ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

करोडौँको मालवस्तु नष्ठ हुने अवस्थामा

by चितवन पोष्ट
२०७० मंसिर १९, बुधबार ०३:०० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

पर्सा । प्रहरीले राखेको अत्यधिक मूल्याङ्कनका कारण वीरगन्ज भन्सारमा रहेको करोडौँको माल सामान नष्ठ हुने अवस्थामा पुगेको छ । भन्सार छली र चोरी निकासीको अभियोगमा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको मालवस्तु भन्सार बुझाउँदा अत्यधिक मूल्याङ्कन राखेका कारण लिलाम नभई कुहिने अवस्थामा पुगेको हो ।
थोक मूल्यको अधिकतम् ४० प्रतिशत मूल्याङ्कन हुनुपर्नेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका वस्तुको बिक्री मूल्य नै मूल्याङ्कनमा राखी भन्सार दाखिला गरेका कारण भन्सारबाट लिलाम हुन नसकेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख रामहरि अर्यालले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएको मालवस्तु भन्सार दाखिला गर्नु अगावै भन्सारसँग समन्वय गरी मूल्याङ्कन राख्नुपर्ने जिल्ला सुरक्षा समितिको बैठकमा लिखित सहमति भए पनि प्रहरीले सहमतिलाई बेवास्ता गर्दै आफूखुसी मूल्याङ्कन राखेकै कारण रु तीन करोडभन्दा बढी मूल्यबराबरको सुपारी, सुुकुमेल, बिस्कुट, रजनीगन्धालगायतका वस्तु भन्सारमा थन्किएको भन्सारले जनाएको छ ।
भन्सारले पटक–पटक लिलामका लागि सूचना आह्वान गर्दासमेत अत्यधिक मूल्याङ्कनकै कारण महँगो मूल्यमा लिलाम सकार्न कोही तयार नभएकाले मालवस्तु कुहिने अवस्थामा पुगेको विगत ४२ वर्षदेखि वीरगन्ज भन्सारमा लिलामी सकार गर्दै आएका वीरगन्ज उपमहानगरपालिका वडा नं १ छपकैया निवासी जोखु साह तेलीको भनाइ रहेको छ । भन्सारले आह्वान गरेको लिलाममा वस्तुको मूल्य खुद्रासरह नै रहेका कारण सकार गर्न नचाहेको तेलीको भनाइ छ ।
प्रहरीले मालवस्तु नियन्त्रणमा लिई भन्सारको सहकार्यमै भन्सार दाखिला गर्दै आए पनि कुनै–कुनै बेला प्राविधिक त्रुटीका कारण अत्यधिक मूल्याङ्कन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताउनुभयो । नियन्त्रणमा लिएका कतिपय वस्तुलाई तत्काल भन्सार दाखिला गर्नुपर्ने अवस्था रहे पनि भन्सारसँग मूल्याङ्कनबारे सहकार्य गर्न खोज्दा समयमा भन्सारले मूल्याङ्कन पठाउन नसकेका कारण अत्यधिक मूल्याङ्कन हुने गरेको उहाँको भनाइ छ ।
प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार बुझाएका मोटरसाइकलको उत्पादन मिति पत्ता नलागेको र मुद्दा चालु अवस्थामा रहेका कारण वर्षौंदेखि सयौँको सङ्ख्यामा मोटरसाइकल भन्सारमा थन्किएका छन् ।

प्रहरीले मोटरसाइकल भन्सार दाखिला गर्दा उत्पादन मिति नखोलिएको र भन्सारका प्राविधिक टोलीलाई समेत पत्ता लगाउन कठिनाइ भएका कारण मोटरसाइकल थन्किएको भन्सारले जनाएको छ । रासस

Related Posts

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

कोरोनाबाट थप दुई जनाको मृत्यु, महानगरमा मात्रै ४५ पुगे मृतक

कोरोना संक्रमणबाट विदेशमा ३१९ नेपालीको निधन

अझै तीन दिन मौसम बदली हुने

मौसम सफा हुन अझै केही दिन लाग्ने

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
प्रमुख समाचार

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल...

Read more
चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In