भरतपुर । संविधानसभाको निर्वाचनमा न्यायाधीशहरू खटिएपछि यहाँ अदालती काम प्रभावित भएको छ ।
झन्डै तीन महिना जिल्ला न्यायाधीश र त्यहा कार्यरत कर्मचारीहरू निर्वाचनमा खटिएपछि मुख्य रूपमा मुद्दा फैसला प्रभावित भएको हो । गत वर्ष जिल्ला अदालत चितवनले एक हजार ५८६ वटा मुद्दाको फैसला गरेको थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २५२ वटा मुद्दा मात्र फैसला भएको छ ।
अदालतका नायबसुब्बा जयनारायण आचार्यका अनुसार गत वर्षको तथ्याङ्कलाई हेर्दा पहिलो चौमासिकमा ५०० भन्दा बढी फैसला हुनुपर्ने भए पनि न्यायाधीश र कर्मचारीहरू निर्वाचनमा खटिएपछि मुद्दा फैसलामा कमी आएको हो ।
गत आर्थिक वर्षको सरेर आएका ८५८ र यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ५३२ मुद्दा गरी एक हजार ३९० मुद्दामध्ये पहिलो चौमासिकमा २५२ वटा मुद्दा मात्र फैसला भएको हो । जसमध्ये फौजदारी १५३ र देवानी ९७ रहेका छन् ।
विगत तीन महिनाको अवधिमा न्यायाधीशहरू दोस्रो संविधानसभाको निर्वाचनमा खटिए पनि असोजमा ७८ र कात्तिकमा ५२ वटा मुद्दा फैसला भएको अदालतका नायबसुब्ब आचार्यले जानकारी दिनुभयो ।
आर्थिक वर्È ०६९÷०७० मा दुई हजार ४४८ वटा मुद्दा दर्ता भएका थिए । दर्ता भएका मुद्दामध्ये एक हजार ५८६ वटाको गत वर्ष फैसला भए पनि ८५८ वटा मुद्दा फैसला हुन बाँकी रहेका थिए । हाल चितवनमा तीनजना न्यायाधीशले काम गरिरहेका छन् । अदालतका स्रेस्तेदार विद्याराज पौडेलका अनुसार चितवनमा हालसम्मकै सबैभन्दा धेरै एक हजार ५८४ मुद्दा गत आर्थिक वर्È फैसला भएको थियो ।
Discussion about this post