ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रोकिएन तरकारीमा हानिकारक विषादी

by चितवन पोष्ट
२०७० मंसिर १७, सोमबार २३:५५ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । कृषकले तरकारीमा हानिकारक विषदीको प्रयोग गर्न अझै छाडेका छैनन् ।
आफैँले खानुपर्ने खाद्यान्नबालीमा विषादी प्रयोग गर्न नहुने जानकारी भएर पनि तरकारी बढी फल्ने लोभले अझै उनीहरूले घातक विषादी प्रयोग गर्न नछाडेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले गरेको अनुगमनमासमेत पुराना कृषकले पनि प्रतिवन्धित विषादी प्रयोग गर्ने गरेको पाइएको कार्यालयका बालीसंरक्षण अधिकृत कमलनाथ वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा कृषकले प्राङ्गारिकखेती प्रणाली अपनाउने गरेको भएपनि अझै प्रभावकारी भने हुन सकेको छैन ।
“एउटा किसानले मात्रै प्राङ्गारिकखेती गरेर हुँदैन, एउटा क्षेत्रका सबै कृषकले गर्नुपर्ने हुन्छ,’ वाग्लेले भन्नुभयो, ‘उचित सरकारी नीतिकै अभावमा यो संभव हुन सकेको छैन ।’ एउटा किसानले प्राङ्गारिकखेती गरेपनि सँगैको अर्का किसानले विषादी प्रयोग गरेपछि समस्या आउने वाग्लेले बताउनुभयो ।
बढ्दो विषादीका कारण बालीनाली घट्ने मात्र नभई मानिसको स्वास्थ्यमासमेत नराम्ररी असर पर्ने भएकाले विषादी न्यूनीकरण गर्न र हानीकारक विषादी भने प्रयोग नै गर्न नहुने बालीसंरक्षण अधिकृत कमलनाथ वाग्लेले बताउनुभयो ।
चितवनमा कृषि कार्यालयले एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) कृषक पाठशाला नै सञ्चालन गरेको छ । करिब २०० कृषक प्राङ्गारिकखेतीमा लागेका र यो क्रम जारीरहेको छ । तैपनि लुकिछिपी अवैध औषधिको प्रयोग भने भइरहेको कृषि कार्यालयले जनाएको छ ।
नेपालमा थायोडान, विएचसी, फस्मामेडिनलगायत १५ प्रकारका हानिकारक औषधि प्रयोगमा बन्देज लगाइएको छ । रातो लेबलका औषधि खतरनाक हुने र पहेंलो निलो र हरियो सङ्केतका औषधि प्रयोग गर्न मिल्ने भएपनि कृषक यसप्रति सचेत भने हुन सकेका छैनन् । यी औषधिले वातावरणसँगै मानव स्वास्थ्यमा निकै असर पर्ने भएकाले सचेत हुनुपर्ने वाग्लेले बताउनुभयो ।
बढ्दो विषादीका कारण बस्तुभाउमा पनि नराम्रो असर परिरहेको विज्ञले बताएका छन् । उत्पादन बढाउने नाममा प्रयोग गरिएको विषादीले सत्रु जिव बढ्दै गएको भन्दै आवश्यक परेमा पनि प्राविधिकको सल्लाहमा मात्र औषधि प्रयोग गर्न कार्यालयले सबैमा अनुरोध गर्नुभयो ।
हानिकारक विषादी प्रयोग रोक्न मंगलबारदेखि बालीसंरक्षण निर्देशनालयले विभिन्न जिल्लामा हानिकारक विषादी प्रयोग मुक्त सप्ताहसमेत मनाउने तयारी गरिएको छ । चितवनमा कुल ४५ हजार हेक्टर खेती योग्य जमिन रहेकोमा ४३ हजार हेक्टरमा खेती हुन्छ । २९ हजार हेक्टरमा खाद्यान्नबाली लाग्दै आएको र बाँकी १३ हजार हेक्टरमा तरकारीखेती हुँदै आएको छ ।

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In