पानपराग गुटकाको अवैद्य आयात

अन‌ि यो पनि

जनकपुरधाम । नेपाल भारतबीच रहेका खुला सिमानाका कारण सीमावर्ती भारतीय बजारबाट तस्करले अवैद्यरूपमा पानपराग, गुटकालगायत सुर्तीजन्य पदार्थको आयातका कारण लाखौँ राजस्व गुम्दै गइरहेको छ ।
छिमेकी मुलुक भारतको जयनगर, बासोपट्टी, उवागाउँ, मधवापुर, भीट्ठामोड, सुरसन्डलगायतका बजारबाट तस्करले दैनिक रु दुई लाख बढी मूल्यको रजनी गन्धा, पानपराग, तुलसी, जर्दालगायत विभिन्न प्रकारका पत्ति, पानमसला तस्करी गरी जनकपुर बजारमा भित्र्याउने गरिएको छ ।
फुटकर तस्कर साइकलमा तथा ठूला तस्कर रेलमार्गबाट यस्ता सामान भित्र्याउने गर्छन् भने उनीहरुले यस्ता सामान पसलसम्म पु¥याएवापत १० देखि २० प्रतिशतसम्म कमिसन पाउने गरेको बताइएको छ । पानपराग, रजनीगन्धा, तुलसीलगायत सुुर्तीजन्य पदार्थमा ३० प्रतिशत भन्सार शुल्क, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने कानुनी प्रावधान भएपनि आजसम्म सो सामानको भन्सार नकाटिएको जनकपुर भन्सार कार्यालयले जनाएको छ ।
“सुर्तीजन्य पदार्थको भन्सार आजसम्म काटिएको छैन तर स्थानीय बजारमा यस्ता सामान छ्यापछ्याप्ती रूपमा बिक्री भइरहेको छ ।” निमित्त भन्सार प्रमुख जगदिश पूर्वे भन्नुहुन्छ, “खुला सीमाका कारण यस्ता सामान व्यापकमात्रामा चोरी तस्करी भई भित्रिने गरेको छ ।”
जनकपुरका एक व्यापारीले भन्नुभयो, “यस्ता सामानको भन्सार काटियो भने यसको मूल्य उच्च हुन जानेछन् र यसको बिक्रीसमेत प्रभावित हुनेछन् ।” बढी मुनाफाका लागि यस्ता सामानको भन्सार लिने गरेको छैन । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा जनकपुर भन्सार कार्यालय हाताभित्र रहेका सशस्त्र प्रहरी बल राजस्व एवम् भन्सार गस्ती सुरक्षा बेसका कर्मचारीलाई अतिरिक्त रकम दिएर यस्ता सामान आयात हुने गरेको बताईएको छ ।
जनकपुर बजारमा करिब २०० को हाराहारीमा पान पसल छन् भने गुटका ती पसललगायत किराना पसलमा यसको दैनिक रु ५० हजार बढीको बिक्री हुने गरेको छ । भारतबाट गुटका आयात गर्ने करिब १०० फुटकर व्यापारी रहेको आँकडा बताइएको छ ।
तस्करले भारतीय बजारबाट महिनामा रु ६० लाख मूल्य बारबरको पानपराग, रजनी गन्धा, तुलसीलगायत सुर्तीजन्य पदार्थ तस्कर गरी जनकपुर बजारमा आयात हुने गरेको पाइएको छ । यस्ता सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग लाग्ने गरेको थाहा पाउँदापाउँदै यसको सेवनकर्ता बढी भएकाले यसको बिक्री उच्च रहेको र यसबाट राम्रो अर्थिक लाभ हुने गरेको व्यापारी बताउँछन् ।
यस्ता सामान तस्करी गर्दा तस्करसँग प्रहरीले अवैद्यरूपमा रकम असुल्ने गरेको र मागेजति रकम नदिए सामान पक्राउ गरी भन्सारमा बुझाउने गरेको तस्करी गर्ने व्यवसायीको भनाइ छ ।
अवैद्यरूपमा यस्ता सामान निर्वाधरूपमा भित्रिन थालेपछि एकातिर सरकारको लाखौँ राजस्व गुम्दै गइरहेको छ, भने अर्कोतिर भन्सार कार्यालयको वार्षिक लक्ष्यसमेत प्रभावित हुने गरेकाले सीमाक्षेत्र तथा रेल्वेमा खटिने सुरक्षाकर्मीले कडाइ अपनाउनुपर्ने माग जनकपुर भन्सारको रहेको छ । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया