जनताको मुद्दामा सहयात्री ः अधिकारी

अन‌ि यो पनि

रत्ननगर । नेपाली कांग्रेसका नेता एवम् चितवन क्षेत्र २ बाट निर्वाचित सभासद् शेषनाथ अधिकारीले विकास निर्माण र जनताको जीविकोपार्जनको मुद्दामा आफू सहयात्री बन्ने बताउनु भएको छ । पूर्वीचितवन पत्रकार मञ्चले मंगलबार बिहान रत्ननगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान निर्माणसँंगै स्थानीयस्तरका समस्या समाधानको लागि जनतामाझ रहने प्रतिबद्धता जनाउनुभयो । टिकौलीमा क्षेत्रीय रंगशाला, रत्ननगरमा सिटी हल निर्माण, कयर र रापती नदीमा तटबन्ध र रत्ननगर अस्पतालको विकासका लागि प्रयत्नशील रहने उहाँको भनाइ रहेको थियो ।
राष्ट्रपति परिर्वतनको मुद्दाले सरकार गठनको विषयमा दलहरुबीच असहमति उत्पन्न भइरहेका बेला नेता अधिकारीले राष्ट्रपति परिर्वतनको खेलले फेरि पनि संविधान नबन्ने संकेत गरेको बताउनुभयो । मञ्चका अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासद अधिकारीले पूर्वी चितवनका जुटपानी, पिठुवा, पदमपुर, शक्तिखोर, सिद्धि, चैनपुर क्षेत्रको विकास र जनताको सुख दुःखमा सँधै साथ रहने बताउनुभयो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया