रेग्मीलाई रिहा गर्न माग

अन‌ि यो पनि

भरतपुर । युवा संघ नेपाल युथ फोर्स विभागका केन्द्रीय सदस्य प्रकाश रेग्मीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति युवा संघ नेपाल जिल्ला कमिटी चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका जिल्ला संयोजक दिलिप न्यौपानेले मंगलबार विज्ञप्ति जारी गरी रेग्मीलाई रिहा गर्न माग गरेका छन् । विज्ञप्तिमा रेग्मीमाथि लगाइएको मुद्दा खारेज खारेज गर्न माग गरिएको छ ।
‘संविधानसभा निर्वाचनको क्रममा एमालेको पार्टी कार्यालयमा बम प्रहार गर्ने व्यक्तिहरुलाई पक्राउ नगर्ने तर आफ्नो पेसा व्यवसायमा लागेका व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाउने कार्य प्रहरी प्रशासनको पूर्वाग्रही भएको’ संयोजकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।  रेग्मीलाई छाड्न दबाब सुरु हुन नपाउँदै प्रहरीले केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गराएको छ । नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलियाले भन्न नपाउँदै प्रहरीले म्याद थपेर असजिलो बनाएको बताउनुभयो । ‘घटनामा रेग्मीको हात छैन, तर यो कुरा प्रहरीलाई भन्न नपाउँदै म्याद थपेछ’ अध्यक्ष थपलियाले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले छाड्न दबाब पर्ने भएपछि पक्राउलगत्तै म्याद थप गरी मुद्दा चलाएको बताउनुभयो । चितवन क्षेत्र नं ३ का एकीकृत नेकपा माओवादीका उम्मेदवार नारायण दाहालको गाडीमाथि तोडफोड गरेको अभियोगमा प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया