ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तरकारी व्यवसायीलाई मूल्यसूची राख्न निर्देशन

by चितवन पोष्ट
२०७० मंसिर १९, बुधबार ०३:२२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षकसहितको खाद्य अनुगमन टोलीले जिल्ला फलफूल तथा तरकारी व्यवसायी संघलाई पसलहरुमा मूल्यसूची राखी व्यवसाय मर्यादित गराउन निर्देशन दिएको छ । कार्यालयले मंगलबार गरेको फलफूल पसल अनुगमनका क्रममा मूल्यसूची नराखिएको तथा केही पसलहरुले व्यवसाय दर्ता प्रमाणपत्र नलिएको पाइएपछि टोलीले संघका पदाधिकारीहरुलाई यस्तो निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय, बजार संरक्षण अधिकृतको कार्यालय घरेलु साना उद्योग कार्यालय, भरतपुर नगरपालिका, उपभोक्ता अधिकार संरक्षण मञ्च तथा पत्रकारहरुका प्रतिनिधिहरुले गरेको बजार अनुगमनका क्रममा कुनै पनि फलफूल तथा तरकारी पसलहरुले मूल्य सूची नराखेको फेला पारेको हो ।
टोलीले नारायणगढको कृषिउपज बजारका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन गर्दा केही पसलहरुमा नापतौलका औजार नभएको र केहीमा व्यवस्थित नभएको जनाउँदै खाद्य निरीक्षक नवीन देउजाले व्यवसायलाई व्यवस्थित नगर्न निर्देशन दिएको बताए ।
अनुगमन टोलीले व्यवसायीलाई मूल्यसूची राखी मूल्यलाई अद्यावधिक राख्न निर्देशन दिएको हो । अनुगमन टोलीसँग फलफूल व्यवसायीसंघका पदाधिकारीले व्यवसाय मर्यादित गर्दै लाने बताएका छन् । संघले प्रत्येक व्यवसायीलाई मूल्यसूची राख्नको लागि आग्रह गर्ने संघका उपाध्यक्ष थिरप्रसाद धितालले बताए । व्यवसायीहरुलाई व्यवसाय दर्ता गरी सञ्चालन गर्न समेत पहल गर्ने उनले बताए ।
हालसम्म चितवनमा फलफूल तथा तरकारी व्यवसायीहरुले मूल्यसूची राखेका थिएनन् । कतिपय व्यवसायहरु अझै पनि दर्ता नगरी चल्दै आएका छन् ।
यसैबीच व्यवसायीहरुले नगरपालिकाले फोहोर व्यवस्थापन गर्न ध्यान नदिएको गुनासो गरेका छन् । अनुगमन टोलीले बजारमा फोहोर थुप्रिएको र व्यवस्थापन किन नगरेको भन्ने प्रश्न गर्दा व्यवसायीहरुले नगरपालिकाले फोहोर व्यवस्थापन शूल्क लिएपनि फोहोर व्यवस्थापनका लागि चासो नदिएको आरोप लगाए ।
कृषि बजार अधिक फोहर निस्कने बजार भए पनि त्यसलाई व्यवस्थित गर्न नगरपालिकाले आवश्यक पहल गर्न सकेको छैन् । नगरपालिकाले फोहोर उठाउन गाडी ल्याए पनि त्यो प्रयाप्त नभएको उनीहरुले बताए ।

Related Posts

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In