चौतारा । चीनबाट नेपाल ल्याउँदै गरेको १७ किलो सुनसहित दुई चिनियाँ र एक नेपालीसहित तीन जनालाई प्रहरीले तातोपानी भन्सार गेटबाट आज बिहान नियन्त्रणमा लिएको छ ।
सत्र टुक्रा बिस्कुट आकारको १७ केजी सुन कम्मरमा बाँधी लुकाइछिपाई लान लागेको अवस्थामा जाँचका क्रममा सशस्त्र प्रहरी र भन्सार कर्मचारीको टोलीले बरामद गरी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अर्जुन खत्रीले जानकारी दिनुभयो ।
तातोपानी भन्सार कार्यालयका अनुसार पक्राउ पर्र्नेमा चिनियाँ युवती झु–पेयी र चिनियाँ युवक लि–जउन तथा सिन्धुपाल्चोको मार्मिङ–८ निवासी ल्हामु तामाङ छन् ।
बरामद सुनसहित तीनै जनालाई राजस्व अनुसन्धान विभागमा बुझाउने तातोपानी भन्सार कार्यालयले जनाएको छ । रासस
Discussion about this post