अमारापुरी । सुन्दरी सामुदायिक वन अपांग पुनस्र्थापन समिति अमरापुरीले मंगलबार २२ औं अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा कविता प्रतियोगिता गरी अपांग दिवस मनाएको छ । अमरापुरीका सरकारी र निजी गरी ५ वटा विद्यालयका छात्रछात्राले भाग लिएका थिए । अवरोधहरु हटाउँदै सबैका लागि समावेशी समाजको मार्ग खोलौं’ भन्ने नाराअन्तर्गत रहेर वाचन गरिएको थियो ।
कवितावाचनमा अमरज्योति माविका छात्र प्रताव दाहाल प्रथम, अमर बोर्डिङ स्कुलकी छात्रा सुजता पौडेल द्वितीय, पन्चज्योति निमाविकी छात्रा तृष्णा सापकोटा तृतीय र सान्त्वनामा लक्ष्मी उच्च माविका ४ जना छात्रछात्राहरु भएका थिए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना ह्ने छात्रछात्राहरुलाई १६००,११००,८०० र ५०० नगद पुरस्कार वितरण गरिएको जानकारी अपांग पुनस्र्थापन समितिका अध्यक्ष कमलबहादुर अधिकारीले दिनुभएको थियो । उक्त कार्यक्रम अदच नेटवर्ककी केन्द्रिय सचिव सावित्री सुवेदीले प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
Discussion about this post