ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

उवासंघ चितवनमा चुनावी चहपहल

by चितवन पोष्ट
२०७० मंसिर १९, बुधबार ०३:२५ गते
in अर्थ
0
0
SHARES
Share on FacebookShare on Twitter

जोशी, प्रधान र गौतम चर्चामा [divider]
दिपेन्द्र अधिकारी
नारायणगढ । संविधानसभाको चुनाव भर्खरैमात्र सम्पन्न भएको छ । देशमा चुनावी माहोल विस्तारै सेलाउँदै जाँदा चितवनमा भने उद्योग व्यवसायीको पद र प्रतिष्ठाको रुपमा लिइने उद्योग वाणिज्य संघ चितवनको नेतृत्वको बारेमा छलफल र बहस चल्न थालेको छ ।
धेरैजसो अध्यक्ष सहमतीय प्रणाली र केही अध्यक्ष चुनावी प्रतिस्पर्धाबाट चयन भएका छन् । यसपटक चाहिँ अध्यक्ष पदका लागि चुनाव होला कि सहमतिमै कार्यसमिति चयन होला, यो चर्चाको विषय बनेको छ ।
उवासंघ चितवनको १७ औं कार्यसमिति चयनका लागि आगामी पुस अन्तिममा साधारणसभा हुँदैछ । यसैदिनबाट हाल कार्यसमितिमा रहेका अध्यक्ष डा. तिलचन्द्र भट्टराई नेतृत्वको कार्यसमिति विघटन हुनेछ । अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका भट्टराई चुनावी मैदानमा प्रतिस्पर्धी ज्ञानेन्द्रमान शाक्यलाई हराउँदै अध्यक्ष बनेका थिए ।
सरसर्ती हेर्दा उवासंघमा वरिष्ठ उपाध्यक्ष रहेको व्यक्ति सहमति भएको अवस्थामा अध्यक्ष हुने प्रचलन देखिन्छ । यसरी हेर्दा हालका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी अध्यक्ष बन्ने लाइनमा छन् ।
अघिल्लो कार्यकालका प्रथम उपाध्यक्ष मनोज प्रधान चुनाव नलडेपछि द्वितीय उपाध्यक्ष रहेका जोशी एक तह फड्को मार्दै वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् ।
अध्यक्षको लाइनमा देखिएका जोशीका लागि नेतृत्व हत्याउने बाटो भने सहज देखिँदैन । कार्यसमितिमा रहेका राजन गौतमले पनि अध्यक्ष पदका लागि आकाङ्क्षा देखाएपछि नेतृत्वको विषय झनै रोचक बन्दै गएको छ ।
त्यसो त अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका र यस कार्यकालमा कार्यसमितिमा नरहेका मनोज प्रधानलाई अध्यक्षको रुपमा अघि सार्ने प्रयास भित्रभित्रै भइरहेको कार्यसमितिका एक सदस्यले बताए । प्रधानलाई अध्यक्षको रुपमा अघि सार्न कांग्रेस निकट व्यक्तिहरु उनलाई फकाउन कसरत गरिरहेका छन् । अध्यक्षका प्रत्याशी जोशी कम्युनिष्ट विचारधाराका हुन् ।
गत कात्र्तिक २९ गते बसेको उवासंघ चितवनको २२ औं कार्यसमितिको बैठकले पुस २९ र ३० गते साधारणसभा गर्ने निर्णय गरेको थियो । यसै बैठकबाट भावी अध्यक्षको चर्चा सुरु भएको छ । उवासंघले वरिष्ठ उपाध्यक्ष कल्याण जोशीको नाम अध्यक्षको रुपमा अघि सारेको छ । त्यस्तै संघका केही व्यक्ति भने अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका मनोज प्रधानलाई अध्यक्षमा ल्याउने प्रयास गरिरहेका छन् ।
कार्यसमितिमा रहेर प्रभावकारी भूमिका खेलेका एक सदस्य राजन गौतम पनि अध्यक्षको आकांक्षीका रूपमा देखिएका छन् । गौतमले औपचारिक अनौपचारिक रुपमै आफू अध्यक्षको दाबेदार रहेको बताउँदै आएका छन् ।
हालका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी निर्विकल्प रहेको संघका अधिकांश सदस्यहरु बताउँछन् । हालका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, भावी अध्यक्षका रुपमा अघि सारिएका जोशी र त्यसपछिका उपाध्यक्षहरु सहनलाल  प्रधान, राजु श्रेष्ठ आदि कम्युनिष्ट विचारधाराका भएपछि कांग्रेस निकट पूर्वअध्यक्ष र हालका सदस्यहरु मनोज प्रधानलाई अध्यक्षका रुपमा ल्याउने कसरत गरिरहेका छन् ।
‘मलाई संघमा नेतृत्वका लागि आग्रह गरिएको छ, मनोज प्रधानले भने,‘ तर जाने सोच भने छैन ।’ त्यसो त प्रधानले संघमा पुनः गएमा वरिष्ठ उपाध्यक्ष वा प्रथम उपाध्यक्ष हुने तर अध्यक्षचाहिँ नहुने प्रस्ट पारेका छन् । अवको केही वर्ष कम्युनिष्टहरुको नेतृत्वमा उवासंघ अघि बढ्ने भएपछि प्रधानलाई अघि सारिएको केही सदस्यहरु बताउँछन् । त्यस्तै अर्का आकाङ्क्षी राजन गौतम संघभित्रको धुलो, मैलो पखाल्न आफ्नो दाबेदारी आवश्यक रहेको बताउँछन् ।
अध्यक्षसँगै उपाध्यक्षमा को–को उठ्ने भन्ने विषय पनि चर्चामा छ । उपाध्यक्षका आकांक्षी धेरै छन् ।  उपाध्यक्षमा खासगरी बद्री अधिकारी, चिरञ्जीवी सुवेदी, भोजराज कौडेल, चुननारायण श्रेष्ठ, सुमन श्रेष्ठ, शंकर कँडेलको नाम चर्चामा छ ।
२०६६ सालमा विधान संशोधन हुनुअघि पदाधिकारीमात्र अध्यक्षका लागि लड्न पाउने व्यवस्था भएकोमा संशोधनपश्चात् कार्यसमितिमा एक कार्यकाल बिताएकाले पनि अध्यक्षका लागि लड्न पाउने व्यवस्था छ ।
उवासंघको इतिहासमा महेन्द्रलाल प्रधान, रामप्रसाद श्रेष्ठ, मदनलाल जोशी र डा. भट्टराई चुनावी प्रतिस्पर्धाबाट नेतृत्व हात पार्न सफल व्यक्तिहरु हुन् । बाँकी अन्य व्यक्तिहरु सहमतिमै अध्यक्ष भएका थिए ।
उवासंघका झण्डै १ हजार ९ सय जनाले मत हालेर नयाँ नेतृत्व चुन्ने छन् । कार्यसमिति ३ जना मनोनीत एक पदेनसहित ३३ सदस्यीय रहने व्यवस्था छ ।
साधारणसभा सफल बनाउनका लागि तयारी भइरहेको संघका कार्यकारी निर्देशक रसिक प्रधानले बताए । कार्यसमितिको २ वर्षे कार्यकाल रहने व्यवस्था छ ।
२०१९ साल माघ १९ गते उवासंघको स्थापना भएको हो । उवासंघको आयोजनामा प्रत्येक २ वर्षको फरकमा चितवन महोत्सव पनि हुँदै आएको छ । नेतृत्वमा दुईपटक रहनेमा सूर्यनारायण पिया, कृष्णबन्धु पिया र महेन्द्रलाल श्रेष्ठ रहेका थिए ।

Related Posts

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

तपाईंको सबैभन्दा ठूलो क्षमता !

माडीमा सेल्फी पार्क सञ्चालनमा

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘जागिरे मानसिकताबाट समृद्धि प्राप्त हुँदैन’

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In