भरतपुर । सुस्त मनःस्थिति कल्याण संस्था चितवन शाखाअन्तर्गत रत्ननगरमा सञ्चालित सुस्त मनःस्थिति कल्याण विद्यालयका लागि अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विमला श्रेष्ठको अध्यक्षता एवम् क्षेत्र नं. २ का विजयी सभासद् शेषनाथ अधिकारीको प्रमुखआतिथ्यमा नेपाल उच्चमाविमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले दुईलाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यक्रममा विभिन्न अभिभावक तथा उपस्थित महानुभावहरुले एकलाख २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रममा राष्ष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्थाका केन्द्रीय उपाध्यक्ष मुक्तिनाथ अधिकारी, शाखा सभापति राजकुमार श्रेष्ठ, नेपाल उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, बालबालिका तथा महिला शाखा कार्यालयकी अधिकृत सुशीला वाग्ले, भवन निमाण कमिटीका संयोजक हरिशरण पाठकलगायतले मन्तव्य राख्नुभएको थियो ।
Discussion about this post