख्न–पढ्न जान्नेले निरक्षरलाई पढाउन उत्साह जगाउनु पर्ने रहेछ ।
साक्षर बनाउने स्वयंसेवीहरुलाई साक्षर बनाउनु भनेको गुरू बन्नु पनि हो । ज्ञान, सीप दान गर्नुजस्तो मह¤वपूर्ण दान केही हुन सक्दैन । समाजमा ज्ञान फैलाउनुजस्तो समाजसेवा वा समाजप्रतिको कर्तव्य केही हुन सक्दैन । जति यी कुरामा छलफल, चर्चा÷परिचर्चा गर्न सकियो त्यति नै साक्षरता अभियान सफल पार्न सकिन्छ । साक्षरता अभियानमा सबै पक्षको सहयोगको आवश्यकता पर्दछ । साक्षरता अभियान सफल पार्न साक्षरताको बारेमा सकारात्मक विचार राख्ने, निरक्षरलाई पढ्न अनुरोध गर्ने, प्रचारप्रसारमा सहयोग पु¥याउने, गाविस वा नगरको वडा नै साक्षर बनाउने कार्यको जिम्मा लिएर साक्षरता अभियान सञ्चालन गर्नेजस्ता कार्यमा सहभागी हुन सकिन्छ । संघसंस्थाहरुले आप्mनोमा सहयोग वा सेवा लिन आउने निरक्षरहरुलाई साक्षर बन्नु होस्, निरक्षर नै रहेमा राज्यको तर्फबाट प्रदान गरिने सुविधा लिन सकिँदैन भनिदिए पनि साक्षर बन्न प्रतिबद्धता गराइदिए पनि, प्रचारप्रसारमा सहयोग दिए पनि साक्षर गाविस, नगरपालिका बनाउन प्रतिबद्धता देखाए पनि सहयोग पुग्दछ ।
साक्षरता अभियान सञ्चालन गर्न समय र मौसमले पनि निकै असर गर्दछ । हिउँदका दिनहरुमा कृषि पेसामा लागेका निरक्षरहरुलाई पढ्ने फुर्सद हुने, बर्षाद् सुरू भएपछि खेतीपातीको काममा लाग्नुपर्ने हुनाले पनि यो हिउँदका दिनहरुमा पढाउने र पढ्ने कार्य गरिनुपर्दछ । यो जति छिटो प्रारम्भ गरियो र निरन्तरता दिइयो, यसले त्यति नै सफलता पाउँछ । त्यसैले, अन्य काम सकिएला र साक्षरता अभियानमा लागौँला भनेर पर्खने समय पनि छैन । सबैको सकारात्मक सहयोग र सहभागिता भएमा साक्षर चितवन अभियान सजिलै सफल हुन्छ । यसमा शंका गर्नुपर्ने ठाउँ छैन ।
Discussion about this post